14/02/2026
भोली शिव रात्रिको अवसरमा हाम्रो प्यारो गाउँ मुरली भञ्ज्याङ मा शिवरात्री विशेष कार्यक्रम गर्न लागिरहेको कुरा यही फेसबुक पोस्ट मार्फत सबैलाई जानकारी गराउन चाहन्छौं। शिव धुनी सँगै चियापान कार्यक्रम हुने र शिव मन्दिरलाई रंग रोगन आवश्यक परेको हुनाले सबैलाई जति सकिन्छ त्यति आर्थिक सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं। आयोजक: समस्त मुरली भञ्ज्याङ परिवार
14/08/2025
हाम्रो परम्परागत संस्कृति को संरक्षण संबर्धन को खातिर यो अभियान मार्फत यस पटकको बडादशैँ तथा शुभ दिपावली मा हामीले मुरलीभन्ज्याङ्मा रोटेपिङ निर्माण गर्नको लागि हजुरहरु संग सल्लाह सुझाव र सहयोगको लागि यो ग्रुप सन्चालन गरेको छौँ।"सांस्कृतिक उत्सवहरूले समाजलाइ एकसाथ ल्याउनेछ, एक पटकमा एक ताल।उत्सवको भावनामा नाच्दै, उत्सवलाई अँगाल्दै हामी हाम्रो चाडपर्व लाइ उत्सवको भावनामा जीवित र चम्किलो राख्न यस्ता कार्यहरुमा लागिरहनेछौँ। 🙏🙏