07/04/2026
जनता सधैं सजिलो भाष्य (‘easy narrative’) को खोजीमा हुन्छन्। जस्तै, आर्थिक विकास कसरी गर्ने भन्दा सरकारले उद्योग खोलेर सबैलाई रोजगारी दिने भन्ने कुरा। सुन्दा यो कुरा सहज र सरल लाग्छ। तर संसारमा सरकारले उद्योग चलाएर सबैलाई रोजगारी दिएर बनेको देश एउटै छैन। सन् १९९० को दशकसम्म आइपुग्दा लगभग सबै देशहरू (समाजवादी भारत र साम्यवादी चीन समेत) आर्थिक उदारीकरणतर्फ गए। कारण, निजी क्षेत्रलाई उद्योग सञ्चालन गर्न दिँदा निजी क्षेत्रले मुनाफा कमाउने, जनताले रोजगारी पाउने, राज्यले नियमन गरे पुग्ने र सरकारले कर पनि उठाउन पाउने। तर जनतालाई यो कुरा बुझाउन मेहनत चाहिन्छ। यो सजिलै बिक्ने सहज भाष्य होइन।
नीतिनिर्माण सजिलो विषय होइन। पत्रपत्र केलाएर, बुझेर, दीर्घकालीन प्रभाव हेरेर निर्णय गर्नुपर्छ। जिम्मेवार नेताको काम जनतालाई बुझाउनु हो। सजिलो भाष्यमा सधैं तथ्य हुँदैन भन्ने कुरा जनतामाझ पुर्याउनु हो।
राजनीतिज्ञहरू आफूप्रति आकर्षण तान्न र सजिलो भाष्य बेचेर चुनाव जित्न त्यस्तै भाष्य बेच्छन्। जस्तो कि देशलाई यति ऋण लाग्यो, उति ऋण लाग्यो भन्ने भाष्य नेपालमा कम्युनिस्टदेखि पपुलिस्टसम्मले चुनाव जित्नकै लागि बेचे।
तर के देशहरूले ऋण लिने कुरा नौलो हो? के विकसित देशहरूको ऋण छैन? ऋण लिनु ठूलो कुरा होइन, ऋणको सदुपयोग भयो कि भएन भन्ने प्रश्न हो। आज रास्वपा सरकारले ऋण लिँदा, जनता भड्काउन हामी पनि त्यही भाष्य बेच्न सक्थ्यौँ। क्षणिक राजनीतिक फाइदा पनि हुन्थ्यो होला, तर हामी त्यस्तो गर्दैनौँ।
हामी जिम्मेवार राजनीति गर्छौँ।
27/03/2026
मैले सायद ठीकसँग बुझ्न सकेको छैन, तर एउटा प्रश्न उठ्छ। हिजो राजनीतिक नियुक्तिबाट विभिन्न पेशामा कार्यरत भएका कर्मचारीहरूले कुनै पार्टीको समर्थनमा नियुक्त भएर आफ्नो पेशागत जिम्मेवारी पूरा गर्दै जीविका चलाउनु के साँच्चै गलत हो त?
यदि उनीहरूलाई हटाएर नयाँ मानिसहरू ल्याइन्छ भने, त्यो पनि त फेरि अर्को पार्टीको पक्षमा गरिएको नियुक्ति नै हुने होइन र? यस्तो चक्र दोहोरिरहने हो भने परिवर्तनको अर्थ के रहन्छ?
