Nepali Pana

Nepali Pana

Share

नेपाल चिनाउने प्रयास, शब्द र तस्विर मार्फत। तपाईंको आफ्नै "नेपाली पाना"!

02/06/2026

माग्नुको नी सीमा हुन्छनी श्रीमती ज्यू, 😂😂 Devi Khanal Poudel Kancha Poudel

02/06/2026

नयाँ सोचमा स्याङ्जा भीरकोटका युवा …..

“‘मिसन भीरकोट’ अभियानद्वारा १५ जना प्रतिबद्ध अभियन्ताहरूलाई आईडी र पासवर्ड हस्तान्तरण!”

भीरकोट नगरपालिकालाई पूर्ण रूपमा सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउने उद्देश्यका साथ सञ्चालित "स्वतन्त्र अभियान मिसन भीरकोट" ले आफ्नो अभियानलाई अझ प्रभावकारी बनाउन एउटा महत्त्वपूर्ण कदम चालेको छ।

यसअघि नगरपालिकाका सबै ९ वटै वडाबाट २/२ जना गरी जम्मा १८ जनालाई संस्थाको आधिकारिक आईडी र पासवर्ड सेयर गर्ने निर्णय गरिएको थियो। सोही आह्वानअनुसार देशभरि तथा स्थानीय स्तरबाट उत्साहजनक रूपमा जम्मा २०५ वटा अनुरोधहरू (Requests) प्राप्त भएका थिए।

प्राप्त आवेदनहरूमध्येबाट कुनै पनि राजनीतिक दलको झोला नबोकेका, नितान्त निष्पक्ष, र भीरकोटको समृद्धिका लागि प्रतिबद्ध रहेका १५ जना अभियन्ताहरूलाई पहिलो चरणमा आईडी र पासवर्ड सेयर गरिएको जानकारी गराइन्छ। बाँकी रहेका स्थानहरूमा पनि उपयुक्त र प्रतिबद्ध व्यक्तिहरूको छनोट गरिनेछ।

आईडी र पासवर्ड प्राप्त गर्नुभएका सम्पूर्ण साथीहरूलाई आ–आफ्नो जिम्मेवारी पूर्ण इमानदारिताका साथ वहन गर्न हार्दिक अनुरोध गरिन्छ। अब हामी सबै मिलेर भीरकोट नगरपालिका (बयरघारी, स्याङ्जा) लाई एउटा नमूना र भ्रष्टाचारमुक्त नगर बनाउनै पर्छ र हामी बनाएरै छाड्नेछौँ।

"नयाँ भीरकोट, सुशासनयुक्त भीरकोट!"

#सुशासन #भ्रष्टाचारमुक्त_भीरकोट #स्वतन्त्र_अभियान #भीरकोट_नगरपालिका #बयरघारी #स्याङ्जा #युवा_जागरण #पारदर्शिता

02/06/2026

"सिरहा नगरपालिका-२०, गदियानीस्थित ज्ञानी मुखियाको आँगनमै सीमा स्तम्भ गाडिएको छ। अब भन्नुस्—प्रधानमन्त्री बालेनले संसदमा साँचो बोले कि झुटो? समस्या दुवैतर्फ छ, अब कुरा मात्र होइन, समाधान खोजिनुपर्छ।" — बब्लु गुप्ता

01/06/2026

नेपालको अर्थ बजारमा चीनको ठूलो लगानी !!

नेपालमा चीन सबैभन्दा ठूलो विदेशी लगानीकर्ता राष्ट्र बनेको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार फागुन मसान्तसम्म स्वीकृत कुल वैदेशिक लगानीमध्ये चीनको हिस्सा ४८ प्रतिशत रहेको छ।

मुख्य तथ्याङ्कहरू:

✅ वैदेशिक लगानीको हिस्सा: चीनको ४८%, भारतको १७.९% र अन्य देशहरूको ३४.१%।
✅ कुल स्वीकृत लगानी: ७ हजार ९ सय ५१ परियोजनामा ६ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँ।
✅ रोजगारी सिर्जना: ३ लाख ६२ हजारभन्दा बढी रोजगारी सिर्जना हुने अनुमान।
✅ क्षेत्रगत लगानी: सेवा क्षेत्रमा २८.३%, ऊर्जामा २३.०३%, उत्पादनमूलक क्षेत्रमा १३.१८% र खनिज क्षेत्रमा सबैभन्दा कम १.३%।

01/06/2026

दिल्लीतिरको माहोल यस्तो छ! रास्वपाका सभापति रवि लामिछानेलाई भव्य स्वागत,!

