25/09/2024
Like comment र share गरिदिनु होला!
शुभकामना बाबु!
🌟 Public Choice Award 🌟
🌟 Mr and Miss Premier 2081🌟
Meet Prajwal Nepal, Contestant No. 9, an ambitious and determined participant in Mr. and Miss Premier 2081 !
Voters Guidelines:
- Show your support for Prajwal Nepal by liking, commenting, and sharing his photo.
- To ensure your vote for Prajwal Nepal counts in Mr. and Miss Premier 2081, make sure to like and follow Premier Global School's page.
30/07/2024
।।। सिर्जना वाचन डबली,युएई श्रृङ्खला-२६ ।।।
सिर्जना वाचन डबली ,युएईको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली समाज,युएई (INS) को सहकार्यमा नेपाली मुक्तक विधाका दिग्गज मुक्तककार “श्री कल्पना काफ्ले ज्यू”को नवीन मुक्तक संग्रह
“अशान्त धड्कन” युएईमा लोकार्पणको साथै वहाँको विशेष मुक्तक वाचनको साथमा युएईमा छरिएर रहनुभएका सर्जकहरुबाट प्रत्यक्ष रचना वाचन कार्यक्रममा सम्पूर्ण साहित्यानुरागी मनहरुमा हार्दिक निमन्त्रणा गर्दछौं।
मिती: ११ अगष्ट २०२४
समय: दिनको ३ बजे
स्थान: सिल्भर स्पुन रेष्टुरेन्ट, बर दुबई
आयोजक:
सिर्जना वाचन डबली, युएई
सहकार्यः
अन्तर्राष्ट्रिय नेपाली समाज, युएई (INS)
30/07/2024
नुवाकोट सेवा समाज युएईको आयोजना, सिर्जना वाचन डबली,युएईको सह-आयोजना, अन्तराष्ट्रिय नेपाली समाज,युएई (INS) र सगरमाथा साहित्य प्रतिष्ठानको सहकार्यमा मिति २०२४ जुलाई २८ आइतवारका दिन “बृहत साहित्यिक कार्यक्रम- २०२४” भव्यताका साथ सम्पन्न भएको छ!
कार्यक्रम सफल पार्नको निम्ति हाम्रो निमन्त्रणालाई स्वीकार गरेर नेपालबाट पाल्नुभएकी साहित्यकार “सुमित्रा सुमि ज्यू”, नेपाली राजदुतावास आबुधाबीबाट पाल्नुभएको नियोग प्रमुख विशाल भट्टराई ज्यू लगायत दुतावास परिवार, विभिन्न संघ संस्थाबाट पल्नुभएका अध्यक्ष एवंम प्रतिनिधिज्यूहरु, कार्यक्रममा आर्थिक सहयोग गर्नुहुने हाम्रा सहयोगी दाता ज्यूहरु, साहित्य वाचन गर्न आउनुभएका स्थानीय सर्जक ज्यूहरु लगायत कार्यक्रममा उपस्थित तपाईँ सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हाम्रो तर्फबाट हार्दिक आभार प्रकट गर्दछौँ।
यस कार्यक्रमले हामीलाई थप उर्जा थपेको छ भने हामीलाई थप जिम्मेवार पनि बनाएको छ। हामी आसा गर्छौँ आगामी दिनहरुमा पनि यहाँहरुको माया साथ सहयोग रहिरहनेछ।
यस महत्वपूर्ण कार्यक्रममा जानी नजानी कहिं कतै त्रुटि भएमा क्षमा माग्दछौं!
धन्यवाद
जय साहित्य
19/07/2024
नुवाकोट सेवा समाज युएई सगौरव प्रस्तुत गर्दछ
“बृहत साहित्यिक कार्यक्रम-२०२४”
“हाम्रो नुवाकोट हाम्रो सान सहकार्यता र सेवा हाम्रो अभियान” भन्ने मूल उद्देश्य बोकेको नुवाकोट सेवा समाज युएईको आयोजना र सिर्जना वाचन डबली युएईको सह-आयोजनामा साथै अन्तर्राष्ट्रिय नेपाली समाज (I.N.S) र सगरमाथा साहित्य प्रतिष्ठानको सहकार्यमा यहि जुलाई २८ तारिक २०२४ आईतबार ब्लु प्यालेस रेस्टुरेन्टको कार्यक्रम हलमा दिनको १ बजेबाट कार्यक्रम हुन गईरहेको छ जसमा नेपाल बाट साहित्यकार सुमित्रा रिमाल(सुमी) ज्यूको विशेष उपस्थिति र उहाँको विशेष साहित्य बाचनका साथ युएईमा छरिएर रहनु भएका सर्जकहरुको प्रस्तुति समेत हुन गइरहेको यस बृहत साहित्यिक कार्यक्रम नुवाकोटका दुर्गम क्षेत्रमा पठन पाठनको आवस्यक सामग्री विद्यालय सहयोगार्थ हिसाबले आयोजना गरिएको यस कार्यक्रममा युएईमा रहनु हुने नेपाली दाजुभाइ दिदीबहिनी तथा सम्पूर्णलाई उपस्थित भई साहित्य सुनेर कार्यक्रमको शोभा बढाईदिनको लागि सादर निमन्त्रणा गर्दछौं।
सम्झनुहोस कार्यक्रम हुने मिति यही जुलाई २८ तारिक २०२४ आईतबार स्थान ब्लु प्यालेस रेस्टुरेन्ट आव्रा बर दुबई समय दिनको १ बजे देखि बेलुका ६ बजे सम्म
आयोजक
नुवाकोट सेवा समाज, युएई
सह-आयोजक
सिर्जना वाचन डबली,युएई
धन्यवाद
जय साहित्य
29/06/2023
दोस्रो अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सव - २०८० मा सबै सबै प्रिय मनहरुलाई हार्दिक निमन्त्रणा गर्दछु साथै Indunepal Yonjan ज्यूको नूतन कृति “अन्तिम सेलो” लाई कृति सफलताको शुभकामना दिदै उक्त साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सवको पूर्ण सफलताको कामना समेत गर्दछु!
अन्तर्राष्ट्रिय नेपाली समाज युएई ins uae परिवार!
26/06/2023
!!!हार्दिक श्रद्धाञ्जली !!!
हाम्रो यस अन्तर्राष्ट्रिय नेपाली समाज (INS)- युएईका वरिष्ठ उपाध्यक्ष मिलनसार, सहयोगी, समाजसेवी, विभिन्न संघ संस्थामा आबद्ध, साहित्यिक तथा वौद्धिक व्यक्तित्व श्री विष्णु प्याकुरेल ज्यू की धर्मपत्नी सन्ध्या न्यौपाने प्याकुरेल ज्यूको असामयिक निधनको खबरले हामीलाई अत्त्यन्तै दुःखीत तथा मर्माहत तुल्याएको छ । वहाँ गत केही महिना अघि घरको छतबाट लडेर घाइते हुनुभई उपचार पश्चात धेरै मात्रामा राम्रो भएको खबरले हामी सबैलाई खुशी तुल्याएको थियो । तर, बिचमा पु:न वहाँको टाउकोमा समस्या देखिएपछि उपचाररत रहनुभएको र सोही क्रममा वहॅाको दुःखद निधन भएको हो।
यस दुःखद घडीमा विष्णु सर र सम्पूर्ण शोकाकुल परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गर्नु होस् भनि प्रार्थना गर्दै हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
अन्तर्राष्ट्रिय नेपाली समाज (INS)- युएई परिवार!