Nrna Sendai

電話する ウェブサイト その団体に問い合わせる

Nrna Sendai By nepali- For nepali

मिति २०२६ /१०/१विषय: बाढीपीडित सहयोग अभियानको आर्थिक विवरण तथा पारदर्शितासम्बन्धी सूचनाआदरणीय सेन्दाईबासी महानुभावहरू,गै...
01/10/2026

मिति २०२६ /१०/१

विषय: बाढीपीडित सहयोग अभियानको आर्थिक विवरण तथा पारदर्शितासम्बन्धी सूचना

आदरणीय सेन्दाईबासी महानुभावहरू,
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान, क्षेत्रीय समन्वय परिषद् सेन्दाईको समन्वयमा सेन्दाईमा रहेका विभिन्न संघसंस्थाहरू, व्यवसायी तथा समाजसेवी महानुभावहरूको संयुक्त आयोजनामा सञ्चालित "नेपाल बाढी-पहिरो पीडित सहयोग गतिविधि" सम्पन्न भएको छ। यस अभियानबाट संकलित सम्पूर्ण आर्थिक विवरण तथा राहत वितरणको पारदर्शिताका लागि यो सूचना जारी गरिएको छ।

१. संकलित आर्थिक विवरण (आय)

१. सेन्दाईस्थित इन्डियन-नेपाली रेस्टुरेन्टहरू (२२ वटा) बाट संकलित ¥123,114
२. सेप्टेम्बर १२, २०२६ को राहत संकलन (募金活動) ¥137,626
३. सेप्टेम्बर १३, २०२६ को राहत संकलन (募金活動) ¥127,267
४. 株式会社佐藤商会 (Sato Shokai Co., Ltd.) सेन्दाई ¥100,000
५. YMCA कोबायासी सेन्सेईबाट सहयोग ¥10,000
६. NRNA सेन्दाई परिवारबाट संकलित रकम ¥82,555
जम्मा
कुल संकलित सहयोग रकम ¥580,562

२. खर्च तथा व्यवस्थापन विवरण (व्यय)

NRNA JAPAN केन्द्रको बाढीपीडित अभियानलाई पठाइएको रकम: ¥100,000

प्रशासनिक खर्च (बोकिङ बक्स खरीद,पोष्टर, प्रिन्ट, )¥12,656

नेपाल पठाउनको लागि जम्मा भएको रकम: ¥467,906

३. नेपालमा राहत वितरण विवरण

रेमिट्यान्स पठाएको मिति: २०२६ सेप्टेम्बर २३ (0.965) को रेट अनुसार

नेपाल पुगेको कुल रकम: रु. ४५०,०८१/-

धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नं. ८ का बाढी तथा पहिरोबाट अति प्रभावित परिवारहरूलाई वडा अध्यक्ष श्री विशाल कुङ्गेती मगरको विशेष समन्वयमा राहत रकम निम्नानुसार वितरण गरिएको छ:

१. मृतक व्यक्तिको परिवार ५ परिवार दर (रु.) ४०,००० जम्मा रकम (रु.) २००,०००/-
२. पूर्ण क्षति घर परिवार ३ परिवार दर (रु.)
१५,००० जम्मा रकम (रु.) ४५,०००/-
३. आंशिक क्षति घर परिवार २ परिवार दर (रु.) १२,००० जम्मा रकम (रु.) २४,०००/-
४. विस्थापित घर परिवार २५ परिवार दर (रु.) ७,००० जम्मा रकम (रु.) १७५,०००/-
५. प्रशासनिक खर्च (नेपालतर्फ) ६,०८१/-

जम्मा वितरित कुल रकम ३५ परिवार
रु. ४५०,०८१/-

विशेष धन्यवाद ज्ञापन
यस दुःखद् घडीमा जापानको सेन्दाई क्षेत्रबाट नेपालमा गएको बाढी तथा पहिरोबाट पीडित दाजुभाइ तथा दिदीबहिनीहरूका निम्ति आर्थिक, भौतिक तथा नैतिक रूपले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरू, रेस्टुरेन्ट व्यवसायीज्यूहरू, संघसंस्थाका प्रतिनिधिहरू, स्वयंसेवकज्यूहरू तथा सम्पूर्ण सहयोगी दाताहरूप्रति NRNA सेन्दाई परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।
यहाँहरूको यो अमूल्य सहयोगले पीडित परिवारहरूको घाउमा मल्हम लगाउन र पुनरुत्थानमा ठूलो सहयोग पुगेको छ।

धन्यवाद!