कामबाट निकाल्नु नै समाधान होइन जस्तो लाग्छ। बरु आवश्यक कुरा त यस्तो वातावरण सिर्जना गर्नु हो, जहाँ कर्मचारीहरू पार्टीको प्रभावबाट मुक्त भई निष्पक्ष, पेशागत र जिम्मेवार ढंगले काम गर्न सकून्। त्यसो भए मात्र संस्थागत स्थायित्व र सुशासन सम्भव हुन्छ।
24/03/2026
नेपालको राजनीतिमा गगन युगको संकेत स्पष्ट रूपमा देखिन थालेको छ। गगनमा प्रतिबिम्बित हुने राजनीतिक संस्कार, परिपक्व सोच, दूरदर्शिता र प्रभावकारी कूटनीतिक क्षमता अहिलेको सत्तामा रहेका धेरै नेताहरूमा अभाव भएको यथार्थ जनताले बिस्तारै गहिरो रूपमा महसुस गर्दै जानेछन्। जब यो चेतना अझ सुदृढ बन्दै जानेछ, तब जनताको विश्वास र अपेक्षाले नै गगन थापाको पुनरागमनका लागि शक्तिशाली र व्यापक आवाज उठाउनेछ—र त्यो समयको अपरिहार्य माग बन्नेछ।
20/03/2026
विचौलियासँग कुम छ भन्दै रविसँग बालेन रुष्ट
बालेन शाह आफू क्लिन हुँदाहुँदैपनि सभापति रवि लामिछाने र केही नेताका कारण पार्टी धमिलो बनिरहेको भन्दै असन्तुष्ट बन्दै गएको खुल्न आएको छ । लामिछानेको मुद्दामा करोडौं करोड धरौटी प्रभु बैकले नै किन दिइरहेको छ भनेर आम नागरिकले प्रश्न गरिरहेका थिए । किनकी सोही बैकका राजेन्द्र शाक्य बैंकको कर्जा दुरुपयोग प्रक्ररणमा पक्राउ परेका विवादित व्यक्ति हुन् । उनैको हो, होटेल रोयल टुलिप जहाँ रास्वपाले नवनिर्वाचित सांसदहरुलाई आवाससहित दुई दिन राखेर तालिम दियो । स्रोतले भन्छ, यहाँ कार्यक्रम राखिएकाले पनि असन्तुष्ट बनेका बालेन अभिमुखीकरण कार्यक्रममा नै गएनन् । विचौलियाको एक कप पानी पिउँदापनि स`हिदकी आमा सम्झिनु जो छोरालाई ब`ली च`ढाएर हामीसँगै अहिले यही बसिरहेकी छिन् भनेर भाषण दिने तर त्यो छानो विवादित पात्रकै हुनु कति हास्यास्पद भन्दै सामाजिक सञ्जालमापनि अहिले यो विषय उठ्न थालेको छ ।
19/03/2026
किसानको पसिना, बेरोजगारको आशा र सुकुम्बासीको पीडाले जिताएका माननीयहरू
आज फाइभ स्टार होटलका झिलिमिली बत्तीमुनि रमाइरहेका छन्।
त्यही बेला—
कतै किसान मल र बीउ नपाएर चिन्तित छ,
कतै युवा रोजगारीको खोजीमा विदेशिन बाध्य छ,
कतै सुकुम्बासी आफ्नो बासको लागि आकाशतिर टुलुटुलु हेरिरहेको छ।
जनताको भान्सामा चुलो बल्न मुस्किल छ,
तर सत्ताको टेबलमा विलासिताको भोज चलिरहेको छ।
मुखमा माड छैन, तर चाकमा नौनी घ्यू—
यो केवल उखान होइन, आजको कठोर यथार्थ हो।
करोडौँ खर्च गरेर गरिने भेटघाट र तामझाम,
के त्यो रकम जनताको पसिनाबाट उठेको होइन र?
जब देश गरिब छ, जनता पीडामा छन्,
त्यस बेला सत्ताको यस्तो प्रदर्शन
घाउमा नुन छर्किएझैँ लाग्दैन र?
कहिलेसम्म जनताको सपना बेचेर
सत्ताको सुखमा हराउने हो?
