Document Sewa UAE

Document Sewa UAE

Share

DED License No: 1064931
Dubai Chamber: 401920
Registered in Dubai as: "Document Sewa Official Transactions LLC".

Documents Copying Services; Document Verification Follow-up Services; Documents Clearing Services; Translation, Editing & Proofreading Services; Typing & Photocopying Services; Maps & Drawings Copying Services; Visa processing Services; Passport Renewal Services; Document Attestation Services; Immigration Documents clearing services; Labor approval documentation services; CV making Services; Shram

04/08/2023

If you have any requirements Please just contact us.

अन्य जानकारीको लागि हामीलाई सम्झन सक्नु हुनेछ।
सम्पर्क नम्बर : ०५५७६७०५९१
०५८६९३७२७६

28/02/2023

सजग रहन अनुरोध ।

26/02/2023

अर्को लोकेसन घोषणा गरेर मात्र दोश्रो फेजको कार्यक्रम हुने जिडिआरएफबाट जानकारी ।

Photos from Document Sewa UAE's post 25/02/2023

भिड व्यवस्थापन गर्न नसकेर अथोरिटीले यो कार्यक्रम रोकेको छ । विहान ५ बजे देखिको उग्रभिडका कारण यो कार्यक्रम आज हुन सकेन, भोली हुने वा नहुने पनि टुङ्गो नभएको जानकारी गर्दछौं ।

11/02/2023

कसरी इपासपोर्ट फारम भर्ने र फारम भर्दा के के त्रुटी हुन्छ ?
इपासपोर्ट फारम भर्दा ध्यान दिनु पर्ने कुराहरु
१ सर्व प्रथम हाल प्रयोग गरिरहेको नेपाली राहदानीको म्याद एक बर्ष नाघेको हुनु हुदैन एक बर्ष भन्दा बढी समय भएको हकमा राहदानी फारम भर्न सकिदैन ।
२: नेपाल बस्ने हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य छ भने बिदेश बस्ने नेपालीहरुको हकमा नेपाली नागरिक्ता भए पुग्छ राष्ट्रिय परिचय पत्र आवश्यक पर्दैन । अत बिदेश बस्ने नेपालीहरुले आफ्नो नागरिक्ताको फ्रन्ट पेज र ब्याक पेज अनि आफ्नो पासपोर्टको पेज स्क्यान गरेर या इमेज बनाएर डाउन्लोड गरि अप्लोड गर्नु पर्ने हुन्छ । स्मरण रहोस अपलोड गर्दा फारममा भनेको साइज भन्दा ठुलो फाइल एक्सेप्ट न हुन सक्छ त्यो ध्यान दिनुहोला ।
३ : जब एपोइन्ट्मेन्ट लिएर अनलाइन इपासपोर्ट फारम खुलेर आफ्नो डिटेल भर्नु हुन्छ तब याद गर्नुहोस् १५ मिनेट भित्रमा फारम भरिसक्नु पर्नेछ अन्यथा फेरि शुरुबाट डेट लिएर भर्नु पर्नेछ ।
नेपाल बाहिर हुनेहरुले others भन्ने भागमा गएर आफ्नो देश कुन दुतावसले हेर्छ त्यहि दुताबास भएको ठाउँ क्लिक गरेर अगाडि बढ्नु पर्ने हुन्छ ।
पोल्यान्ड बस्ने नेपालीहरुको हकमा others भन्नेमा क्लिक गर्ने त्यसपछि बर्लिन छानेर अगाडि बढ्न सक्नुहुनेछ ।

४ फारम भरिसकेर अनलाइनबाट या बैन्क्बाट सम्बन्धित दूतावासले दिएको अकाउन्टमा आफ्नो नाम सहित रकम जम्मा गर्न सक्नुहुनेछ । पस्सपोर्ट नविकरण शुल्क बिभिन्न देशमा फरक फरक रहेको छ । युरोपको हकमा नविकरण शुल्क १२० युरो हराएको केरमेट भएको पाना च्यातिएको हकमा २४० युरो नेपाल सरकारले तोकेको छ । जसमा कुरिअर सेवा शुल्क जोडिएको हुँदैन । पासपोर्ट बनेर दूतावास आइसकेपछि । सेवाग्राहिले कुन कुरिअर अर्डर गर्ने सरकारी या डि एच एल या अरु कुरिअर या अन्य माध्यम या आफै गएर लिने कुनै पनि सेवा प्रयोग गर्न सक्नेछन् ।

५ राहदानीको लागि निवेदन कसरी दिने ?