मिति: २०२६/०९/३०प्रेस विज्ञप्तिविषय: “दोस्रो नेपाल फेस्टिभल सेन्दाई २०२६” स्थगित गरिएको सम्बन्धमा। नेपालमा हालै २०८३ साल...
30/09/2026

मिति: २०२६/०९/३०
प्रेस विज्ञप्ति

विषय: “दोस्रो नेपाल फेस्टिभल सेन्दाई २०२६” स्थगित गरिएको सम्बन्धमा।

नेपालमा हालै २०८३ साल भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भई सिंगो देश शोकमा डुबेको यस दुःखद घडीमा, यस विपत्तिमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको शीघ्र खोजी, सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
नेपालको कला, संस्कृति र पहिचानलाई प्रवासमा चिनाउने उद्देश्यले आगामी २०२६ अक्टोबर ३१ र नोभेम्बर १ तारिखमा सेन्दाईस्थित चुचिगाओका पार्कमा आयोजना गर्न तय गरिएको “दोस्रो नेपाल फेस्टिभल सेन्दाई २०२६”, देशले व्यहोरिरहेको यस मानवीय र प्राकृतिक विपत्तिपूर्ण संवेदनशील अवस्थामा आयोजना गर्नु उपयुक्त नहुने महसुस गर्दै, सेन्दाईको ओदावारामा बसेको १३औँ बैठकको निर्णयअनुसार तत्कालका लागि महोत्सव स्थगित गरिएको औपचारिक जानकारी गराउँदछौँ।
यस असहज परिस्थितिमा महोत्सवको तयारीका क्रममा यहाँहरूबाट प्राप्त अमूल्य सहयोग, सद्भाव र सहकार्यप्रतिको हार्दिक आभार व्यक्त गर्दै, अझै पनि विपत्तिको अवस्था पूर्ण रूपमा टरिनसकेको हुँदा विपत्तिमा परेका नागरिकहरूको राहत तथा पुनस्स्थापनाका लागि आ-आफ्नो क्षमताले भ्याएसम्म सक्दो सहयोग गरिदिनुहुन सम्पूर्ण जापानवासी नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछौँ।
साथै, यस महोत्सवको तयारीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने मुख्य प्रायोजक, प्रायोजकज्यूहरू, विभिन्न नेपाली तथा जापानी संघसंस्था, कलाकार, स्वयंसेवक, सञ्चारकर्मी, व्यवसायी तथा सम्पूर्ण महानुभावहरूप्रति आभार प्रकट गर्दै, महोत्सव स्थगित गर्नुपर्दा पर्न गएको असहजता र असुविधाप्रति हामी हार्दिक क्षमायाचना गर्दछौँ। परिस्थिति सहज भएपश्चात् महोत्सवसम्बन्धी आगामी नयाँ मिति उपयुक्त समयमा पुनः जानकारी गराइनेछ।

26/09/2026
नेपाल र चीनको सीमा क्षेत्रमा गत अगस्टमा गएको विनाशकारी पहिरोबाट प्रभावितहरूसँग ऐक्यवद्धता जनाउँदै NRNA Sendai को पहलमा स...
18/09/2026

नेपाल र चीनको सीमा क्षेत्रमा गत अगस्टमा गएको विनाशकारी पहिरोबाट प्रभावितहरूसँग ऐक्यवद्धता जनाउँदै NRNA Sendai को पहलमा सेन्दाई सहरमा सञ्चालन गरिएको राहत संकलन अभियानको बारेमा TBS News मा प्रकाशित समाचार।
विपद्को यो घडीमा हामीलाई साथ दिनुहुने सम्पूर्ण जापानी नागरिकहरू तथा सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। पूर्वी日本 महाविपद् (3.11) को पीडा भोगेका जापानी दाजुभाइहरूको समवेदना र सहयोग हाम्रो लागि अमूल्य छ। संकलित रकम छिट्टै पीडितसम्म पुर्याउनेछौं।

今年8月にネパールと中国の国境地帯で発生した大規模な土石流被害を受け、NRNA仙台(海外在住ネパール人協会日本支部仙台)が中心となり、仙台市中心部で行った募金活動の様子がTBSニュースで報じられました。
東日本大震災の痛みを経験された日本の皆様からの温かいご支援と心温まるお言葉に、心より感謝申し上げます。皆様からお預かりした温かい募金は、ネパール政府を通じて現地の被災者支援に届けられます。引き続き、ご支援とご協力をよろしくお願い申し上げます。

🔗

今年8月、ネパールと中国の国境地帯では大規模な土石流が発生し、これまでに1400人を超える死者が出ています。未だに多くの人が行方不明となるなか、県内ではネパール出身の人たちが支援を呼びかけました。仙台市…

14/09/2026

हरितालिका तीजको पावन अवसरमा हार्दिक शुभकामना!