18/03/2026
आदरणीय दाजु Gagan Thapa,
ठूला-ठूला चुनौतीहरू पार गर्दै यहाँसम्म आइपुग्नु भएको तपाईंको यात्रा नै प्रेरणाको स्रोत हो। निर्वाचनको परिणामले क्षणिक निराशा दिएको हुन सक्छ, तर यही निराशालाई शक्ति बनाउने तपाईंको क्षमता नै तपाईंको वास्तविक पहिचान हो।
आज देशले तपाईं जस्ता दृढ, इमानदार र दूरदर्शी नेतृत्वको आवश्यकता महसुस गरिरहेको छ। नागरिक तहमा बढ्दै गएको असन्तुष्टिलाई सम्बोधन गर्दै, सुशासन र समृद्धिको स्पष्ट मार्गचित्रसहित अघि बढ्नुहोस्।
तपाईंको अभियान केवल राजनीतिक यात्रा होइन, यो नयाँ पुस्ताको आशा र परिवर्तनको आवाज हो। निस्वार्थ भावनाले प्रेरित लाखौं युवाहरू तपाईंको साथमा छन्—आज पनि, भोलि पनि।
हिम्मत, धैर्यता र प्रतिबद्धतासहित अगाडि बढ्नुहोस्—देश तपाईंको प्रतीक्षामा छ। 🇳🇵
17/03/2026
गगन थापाले काँग्रेसको साख जोगाईदिएका छन् भन्ने कुरा केवल एउटा भावनात्मक अभिव्यक्ति मात्र होइन, वर्तमान राजनीतिक परिस्थितिमा देखिएको यथार्थ पनि हो। कठिन र चुनौतीपूर्ण अवस्थामा पनि उनले पार्टीको विचार, मूल्य र भविष्यप्रतिको विश्वासलाई कायम राख्ने प्रयास गरेका छन्। हार–जित लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया हो, तर त्यस्तो बेला नेतृत्वले धैर्य, साहस र जिम्मेवारीका साथ उभिन सक्नु नै साँचो नेतृत्वको परिचय हो।
आज केही असन्तुष्टि, आलोचना र निराशाका आवाजहरू सुनिन सक्छन्, तर त्यसकै आधारमा राजीनामा दिनु समाधान होइन। बरु यस्ता परिस्थितिमा अझ दृढ भएर पार्टीलाई एकढिक्का बनाउँदै संगठनलाई बलियो बनाउनु आवश्यक हुन्छ। गगन थापाले उठाएका मुद्दाहरू—पार्टीको आन्तरिक सुधार, नयाँ पुस्ताको नेतृत्व विकास, र लोकतान्त्रिक मूल्यहरूको सुदृढीकरण—यी सबै काँग्रेसको भविष्यका लागि महत्वपूर्ण आधार हुन्।
राजनीतिमा एक–दुई हारले कसैको योगदानलाई मेटाउन सक्दैन। बरु यस्ता चुनौतीपूर्ण क्षणहरू नै भविष्यको बलियो यात्राका लागि सिकाइका अवसर हुन्। त्यसैले अहिले आवश्यक कुरा दोषारोपण होइन, एकता हो; निराशा होइन, नयाँ ऊर्जा र संकल्प हो।
त्यसैले गगन थापाले राजीनामा दिनुपर्ने होइन, बरु अझ दृढताका साथ पार्टीभित्रका सबै पक्षलाई समेट्दै संगठन सुदृढ बनाउन नेतृत्वदायी भूमिका खेल्नुपर्छ। पार्टीका कार्यकर्ता, समर्थक र आम नागरिकले पनि यस्तै जिम्मेवार नेतृत्वको अपेक्षा गरेका छन्। एकढिक्का भएर अगाडि बढे मात्र काँग्रेसले आफ्नो ऐतिहासिक भूमिका र जनविश्वासलाई अझ बलियो बनाउन सक्छ।
15/03/2026
Renu Dahal लाई हराएर विकासको सपना देख्नु, Narayan Kaji Shrestha लाई हराएर सुशासनको अपेक्षा गर्नु, र Gagan Thapa लाई हराएर नयाँ पुस्ताको नेतृत्व खोज्नु भनेको समस्या समाधान होइन, बरु आफैंले निर्माण गरेको सम्भावनालाई आफैंले कमजोर बनाउनु हो।
नेपालको राजनीतिमा परिवर्तनको कुरा धेरै हुन्छ, तर परिवर्तन सम्भव बनाउने व्यक्तित्वलाई नै अस्वीकार गर्ने प्रवृत्ति पनि उत्तिकै बलियो देखिन्छ। विकास, सुशासन र नयाँ पुस्ताको नेतृत्व कुनै नारा मात्र होइन; ती सबैका लागि अनुभव, दृष्टि, साहस र निरन्तरता आवश्यक हुन्छ।
कसैलाई हराएर मात्र देश बन्छ भन्ने सोचले राजनीति अगाडि बढ्दैन। वास्तविक परिवर्तन त्यतिबेला सम्भव हुन्छ, जब सक्षम नेतृत्वलाई अवसर दिइन्छ र सुधारका प्रयासलाई निरन्तरता दिइन्छ।
नेपाललाई आज आवश्यक कुरा व्यक्तिको पराजय होइन, सही सोच र सक्षम नेतृत्वको सुदृढीकरण हो। देशलाई स्थिरता, सुशासन र विकासको बाटोमा लैजान यही चेतनाले मार्गदर्शन गर्नुपर्छ। 🇳🇵
15/03/2026
दाई: ए भाई तिमी त अलिकति पढेलेखेको, देश–विदेश देखेको मान्छे। जान्ने–बुझ्ने भएर पनि किन खालि पुरानै पार्टीको कुरा गर्छौ? यिनिहरूले गर्दा त हामी यो हालतमा छौं। अब त नयाँलाई हेरौं न भाई!
