13/04/2026
New year 2083🙏🎊
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ✨
नयाँ वर्ष २०८३ ले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। यो वर्षले हरेकको जीवनमा नयाँ ऊर्जा, सकारात्मक सोच र सफलताको उज्यालो ल्याओस्।
आउनुहोस्, मिलेर सहयोग, सहकार्य र एकताको भावनासहित उज्ज्वल भविष्य निर्माण गरौं।
हार्दिक शुभकामना 🙏
13/04/2026
आउनुहोस्, हामी सबै मिलेर आफ्नो गाउँ आफैं बनाऔं।
इस्माली समाज यूएईद्वारा इस्मा गाउँपालिकामा चाँडै सञ्चालनमा ल्याउन लागिएको “अर्गानिक फुड सप्लाई” (Organic Food Supply) सेवा हाम्रो गाउँको कृषि, उत्पादन र बजार व्यवस्थापनमा नयाँ आयाम थप्ने महत्वपूर्ण पहल हो। यस अभियानमार्फत स्थानीय कृषकले उत्पादन गरेका ताजा, अर्गानिक तथा गुणस्तरीय तरकारी, फलफूल तथा अन्य कृषि उत्पादनहरूलाई सहज रूपमा बजारसम्म पुर्याउने व्यवस्था गरिनेछ।
यस सेवाको उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन, कृषकको आम्दानी वृद्धि, रोजगारी सिर्जना तथा आत्मनिर्भर गाउँ निर्माण गर्नु हो। विशेषगरी इस्मा गाउँपालिकाभित्र उत्पादन हुने वस्तुहरूलाई प्राथमिकता दिँदै, “उत्पादनदेखि उपभोगसम्म” को एकीकृत प्रणाली विकास गरिनेछ।
हामी निकट भविष्यमा यसको औपचारिक सुरुवात मिति, सञ्चालन प्रक्रिया, सहभागी हुने तरिका लगायतका सम्पूर्ण विवरण सार्वजनिक गर्नेछौं। यसका लागि आवश्यक तयारी तीव्र रूपमा भइरहेको छ।
यस ऐतिहासिक अभियानलाई सफल बनाउन इस्मा गाउँपालिकाका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौं—
👉 कृषकहरूलाई आफ्नो उत्पादन बढाउन प्रेरित गरौं
👉 युवा शक्तिलाई यस अभियानमा जोडौं
👉 स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिऔं
👉 सबै मिलेर सहकार्य, समन्वय र सहयोग गरौं
“हाम्रो गाउँ, हाम्रो जिम्मेवारी” भन्ने भावनाका साथ हामी सबै एकजुट भयौं भने इस्मालाई एक नमुना कृषि गाउँको रूपमा स्थापित गर्न कुनै गाह्रो छैन।
आउनुहोस्, हामी सबै मिलेर आफ्नो गाउँ आफैं बनाऔं, समृद्ध बनाऔं र आत्मनिर्भर इस्माको सपना साकार पारौं।
धन्यवाद।
इस्माली समाज यूएई 🙏
01/04/2026
यस निर्णयबाट पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमायाचना व्यक्त गर्दछौं। वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रमलाई अझ सुरक्षित, व्यवस्थित तथा प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यले उक्त निर्णय लिइएको व्यहोरा समेत विनम्रतापूर्वक जानकारी गराउन चाहन्छौं।🙏
16/02/2026
आउनुहोस्, एकता, उत्साह र सांगीतिक माहोलसँगै नयाँ वर्ष २०८३ लाई भव्य रूपमा स्वागत गरौं। 🎶🎆इस्माली समाज युएई
🎉🌺 ऐतिहासिक क्षणको साक्षी बन्न तयार हुनुहोस्! 🌺🎉
इस्माली समाज, युएईको
✨ प्रथम अधिवेशन तथा नयाँ वर्ष धमाका–२०८३ ✨
📅 १२ अप्रिल २०२६, आइतबार
📍 Radisson Blue Hotel & Resort, Opera Club, Abu Dhabi
Title Sponsor:
🌿 Green Sky Travel and Tourism LLC
यस भव्य कार्यक्रममा नेपालबाट आउँदै हुनुहुन्छ:
🎤 चर्चित राष्ट्रिय लोकप्रिय गायिका सम्झना भण्डारी
🎤 चर्चित राष्ट्रिय लोकप्रिय गायक विशाल सोनी
🎤 चर्चित राष्ट्रिय लोकप्रिय गायक राजेन बस्नेत
साथै, युएईलाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएका हाम्रा आफ्नै इस्माली कलाकारहरू:
🎶 इस्माली लोकप्रिय गायिका रञ्जिता कुँवर
🎶 लोकप्रिय गायक सुरेन्द्र सिंह ठकुरी
एकै मञ्चमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, सांस्कृतिक मनोरञ्जनको धमाका — तपाईंको उपस्थितिले मात्र पूर्ण हुनेछ।
📌 कार्यक्रम संयोजक:
राधिका बिष्ट (०५६४३८७४३०)
📌 कार्यक्रम सह–संयोजक:
दीपक कुँवर (०५०७८७८९२६)
📌 कलाकार संयोजक:
विनय खत्री (०५८२६०९४७४)
थप सम्पर्कका लागि
हरि बिष्ट (०५२९७६१३४२)
कमला कुँवर (०५६४८३५९३१)
कमला थापा (०५४५९०२२४५)
मिनु सिंह ठकुरी (०५६२५१७९१९)
कपिल खत्री (०५४२३५०३५५)
मिना अधिकारी (०५२३४९०५९०)
विकास केसी (०५६५८१७०२०)
सम्पूर्ण , युएईमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा।🙏
आउनुहोस्, एकता, उत्साह र सांगीतिक माहोलसँगै नयाँ वर्ष २०८३ लाई भव्य रूपमा स्वागत गरौं। 🎶🎆
इस्माली समाज युएई
कार्यक्रम संयोजन समिति
07/02/2026
आउनुहोस्, सबै मिलेर यस महाधिवेशनलाई सफल बनाऔं। 🙏इस्माली समाज युएई
एकता, पहिचान र सामूहिक प्रतिबद्धताको प्रतीक यस लोगोले हाम्रो समुदायको इतिहास, संस्कृति र उज्ज्वल भविष्यलाई झल्काउँछ। आउनुहोस्, सबै मिलेर यस प्रथम अधिवेशन सफल बनाऔं।
07/01/2026
What an incredible work by Ismali samaj UAE and thanks to both of you for providing Ro filter to the school 🏫 # Social work 🙏❤️
31/12/2025
नव वर्षको हार्दिक शुभकामना! 🎉🙏
जय इस्मा, जय एकता!
इस्माली समाज परिवार🎊🇳🇵🙏
नव वर्षको हार्दिक शुभकामना! 🎉🙏
इस्माली समाज यूएईको तर्फबाट देश–विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, शुभेच्छुकहरू र सम्पूर्ण समुदायमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। नयाँ वर्षले सबैको जीवनमा उत्तम स्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा आपसी सद्भाव र एकताको भावना अझ प्रगाढ बनाउँदै इस्माली समाजको उन्नति र विकासमा नयाँ ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौँ।🙏🎊
जय इस्मा, जय एकता!
इस्माली समाज यूएई परिवार🇳🇵