मुख्य अपडेट:

✅ नयाँ दिल्लीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विशेष उपस्थिति।
✅ प्रवासी नेपालीहरूद्वारा फूलमाला र खादासहित भव्य एवं उत्साहजनक स्वागत।
✅ कार्यक्रम स्थलमा समर्थकहरूको ठूलो उपस्थिति र नाराबाजी।

01/06/2026

रेलमार्ग विस्तारमा सरकारको ठूलो घोषणा !!

नेपाल सरकारले देशको यातायात प्रणालीलाई आधुनिक, सुरक्षित र दिगो बनाउने लक्ष्यका साथ रेलमार्ग निर्माण र विस्तारका लागि ठूलो बजेट घोषणा गरेको छ।

मुख्य घोषणाहरू:

✅ बर्दिबासदेखि काठमाडौं–तराई मधेश द्रुतमार्ग प्रस्थान बिन्दुसम्म रेलमार्ग निर्माण कार्य अगाडि बढाइने।

✅ बर्दिबास–विराटनगर रेलमार्गको बाँकी रहेका कामहरू पूरा गर्न बजेट विनियोजन।

✅ जनकपुर–जयनगर–बर्दिबास रेलमार्ग विस्तारको बाँकी काम सम्पन्न गर्न आवश्यक रकम छुट्याइयो।

01/06/2026

सांसद ऐन महरले भन्नुभयो,

"यो कुनै फुटबल खेल्ने ठाउँ होइन। यो कुनै आफ्नो चाहिँ नि फेसन शो गर्ने ठाउँ होइन। यसको आफ्नो मर्यादा छ, यसको आफ्नो गरिमा छ। म हिजो प्रश्न सोध्नेवाला थिएँ प्रधानमन्त्रीज्यूलाई, सेनाले आयोजना गरेका कार्यक्रमहरूमा, सेनाले व्यवस्थापन गरेका कार्यक्रमहरूमा प्रधानमन्त्रीज्यू नेपाली पोशाकमा जानुहुन्छ, दौरा सुरुवाल लगाएर जानुहुन्छ र जब सदनमा आउनुहुन्छ, फुटबल खेल्ने ड्रेसमा आउनुहुन्छ।"

01/06/2026

हिजो संसदमा भएको अमर्यादित व्यवहार तथा क्ष'ति सम्बन्धी घ'टनाको छानबिन गर्न समिति गठन गरिएको छ। समितिलाई ७ दिनभित्र सभामुखसमक्ष प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

01/06/2026

शुदन गुरुंग — “राजनीति र न्यायको लडाइँमा सत्यको जित सधैं ढिलो-चाँडो निश्चित हुन्छ। निष्पक्ष अनुसन्धान र न्याय प्रणालीमाथिको विश्वास नै लोकतन्त्रको सुन्दरता हो।

आजको दिनले सबैलाई एउटा नयाँ ऊर्जा र आशा दिएको छ। निष्पक्षताका साथ काम गर्ने सम्पूर्ण निकाय र सरकारलाई विशेष धन्यवाद!”

01/06/2026

नियमावली पारित गर्ने क्रममा आइतबार संसदमा विपक्षी सांसद र सभामुखबीच 'घम्साघम्सी' भयो।प्रतिन‍िधि सभा नियमावली पारित गर्न सभामुख मर्यादापालक (प्रहरी) को घेरामा लुक्नु पर्यो।

सांसद र मर्यादापालकको धकेलाधकेलमा केही सांसदलाई सामान्य चोट लाग्यो भने नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाको कपडा च्यातियो।

Want your business to be the top-listed Government Service in Dubai?

Click here to claim your Sponsored Listing.

Location

Address

Dubai