धरोधर्म तिम्रै हुन्छु चुक्दिन नि कसम
झुटो होईन बाचा कसम फुक्दिन नि कसम ।
रोजे मैले तिमिलाई जब नयन जुध्यो
तिमि बाहेक कोहि सग झुक्दैन नि कसम ।
युग बिते युगै आउछ पर्खियर बस्छु
बरुबिहान उदाई साझं पर्दा लुक्दिन नि कसम ।
हिंउ बनि पग्लिदिन्छु शागर झै अटल बग्छु बालुवाको पानिसरि पोखियर सुक्दिन नि कसम ॥
Timro maya ma
बिदेशिनु बाध्यता हो, रहर हैन प्रिय
मरुभुमी खाडी हो यो, शहर हैन प्रिय !
आजै आउ,छिट्टै आउ भनेर कहाँ हुन्छ,
समुन्द्र हो अरबको, नहर हैन प्रिय !!
गाउं घर सुन्य होला जवान सबै यत
ैनेपालीको मजबुरि, लहर हैन प्रियजुनी भरी
सगै बांच्ने चाहना ब्यक्त गर्दा
गल्ती गर्यौ भन्ने मेरो, ठहर हैन प्रिय.!!
छेकेर कहाँ छेकिन्छ र माया
हेरेर कहाँ देखिन्छ र माया
हृदयमा हुन्छ बाहिर अन्तै
खोजेर कहाँ भेटिन्छ माया
कुदिएको छ यो छाती भरि
मेटेर कहाँ मेटिन्छ माया
जीबन ज्यूने बहाना तिमिनै हो मेरी
हर इच्छा चाहाना तिमिनै हो मेरी
अंगाल्छौ या फाल्छौ त्यो त तिम्रो मर्जी
जीबन मरणको सिमाना तिमिनै हो मेरी
माग्दीन म अरु तिम्रो साथ बाहेक
इश्वर सँग कामना तिमिनै हो मेरी
सोच्दिन म अरु तिमि बिना कोही
आदि अन्तिम निशाना तिमिनै हो मेरी
दैब लागे साथ छूटे तिमिसँग मेरो
हरपलको सम्झना तिमिनै हो मेरी।।
तिम्रो दुःख मैले लिने छु दिन्छु सानु म जोगी बनेर
मागे तिम्ले मुटु लेउ भनेर
तिम्रो दुःख मैले लिने छु
मेरो सास छहुन्जेल म ज्युँदो रहुन्जेल सानु
तिम्लाई खुशि दिने छु
23/07/2013
आखाभरी आँसुको सागर सुकाएर हाँस्दैछु म
देखावटि बाहिरी मन फुकायेर हाँस्दैछु म!
कैयौपल्ट ठोक्किएर यात्रा ठप्प हुँदाखेरी
मन भित्र दु:ख पिर लुकाएर हाँस्दैछु म!
संघरसमै सफलताको सिर हुने लक्षे थियो
लाखौं एच्छा आसाहरू झुकाएर हाँस्दैछु म!
गिन्दजीको दौडाइमा हार खाएँ म आफैबाट
भित्र भित्रै ह्दय यो दुखाएर हाँस्दैछु म!
अमुल्य यो जीवन जिउने आँट सबै छुटे पछी
जीवन यो बिनासिती चुकाएर हाँस्दैछु म !
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
DUBAI
Abu Dhabi