यसको लागि अनिवार्यरुपमा अनलाइनबाट र समय बुक गर्नु पर्दछ । ।तल उल्लेखित लिंक विद्युतीय राहदानीको लागि अनिवार्यरुपमा फाराम भरी अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ ।

पुरानो मेशिन रिडेबल राहदानी हुनेहरुले नबीकरण (Renewal) र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) भन्ने Option छानेर फाराम भर्नु होला । फाराम भर्नुपूर्व तल उल्लिखित महत्वपूर्ण सूचनाहरू अनिवार्य पढ्रनुहुन अनुरोध छ ।

विद्युतीय राहदानीको लागि फारम भर्न यो लिंक खोल्नुहोला ।

https://emrtds.nepalpassport.gov.np

जान्नै पर्ने थप कुराहरु अनिवार्य पढ्नुहोला

फाराम भर्दा हुने त्रुटीहरु के के हुन?

निवेदनका प्रकार गलत छनौंट: जस्तै पहिलो पटक राहदानी लिन, नवीकरण गर्न, हराएको बिग्रेको सट्टामा लिन (निवेदनका प्रकार गलत छनौंट गरी फाराम भरेमा त्यो फारामले काम गर्दैन । पुनः भर्नु पर्नेछ ) ।

विवरण गलत भरेको: पुराना राहदानी भएको तर विवरण उल्लेख नगरेको । प्रणालीबाट सबै कुरा सबै कुरा भिडान हुने हुनाले कुनै विवरण लुकाउनु हुँदैन ।

नागरिकता नम्बर गलत टाइप गरेको । नागरिक्ता प्राप्त मिति गलत राखेको ।

गलत पृष्टको राहदानी छनौट गरेमा: ३४ र ६६ पृष्ठका राहदानीको दस्तुर फरक फरक छ । एउटा दस्तुर लाग्ने फारम अर्को दस्तुर तिरेमा । पुनः भर्नु पर्नेछ ।

जन्मस्थान गलत उल्लेख गरेको : आफू जन्मेको जिल्ला लेख्ने ठाउँमा नागरिकता जारी गरेको जिल्ला छनौट गरी त्रुटी हुने गरेको । जुन जिल्लामा आफू जन्मेको हो सोही जिल्ला उल्लेख गर्नु पर्दछ ।

जरुरी परेमा सम्पर्क गर्ने विवरणः आफ्नै नाम ठेगाना लेख्नु हुँदैन । परिवारका सदस्य वा नातेदारको लेख्नु पर्दछ ।

नाम र थर लेख्दा त्रुटी : नाममा शुरुको नाम र बीचको नाम लेख्नु पर्दछ । थरमा थर मात्र लेख्नु पर्दछ । जस्तै हरि बहादुर घर्ती नाम भएमा नाममा हरि बहादुर र थरमा घर्ति लेख्नु पर्दछ । तर नाम हरि बहादुर थापा मगर भएमा नाम हरि बहादुर र थरको भागमा थापा मगर लेख्नु पर्दछ ।

नामको स्पेलिङ्ग गलत हुने गरेको : आफ्नो नागरिकता, आफूले अध्ययन गरेको प्रमाणपत्र तथा पुरानो राहदानीमा उल्लेख भएको नामको स्पेलिङ्गलाई ख्याल गरेर टाइप गर्नुहोला । यदि गलत टाइप गरेमा फेरि दोहोर्याएर फारम भर्ने झन्झट हुन सक्छ ।

फाराम भरी सकेपछि निवेदनको प्रकार र आफूले चाहे भन्दा फरक पृष्ठ संख्याको राहदानी छनौट गरेको अवस्था बाहेक अन्य विवरणहरुमा सामान्य त्रुटी भएमा रुजु अधिकारी वा लाइभ इनरोलमेन्ट गर्ने अधिकारीले संशोधन गर्न सक्नेछन । तर तस्विर खिची फाराम ठीक छ भनेर हस्ताक्षर गरेपछि कुनै विवरण संशोधन हुने छैन । यस पछि कुनै त्रुटी भएको भए पुनः फाराम भरी थप दस्तुर तिर्नु पर्ने हुँदा विशेष ध्यान दिनु होला ।

नागरिकता, राष्ट्रिय परिचयपत्र, पुरानो राहदानीसँग विवरण रुजु नभएमा, थप अनुसन्धान गर्नु पर्ने भएमा, ICAO को मापदण्डअनुसार तस्विर आदि नभएर प्रणालीले स्वीकार नगरेमा राहदानी बनाउन थप समय लाग्ने हुन्छ । त्यसैले राहदानी हातमा नपरेसम्म टिकट बुक गर्ने वा भ्रमण तय गर्ने कार्य नगर्नु होला ।



लाइभइनरोलमेन्ट केन्द्र परिवर्तन गरेर एउटा भरेको फाराम हुंदा हुंदै अर्को नयाँ फाराम भर्न मिल्छ कि मिल्दैन ?