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, जापान, क्षेत्रीय समन्वय परिषद्, सेन्दाई (NRNA NCC Japan, Regional Coordination Council Sendai) को तर्फबाट सम्पूर्ण आदरणीय नेपाली दिदीबहिनीमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यो पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आपसी प्रेम अझ गाढा बनाओस्। हरेक सम्बन्धमा माया, सम्मान र विश्वास सधैं कायम रहोस्। परम्परा र संस्कृतिको संरक्षणसँगै तीजको खुसी सबैको अनुहारमा मुस्कान बनेर छाओस्।

गैर आवासीय नेपाली संघ (NRNA), क्षेत्रीय समन्वय परिषद्, सेन्दाई

एनआरएनए सेन्दाई(NRNA SENDAI) को आयोजनामा नेपालका बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगको लागि सेन्दाइमा सञ्चालन गरि...
13/09/2026

एनआरएनए सेन्दाई(NRNA SENDAI) को आयोजनामा नेपालका बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगको लागि सेन्दाइमा सञ्चालन गरिएको "नेपाल बाढी पीडितका लागि सहयोग संकलन" अभियान आज बाट सम्पन्न भएको छ।

संचालन गरिएको मिति र समय:
(सेन्दाइमा अबस्थित बिभिन्न रेस्टुरेन्ट हरु बाट )8/30 देखि 9/6 सम्म
(GUCCI Store First Tower Building अगाडि )
मिति: सन् २०२६ सेप्टेम्बर १२ र १३ (September 12 & 13, 2026)
समय: दिउँसो १:०० बजेदेखि ५:०० बजेसम्म
कानुनी अनुमति:宮城県中央警察署 (मियागी चुओ प्रहरी कार्यालय) को आधिकारिक अनुमति लिई यो अभियान संचालन गरिएको हो।

सेन्दाईक्षेत्रमा रहनुभई यस परोपकारी तथा मानवीय कार्यमा प्रत्यक्ष रूपमा उपस्थित भई आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण जापानिज तथा नेपाली दाजुभाइ, दिदीबहिनीहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूप्रति NRNA SENDAI समिति हार्दिक धन्यवाद व्यक्त गर्दछ।
यस अभियानलाई सफल बनाउन अहोरात्र खटिनुहुने सम्पूर्ण स्वयंसेवकज्यूहरू तथा सहयोग पुर्‍याउनुहुने महानुभावहरूप्रति कृतज्ञता व्यक्त गर्दछौं।
संकलित सम्पूर्ण सहयोग रकम पारदर्शिताका साथ प्रकाशन गरी छिट्टै नै नेपालका बाढीपीडितहरूसम्म पुर्‍याउने जानकारी गराउँदछौं।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान क्षेत्रीय समन्वय परिषद् सेन्दाई (NRNA SENDAI)

[NRNA SENDAI]ネパール水害被災者支援募金活動終了のお知らせ
海外在住ネパール人協会(NRNA)日本支部、仙台地域委員会が主催した、ネパールの水害被災者支援のための「ネパール水害被災者支援募金」活動が本日無事に終了いたしました。
実施期間と日時
仙台市内の各レストランにて: 8月30日 〜 9月6日
グッチ仙台店(ファーストタワービルディング)前にて: 2026年9月12日(土)および13日(日) 午後1:00 〜 午後5:00
法的許可: 宮城県中央警察署の正式な許可を得て実施いたしました。
感謝のご挨拶
仙台地域にお住まいで、この慈善・人道支援活動に直接足を運んでご寄付いただいたすべての日本人の皆様、ネパール人の兄弟姉妹の皆様、そして各種団体の代表者の皆様に、NRNA仙台委員会より心より感謝申し上げます。
また、この活動を成功させるために昼夜を問わず尽力してくださったすべてのボランティアの皆様、およびご支援・ご協力をいただいたすべての皆様に深く感謝いたします。
集まったすべての支援金につきましては、透明性を確保した上で公開し、速やかにネパールの被災者の皆様のもとへお届けする予定であることをご報告いたします。
海外在住ネパール人協会、日本
仙台地域委員会(NRNA SENDAI)

住所

Sendai

電話番号

+819039538943

アラート

Nrna Sendaiが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

その団体に問い合わせる

Nrna Sendaiにメッセージを送信:

ショートカット

共有する

カテゴリー