Ghumante Keta

Ghumante Keta Travel • Food • Culture नेपाली मनको कथा लिएर Delhi NCR घुम्दै
Ghumante KETA | Real Stories, Real People

19/09/2026

शुभ बिहानीसँगै वर्षाको मिठास, अनि मनमोहक यात्राको सुरुवात… बाटो जति लामो भए पनि, मन भने शान्त र रमाइलो छ।

18/09/2026

देउडा हाम्रो शान, नियम पालना हाम्रो जिम्मेवारी! | डियर पार्क दिल्ली | २० सेप्टेम्बर
देउडा हाम्रो गौरव हो, हाम्रो पहिचान हो!
तर सार्वजनिक स्थानमा कार्यक्रम वा शूटिङ गर्दा नियमको पालना गर्नु हाम्रो जिम्मेवारी पनि हो।
२० सेप्टेम्बर आइतबार डियर पार्क दिल्लीमा देउडा शूटिङ गर्ने हो भने सम्बन्धित पुलिस–प्रशासनबाट आवश्यक अनुमति लिएर मात्र कार्यक्रम गरौँ।
संस्कृति जोगाऔँ, नियम नतोडौँ! 🙏

17/09/2026

भारतमा नेपालीहरूको वितण्डा—आखिर दोषी को?

भारतमा हुने नेपाली समुदायका विभिन्न कार्यक्रममा बारम्बार झैँ–झगडा, विवाद र असामाजिक व्यवहारका घटनाहरू देखिनु दुःखद र चिन्ताजनक विषय हो।

आखिर यसको दोषी को?

दोषी म, तपाईं, हामी—सबै हौँ।

विशेषगरी भारतमा सक्रिय राजनीतिक संस्था, सामाजिक संस्था, बुद्धिजीवी तथा समुदायका अगुवाहरू प्रत्यक्ष रूपमा हरेक घटनामा संलग्न नहुन सक्छन्। तर कुनै गलत कार्य वा अनुशासनहीन घटना भइरहँदा त्यसका विरुद्ध आवाज नउठाउनु र मौन बस्नु नै सबैभन्दा ठूलो अपराध हो।






14/09/2026

प्रवासी नेपाली गुल्मी सम्पर्क मञ्चका अध्यक्ष श्री डम्बर अधिकारीको अध्यक्षतामा, बैंकमार्फत नेपाल प्रधानमन्त्री Relief Fund मा सफलतापूर्वक रु. ३,११,११२ हस्तान्तरण।

07/09/2026

नेपालमा बाढी–पहिरोबाट ज्यान गुमाएका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको श्रद्धाञ्जली सभा, सहयोग संकलन र शोकको वातावरण चलिरहेको थियो। तर त्यसैको करिब २० मिटरको दूरीमा केही नेपालीहरू उत्ताउलो नाचगानसहित तीज मनाउँदै थिए।

दुःख–सुख जीवनका हिस्सा हुन्, तीज मनाउनु गलत होइन। तर यस्तो ठूलो विपत्तिको १३ दिन पनि नपुग्दै, पीडितको पीडा र श्रद्धाञ्जली कार्यक्रमकै छेउमा यसरी रमाइलो गर्नु कति संवेदनशील व्यवहार हो?

कार्यक्रम गर्ने अधिकार सबैलाई छ, तर समय, स्थान र परिस्थितिको सम्मान गर्ने जिम्मेवारी पनि त हामी सबैको हो।

आज प्रश्न तीजको होइन, हाम्रो संवेदनशीलताको हो।

06/09/2026

भारतबाट नेपाली संस्था द्वारा अहिलेसम्मकै ठूलो सहयोग

नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित पीडितहरूका लागि प्रवासी नेपाली गुल्मी सम्पर्क मञ्च, दिल्लीले उल्लेखनीय आर्थिक सहयोग गरेको छ।

दिल्लीको बसन्तकुन्ज देखी सञ्चालित यस संस्थाले नेपालका बाढीपीडितहरूको राहत तथा उद्धारका लागि अहिलेसम्मकै ठूलो रकम सहयोग गर्न सफल भएको छ।

NepaliInIndia #नेपालबाढीपीडित #मानवता #समाजसेवा

04/09/2026

सुप्रभात सबैजनालाई! आज मर्निङ वाक कि भोलि अस्पतालको चक्कर? निर्णय तपाईंको!

03/09/2026

कार्यक्रम स्थगित / रद्द भएको अति-आवश्यक सूचना

🇳🇵 विपत्तिको घडीमा उत्सव होइन, एकता र सहयोग आवश्यक छ 🙏

नेपालमा अहिले जुन दुःखद र विषम परिस्थिति सिर्जना भएको छ, त्यसले सिंगो नेपाली मनलाई स्तब्ध बनाएको छ। कति परिवारले आफ्ना आफन्त गुमाएका छन्, कति घरपरिवार विस्थापित भएका छन्, जनधनसँगै गाईवस्तु तथा अन्य सम्पत्तिको ठूलो क्षति भएको छ। यो सामान्य अवस्था होइन—यो हाम्रो आफ्नै परिवारमाथि आएको ठूलो विपत्ति हो।

यस्तो अवस्थामा हामी उत्सव मनाएर रमाइलो गर्दै सहयोग जुटाउने कि पीडित परिवारको दुःखलाई महसुस गर्दै उनीहरूको साथमा उभिने? यो निर्णय हामी प्रत्येकले आफ्नै मनसँग सोध्नुपर्छ।

कसैको परिवारको एउटा सदस्य गुम्दा पनि त्यो परिवारलाई सामान्य अवस्थामा फर्किन वर्षौं लाग्न सक्छ। यस्तो पीडाको बीचमा उत्सवका शब्द र कार्यक्रमहरू उपयुक्त हुन्छन् कि हुँदैनन् भन्ने कुरा हामी सबैले गम्भीरतापूर्वक सोच्न आवश्यक छ।

यसै सन्दर्भमा जानकारी गराउन चाहन्छौँ कि गुल्मी सम्पर्क समाज भारतले यही सेप्टेम्बर ६ मा आयोजना हुन लागेको आफ्नो कार्यक्रम पूर्ण रूपमा रद्द गरेको छ।

यस निर्णयका लागि गुल्मी सम्पर्क समाज भारतप्रति हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दछौँ।
उहाँहरूले नेपाल र नेपालीलाई आफ्नै परिवारको हिस्सा सम्झेर, आजको यो दुःखद घडीमा आर्थिक तथा मानवीय रूपमा पीडितहरूको साथमा काँधमा काँध मिलाएर उभिनुभएको छ।

धन्यवाद, गुल्मी सम्पर्क समाज भारत। ❤️🙏

Ram Kunwar
Suvash Basnet
Ghumante Keta
Arjun Bisht
Devi Ka
Arjun Thapa
Pomsita Hospitality
Ghanshyam Puri
Devendra Kc
Milan Rana
Mukunda Paudyal

Address

New Delhi
110029

Website

Alerts

Be the first to know and let us send you an email when Ghumante Keta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share