म :दाई, मलाई एउटा कुरा भनिदिनुस् त के हो नयाँ? अगाडि देखिने थोपडा कि विचार र नीति ? दुई–दुई पटक गृहमन्त्री भइसकेको रवि कि एक पटक स्वास्थ्य मन्त्री भएको गगन ?
कि कांग्रेसकै सहयोगमा योजना आयोगको उपाध्यक्ष खाएर, अहिले छेपारोले रंग फेरेझैँ बोली फेर्ने स्वर्णिम वाग्ले कि आन्दोलनमा घुसपैठ गर्ने र देशमा आगो लगाउन उक्साउने कथित पत्रकार, कलाकार वा social media का पपुलिस्टहरू को हो नयाँ?
दाई: अकमकाउदै यत्रो वर्ष देश लुटेर खाए। फेरि यिनैको पछि लाग्न त भएन नि भाई।
म: दाई, २०७० सालअघि मेरो घर जान एउटा झोलुङ्गे पुल पनि थिएन।आज पक्की सहित तीन–तीन वटा पुल छन्।सबै शून्य थियो भन्नु न्याय हो? केही त भएको छ भन्नुपर्छ नि! खालि चटकेहरूलाई “नयाँ, नयाँ” भन्दै बाँदर उफारेझैँ उफारेर देश बन्ने हो र दाई?
दाई: गगनले पनि यत्रो वर्ष के नै गर्यो त भाई?
म : दाई, गगनले प्रधानमन्त्री भएर देश चलाएको हो र ?
उ त जाबो सांसद थियो।उ जस्ता नेपालमा हजारौं सांसद छन,
सबैको नाम तपाईंलाई याद छ? पक्कै छैन।तर गगनको छ।
किन? किनकि उ एक्लैले सिंगो प्रतिपक्षको भूमिका निभायो।
संसदमा आवाज उठायो, नीतिमा बहस गर्यो,सरकारलाई प्रश्न गर्यो।
दाजु: भाई, जे भन तर रविलाई फसाउने गगन नै हो भन्छन्।
म : दाई, तपाईंलाई कसैले आर्थिक लेनदेनमा फसाउन सक्छ?