मिल्छ । निश्चित समय पछि फाराम आफै डिलिट हुन्छ । आफूले पहिले भरेको फाराम आवश्यक नपर्ने भएर हटाएमा अरु कसैले सो बुकिङ्ग पाउछ । फारम भरेकै भरमा राहदानी बन्दैन । लाइभ इनरोलमेन्ट केन्दमा गएर रुजु गर्ने, राजस्व तिर्ने, तस्विर खिच्ने, औठा छाप दिने आदि कार्य गर्नुपर्दछ ।

विद्युतीय र मेशिन रिडेबल राहदानीको दस्तुर के कति छ ?

विद्युतीय र मेशिन रिडेबल राहदानीहरुको दस्तुर एउटै छ । तर ६६ पृष्ठको साधारण राहदानीको दस्तुर भने फरक छ । । विदेशस्थित कुटनीतिक नियोगहरुमा छुट्टै दस्तुर तोकिएको छ । हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक फरक दस्तुर लाग्छ ।

के राष्ट्रियपरिचयपत्र वा नम्बर आवश्यक पर्छ ?

१६ बर्ष माथिका र नेपालमा निवेदन दिनेहरुको लागि राष्ट्रियपरिचयपत्र आवश्यक पर्छ । विदेशबाट निवेदन दिने र १६ बर्ष भन्दा कम उमेरका आवेदकहरुको हकमा अनिवार्य छैन ।

रिजेक्सन वा निवेदन स्वीकृत नभएको मेसेज आएमा के गर्ने ?

। रिजेक्सनको कारण थाहा भएमा तोकेअनुसारको कार्य गरेर पुनः लाइभ इन्रोलमेन्ट गर्नु पर्ने हुनसक्छ । सुरक्षाको कारणले एक पटक पेश भइसकेको फर्म पुनः संशोधन सक्दैन । अतः फर्ममा विबरण भर्दा होशियारीसाथ भर्नु होला ।

म्याद भएको मेशिन रिडेबल राहदानी भएकाहरुको हकमा के हुन्छ ?

हालको मेशिन रिडेबल राहदानीको म्याद भएसम्म विद्युतीय राहदानी बनाउनु पर्दैन । त्यसैले काम गर्छ । हराएको, बिग्रेको जस्तो अवस्था बाहेक एक बर्ष भन्दा बढी म्याद भएका राहदानीको सट्टामा नयाँ बनाउन पाइँदैन ।

साथमा तस्विर र फोटोकपीहरु ल्याउन पर्दछ कि पर्दैन ?

तस्विर लाइभ इनरोलमेन्ट सेन्टरमा खिचिने हुनाले तस्विर ल्याउनु पर्दैन । साथै तोकिएका कागजातको सक्कल ल्याउनु पर्दछ । फोटोकपीहरु आवश्यक पर्दैन ।

विद्युतीय राहदानी के हो ?

हालको राहदानीमा भएका कुराहरुको अतिरिक्त विद्युतीय राहदानी (e-Passport) मा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुन्छन् । यी विवरणहरु राखेर चिप लक गरीसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । यो हालसम्म संसारमा विभिन्न मुलुकहरुमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ । ICAO PKD मार्फत सुचनाहरु रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत: खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।

Photos from Document Sewa UAE's post 29/01/2023

सेवा सहज बनाउने सम्बन्धी राहदानी विभागको अत्यन्त जरुरी सूचना !

20/01/2023

लेबर अफिसको साइट अपग्रेडमा छ । लेबर अप्रुभल प्रोसेस ढिला भएपनि काम चै भैरहेको जानकारी छ ।

19/01/2023

Important: Costs of UAE , increase as new fee is applied. ❗️

A customer care agent at the ICP UAE confirmed the fee increase applies to Emirates ID and visit and residency visas. Emirates ID will now cost Dh370 instead of 270 AED.

14/01/2023

मकर संक्रान्तीको अवसरमा यहाँहरू सबैमा हार्दिक शुभकामना ।

10/01/2023

Document Sewa UAE ले दिने सेवाहरू मध्ये कोर्ट म्यारिज पनि एक हो । युएईमा वैध रूपमा कानूनी विवाह गरेर बस्न चाहानेहरूले डक्युमेण्ट सेवालाई सम्झन सक्नुहुनेछ । रेगुलर विवाह गर्न ५०० दिराम (पालो कुर्नुपर्ने) र एक्सप्रेस २ दिन भित्र विवाह गर्न २८०० दिराम लाग्ने छ । कल गर्न: 043237276

MOHRE_UAE | Twitter, Instagram, Facebook | Linktree 03/01/2023

Cash for unemployed workers at a low-cost until an alternative job is found. This insurance also supports the career and stability of workers in the labour market with no fees required from employers.
For any inquiries, please reach the insurance pool via 600599555.
Tap the following link to subscribe to the insurance:

MOHRE_UAE | Twitter, Instagram, Facebook | Linktree الحساب الرسمي لوزارة الموارد البشرية والتوطين

Want your business to be the top-listed Government Service in Dubai?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Sultan Al Souq Al Kabeer, Bur Dubai
Dubai

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 21:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 09:00 - 21:00
Sunday 09:00 - 21:00