03/06/2026
नेपाली राजदूतावास, क्वालालम्पुरले मलेसियाको पेनाङ्ग शहरमा बस्ने नेपाली श्रमिकहरूलाई लक्षित गरी आगामी मिति २०८३ जेठ २३ र २४ गते तदनुसार ६ र ७ जुन २०२६ मा राहदानी नविकरण तथा वितरण लगायतका अन्य कन्सुलर सेवा सम्बन्धी घुम्ती सेवा संचालन गर्न लागेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
राहदानी नविकरण गर्न चाहने सेवाग्राहीहरुले अनिवार्य रूपमा
१. https://emrtds.nepalpassport.gov.np/ मा अनलाइन आवेदन फारम भर्नुहुन र
२. https://forms.gle/QTowmt2fAj4NSC7r5 गुगल फारममा आफ्नो विवरण दर्ता गर्नुहुन अनुरोध छ ।
राहदानी संकलन गर्न चाहनुहुने सेवाग्राहीहरूले:
१. पहिले आफ्नो राहदानी तयार भएको छ/छैन, यहाँ एकिन गर्नुहोला:
https://my.nepalembassy.gov.np/content/74/notification-of-a-new-passport-april-and-may/
२. यदि तपाईँको नाम सूचीमा उल्लेखित भएमा, तलको फारममा अनिवार्य रूपमा दर्ता गर्नुहोला:
https://forms.gle/QTowmt2fAj4NSC7r5
यदि राहदानी संकलन गर्न चाहनेले गुगल फारम भर्न नसकिएको खण्डमा, +60 12 417 5392 मा WhatsApp गरी आफ्नो पुरानो राहदानी नम्बर र पुरा नाम टिपाउनुहुन अनुरोध छ।
31/05/2026
Commemoration of Wesak Day 2026
29/05/2026
The Embassy of Nepal in Kuala Lumpur marked the 19th Republic Day with a flag-hoisting ceremony at the Ambassador’s residence. On this occasion, the Chargé d’Affaires Ms. Mudita Bajracharya emphasised the importance of Republic Day and reminded Embassy staff of their duty to uphold the spirit of the Constitution of Nepal in their work.
27/05/2026
सूचना:
मिति २०२६ मे सम्म राहदानीका लागि आवेदन दिनु भएका केही सेवाग्राहीहरूको नयाँ राहदानी यस राजदूतावासमा प्राप्त भएको जानकारी गराइन्छ। प्राप्त राहदानीहरूमा अप्रिल महिनामा आवेदन दिनुभएका सबै तथा मे महिनामा आवेदन दिनुभएका केही सेवाग्राहीहरूका राहदानी समावेश छन्।
सेवाग्राहीहरूले कृपया तल प्रकाशित सूचीमा आफ्नो नाम, जिल्ला तथा जन्ममिति रुजु गरी राहदानी बुझ्न राजदूतावासमा उपस्थित हुन अनुरोध गरिन्छ।
राहदानी बुझ्न आउँदा अनिवार्य रूपमा:
* पुरानो राहदानी (Original Passport)
* भुक्तानी रसिद (Payment Receipt)
साथमा ल्याउनुहुन अनुरोध छ।
बाँकी तथा आगामी राहदानीहरू सम्बन्धी जानकारी क्रमशः प्रकाशित गरिनेछ।
थप जानकारीका लागि WhatsApp मार्फत सम्पर्क गर्नुहोस्:
+60 12 417 5392
Notice: New Passports Received (April & May 2026) | Embassy of Malasiya
Notice: New Passports Received The Embassy informs that some passports applied up to May 2026 have been rece