दाई: नखाएको बिष किन लाग्ने मलाई।
म: हो यदि यत्तिकै आरोप लगाउँदैमा कोही फस्ने हो भने तपाईं–हामी पनि आज जेलमै हुन्थ्यौ होला।अब भन्नुस् त रवि जस्तो बाठो मान्छे गल्ती नगरी अरूले फसाउँदैमा फस्छ? देशमा धेरै ठगहरू अहिले पनि जेलमै छन्।अपराध गरेको छ भने ढिलो–चाँडो सबै जेल जान्छन।
चाहे कांग्रेसका हुन्, एमालेका हुन् वा अरू कोही।
दाई: तर धेरै त पुराना पार्टिका त बाहिरै छन् नि भाई।
म : दाई, अपराधीको पार्टी हुँदैन,अपराधको हिसाब हुन्छ।
हेर्नुस दाई मान्छेको भावना भड्काएर, भीड उचालेर
देश चल्दैन।देश चलाउन अनुभव, नीति र स्थिरता चाहिन्छ।
देशलाई भड्खालोमा जाक्नबाट जोगाउने हो भने
रूखमा मतदान आवश्यक छ ।अरू कुरा आफै बुझ्नुस्।
दाई: टोलाउँदै भाईको कुरा त ठीक लाग्यो। बिचार गर्नु पर्ने देखे। भन्दै फोन राख्नु भयो।
यो मेरो गाऊले दाजु संगको real talk हो। अहिले धेरै जनालाई यस्तै लाग्छ। तर कुरा गहिरो छ गम्भिर भएर सोचौं। अहिले दाजु रूखमा भोट माग्दै हुनुहुन्छ। तपाईं पनि ढुक्क भएर माग्नु होला।
13/03/2026
जब कुनै राजनीतिक दल चुनावमा हार्छ, त्यो केवल पराजय मात्र हुँदैन; त्यो आत्ममूल्यांकन गर्ने अवसर पनि हुन्छ। उदाहरणका लागि, हालका निर्वाचनहरूमा Nepali Congress ले अपेक्षाअनुसार परिणाम प्राप्त गर्न सकेन। यो अवस्थाले दललाई केही महत्वपूर्ण प्रश्नहरू सोध्न बाध्य बनाउँछ—जस्तै जनतासँगको सम्बन्ध कस्तो छ, नीतिहरू कत्तिको प्रभावकारी छन्, र संगठनात्मक संरचना कति बलियो छ।
यस्तो हारले निम्न कुराहरूमा नयाँ मार्गचित्र बनाउने अवसर दिन्छ:
१. आत्मसमिक्षा (Self-evaluation)
निर्वाचनमा हार भएपछि दलले आफ्नो रणनीति, नेतृत्व शैली र जनतासँगको संवादलाई पुनः समीक्षा गर्न सक्छ। यसले भविष्यमा सुधारको आधार तयार गर्छ।
२. संगठन सुदृढीकरण
हारले पार्टीभित्र संगठनलाई बलियो बनाउने, नयाँ पुस्तालाई अवसर दिने र कार्यकर्तालाई सक्रिय बनाउने प्रेरणा दिन्छ।
३. नीतिगत सुधार
जनताले किन समर्थन कम गरे भन्ने बुझेर नीति, कार्यक्रम र प्राथमिकताहरूलाई समयअनुसार परिमार्जन गर्न सकिन्छ।
४. नयाँ नेतृत्व र दृष्टि
पराजयले दललाई नयाँ सोच, नयाँ नेतृत्व र दीर्घकालीन रणनीति बनाउन प्रेरित गर्छ।
यसरी हेर्दा, चुनावी हार अन्तिम परिणाम होइन। यदि सही ढङ्गले विश्लेषण गरियो भने, त्यही असफलताले भविष्यको सफलताको बाटो खोल्न सक्छ। त्यसैले Nepali Congress का लागि पनि यो हार आत्मसमिक्षा, सुधार र पुनःउत्थानको नयाँ मार्गचित्र तयार गर्ने अवसर बन्न सक्छ।
13/03/2026
नेपाली कांग्रेसबाट विजयी हुनुहुने प्रतिनिधि सभाका माननीय सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना। जनताको भरोसा, अपेक्षा र विश्वासलाई सम्मान गर्दै राष्ट्र निर्माणको यात्रामा उल्लेखनीय, जिम्मेवार र प्रेरणादायी योगदान दिनुहोस् भन्ने कामना गर्दछौं। 🌳
साथै, समझदार र विवेकशील जनताले सूक्ष्म मूल्यांकन गर्दै विजय दिलाउनु भएकोमा सम्पूर्ण मतदाताप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं। तपाईंहरूको अमूल्य समर्थन र विश्वासले लोकतन्त्रलाई अझ बलियो बनाएको छ। 🙏🌿