RSP Nepal-Japan Update

RSP Nepal-Japan Update सचेत नागरिक, बलियो राष्ट्रको आधार।
ताजा Update को लागि हामिलाई Follow गर्नुहोस! 🙏🔔

06/06/2026

सुदन गुरुङ फेरि गृहमन्त्रालयमा आउदैछन्। कोको खुसि हुनुहुन्छ? 🙏❤️

15/05/2026

नेपालको सिमाना नजिकैका भारतका व्यापारीहरूले नेपाल सरकारले नाकामा कडाइ गरेपछि आफ्नो पसलमा ग्राहकहरू नआएको भन्दै भारतमै नेपाल सरकारवि'रुद्ध नारा'बाजी गरेका छन् र भारत प्रशासनलाई पत्रसमेत बुझाएका छन्।🤯

15/05/2026

नेपालमा अहिले average मा प्रति दिन 8 जनाको मृत्यु सवारी दुर्घटनाबाट भइरहेको छ भने, average मा प्रति दिन 5 जनाको dead body विदेशबाट नेपाल आइरहेको छ। 😢

देशभित्र सडकमा ज्यान गुमाइरहेका छन्, देशबाहिर रोजगारीको खोजीमा ज्यान गुमाइरहेका छन्। आखिर नेपालीको जीवन यति सस्तो किन?

15/05/2026

MP Mahabir Pun says, "यो अनुसन्धान नवप्रवर्तन भन्ने काम त यो पृथ्वीमा मानिसहरू रहुन्जेल हुने कुरा हो। यो १/२ वर्षको कुरा होइन। जबसम्म पृथ्वीमा मानिस हुन्छ, तबसम्म रिसर्च, इनोभेसन, आविष्कार भन्ने कुराहरू मान्छेले गरिरहन्छ। यो मन्त्रालय छुट्ट्याएर कतिले के चाहिँ शंका गरिराखेका छन् भने महावीर पुन आफू मन्त्री हुनलाई बडो चाहिँ ट्रिक खेलिरहेका छन् पनि भनिरहेका छन्। म चाहिँ के चाहन्छु भने सकभर जान्ने मान्छे आओस्, राम्रो मान्छे आओस्। मलाई चाहिँ यो मन्त्री खाने/नखानेसँग मतलब छैन। म मन्त्री खानलाई मरिहत्ते गर्ने मान्छे होइन। सबैले शंका गरिराखेका छन्, अब महावीर पुन मन्त्री हुन्। म मन्त्री भए पनि काम गर्छु, नभए पनि काम गर्छु। म चाहिँ मन्त्रीको लागि यो विज्ञान प्रविधि मन्त्रालय राख्नुपर्छ भनेर मरिहत्ते गरेको होइन। यो शंका गर्ने मान्छेले यो कुरा चाहिँ बुझे हुन्छ।"Routine of Nepal banda

15/05/2026

सरकारले चैत १३ गतेदेखि अहिलेसम्म ३६८ वटा सरकारी कार्यालयहरूमा अनुगमन गर्दा समयमा कार्यालय नआउने, तोकिएको पोसाक नलगाउने लगायतका अनुशा'सनहीन गतिविधि गर्ने ३५७६ जना कर्मचारी कारबाहीमा परेका छन्।

यो केवल नयाँ अवतार होइन,यो आत्मविश्वास, नेतृत्व र परिवर्तनको शक्तिशाली प्रतिबिम्ब हो। 🔥🇳🇵 🇳🇵              RSP Nepal-Japa...
09/05/2026

यो केवल नयाँ अवतार होइन,
यो आत्मविश्वास, नेतृत्व र परिवर्तनको शक्तिशाली प्रतिबिम्ब हो। 🔥🇳🇵 🇳🇵

RSP Nepal-Japan Update

09/05/2026

आजसम्म कुनै दलको झोला नबोको
र PHD अनिबार्य भएको
ब्यक्तिलाई बिश्वबिध्यालयको कुलपति बनाउने बालेन सरकारको निर्णय। RSP Nepal-Japan Update

07/05/2026

MP KP Khanal says, “नेता चढ्ने गाडी चैँ करोडौँको हुने तर देश पाल्ने कृषकले, देश पाल्ने किसानलाई ५,७ लाख पर्ने कृषि एम्बुलेन्स यदि हामीले प्रदान गर्न सकेनौँ भने, हामीले कृषिका ठुला काम ठुला कुरा गरेर के नै पाउँछौँ र त्यसैले यो एउटा practice मोडेलमा जाऊ। अब आउने आर्थिक वर्षमा कुनै एक क्षेत्रमा म सबै क्षेत्रमा भन्दिन, कुनै एक क्षेत्रमा यसको सुरुवात गरौँ।”RSP Nepal-Japan UpdateRoutine of Nepal bandaBalenSudan Gurung

05/05/2026

धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।

हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ ।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।

प्रधानमन्त्री-बालेन्द्र शाह

04/05/2026

RSP Nepal-Japan UpdateRoutine of Nepal banda

住所

Shibuya-ku, Tokyo

ウェブサイト

アラート

RSP Nepal-Japan Updateが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

ショートカット

共有する

カテゴリー