25/06/2025
सवारी चालक तथा सवारी धनिहरु प्रति जरुरी सुचना
“ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं”
25/06/2025
सवारी चालक तथा सवारी धनिहरु प्रति जरुरी सुचना
29/05/2025
चाकल संग १ मिने कार्यक्रम गरिएको
----------------------------------
मिति २०८२।०२।१५ गते लुम्बिनी प्रदेश स्तरीय सचेतनामुलक कार्यक्रम अन्तर्गत यस कार्यालयबाट खटिई गएको टोलिले निम्न स्थानमा मो.सा. चालक तथा सार्वजनिक सवारीका चालक, सह-चालकहरुलाई ट्राफिक नियम जानकारी गराई सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ प्रशिक्षण गरेको
साथै १०० थान पर्चा पम्प्लेट समेत बितरण गरेको ।
15/05/2025
निरीक्षण कार्यक्रम सम्पन्न
-------------------------
आज मिति २०८२।०२।०१ गते तालुक नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख श्रीमान प्रहरी उपरिक्षक मित्र बन्धु शर्मा ज्यू यस जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीमा पाल्नु भई यस कार्यालयका सम्पुर्ण शाखाहरुको निरिक्षण तथा अवलोकन गरी यस कार्यलय तथा मातहत पोष्टहरुमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई अमुल्य निर्देशन, सम्बोधन कार्यक्रम गर्नु भएको
13/03/2025
जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको अनुरोध
07/11/2023
07/11/2023
ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ====================
आज मिति २०८०।०७।२१ गते यस कार्यालय तथा मातहतबाट खटिएको ट्राफिक टोलीले सूभ दिपावली र छठपर्वको सुभकामना दिनुको साथै तिब्र गति जिवन क्षती , सिट क्षमता भन्दा बढी यात्रु राख्दा हुने स.दु , मा.प.से.गरी सवारी चलाउदा हुने अति दुर्घटनाको जोखिम , सवारीमा यात्रा गर्दा ध्यानदिनु पर्ने कुराहरु , सडकमा हिडने र क्रस गर्ने तरिका ईत्यादी बिषयको बारेमा प्रशिक्षण गरिएको ।
05/11/2023
जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाचि
आज मिति २०८०।०७।१९ गते यस कार्यालय तथा मातहत ट्राफिक प्रहरी पोष्ट" फुदबाङ्ग "लुम्बिनी प्रदेश स्तरिय ट्राफिक सचेतना अन्तर्गत मातहत पोष्टबाट बिभिन्न स्थानमा खटिइ गई बाटो प्रयोग कर्ता, चालक तथा सह-चालक, हरुलाई ट्राफिक नियम,सवारी दुर्घटना, सवारी दुर्घटना न्युनिकरण उपायहरुका बिषयमा सचेतना गरिएको ।
25/04/2023
ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न ======================
मिति २०८०।०१।१२ यस कार्यालय तथा मातहत अ.ट्रा.प्र.पोष्टहरु बाट खटिएको ट्राफिक टोलीले यस जिल्लाको बिभिन्न स्थानमा ४ पटकमा १०० जना चालक ,सहचालक,यात्रुहरु र सर्वसाधारणहरुलाई सडकमै जम्मा गरी ट्राफिक नियम, स.दु.बाट बच्ने उपाय, यात्रु बाहक सवारी साधनहरुमा ज्येष्ठ नागरिक , महिला , अपाङगता जस्ता आरक्षण सिटको कार्यान्वयन भएको नभएको,नियमानुसार पाउने सुबिधा हरु यात्रुहरुले पाएको वा नपाएको र निर्धारित भाडा भन्दा बढी लिएको वा नलिएको , चेकजाँच गरी यात्रुहरुको जनगुनासो सम्बोधन , सिट क्षमता भन्दा बढी सवारी वा लोड राखी चलाउँदा हुने दुर्घटनाको जोखीम,मा.प.से.गरि चलाउँदा अति दुर्घटनाको सम्भाबना, हेल्मेट को सही प्रयोग, सवारीमा चढदा र ओर्लदा यात्रुहरुले ध्यान दिनु पर्ने कुराहरु , सार्वजनिक स.सा.मा मास्कको अनिवार्य प्रयोग लगायत अन्य बिबिध बिषयमा प्रशिक्षण गरिएको ।

09/04/2023
ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न ======================
मिति २०७९।१२।२६ गते यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.नी हरि बहादुर के.सी र मातहत अ.ट्रा.प्र.पोष्ट फुदबाङ बाट खटिएको ट्राफिक टोलीले यस जिल्लाको बिभिन्न स्थानमा चालक ,सहचालक,यात्रु र सर्वसाधारण हरुलाई सडकमै जम्मा गरी ट्राफिक नियम, स.दु.बाट बच्ने उपाय, सिट क्षमता भन्दा बढी सवारी वा लोड राखी चलाउँदा हुने दुर्घटनाको जोखीम,लेन अनुशासन,मा.प.से.गरि चलाउँदा अति दुर्घटनाको सम्भाबना, हेल्मेट को सही प्रयोग, सवारीमा चढदा र ओर्लदा यात्रुहरुले ध्यान दिनु पर्ने कुराहरु, तिब्र गति जिबनको क्षति र सार्वजनिक स.सा.मा मास्कको अनिवार्य प्रयोग लगायत अन्य बिबिध बिषयमा प्रशिक्षण गरिएको ।
02/04/2023
ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न ======================
मिति २०७९।१२।१८ गते यस जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची र मातहत अ.ट्रा.प्र.पोष्ट ठाडा र फुदबाङ बाट खटिएको ट्राफिक टोलीले यस जिल्लाको बिभिन्न स्थानमा चालक ,सहचालक,यात्रुहरुलाई सडकमै जम्मा गरी ट्राफिक नियम, स.दु.बाट बच्ने उपाय, सिट क्षमता भन्दा बढी सवारी वा लोड राखी चलाउँदा हुने दुर्घटनाको जोखीम,लेन अनुशासन,मा.प.से.गरि चलाउँदा अति दुर्घटनाको सम्भाबना, हेल्मेट को सही प्रयोग, सवारीमा चढदा र ओर्लदा यात्रुहरुले ध्यान दिनु पर्ने कुराहरु, तिब्र गति जिबनको क्षति र सार्वजनिक स.सा.मा मास्कको अनिवार्य प्रयोग लगायत अन्य बिबिध बिषयमा प्रशिक्षण गरिएको ।
साथै स.न.पा.२ को भक्ती टोलमा पार्किङ तथा ट्राफिक ब्यवस्थापनको लागी सम्बन्धित निकाय सँग छलफल गर्दे ।