District Police Office, Baitadi

Call Website Contact the organization

District Police Office, Baitadi Welcome to District Police Office, Baitadi Official page. For Emergencies, Dial 100 for Police Support.

Phone No.- 095520199, 9858752103
Duty Officer-9858783100
Email: [email protected]
Website:https://sudurpashchim.nepalpolice.gov.np

*****हराएको मोबाइल सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको*****२०८३ कार्तिक २६ गते । मिति २०८३।०७ ।२५ गते ८:१५ बजेको समयमा जि...
12/11/2026

*****हराएको मोबाइल सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको*****
२०८३ कार्तिक २६ गते ।
मिति २०८३।०७ ।२५ गते ८:१५ बजेको समयमा जिल्ला बैतडी दशरथचन्द नगरपालिका वडा नं. ४ गोठलापानी बजारस्थित झुलाघाट,गोठलापनी सडकखण्डमा वान प्लस मोबाईल थान एक प्रहरी चौकी थालिगाडा बैतडीबाट खटिएको गस्तिटोलीले भेटाई आज मिति २०८३।०७।२६ गते १२:०० बजे निज मोबाईल धनि संजय भुललाई बुझाईएको ।

***** सचेतनामूलक कार्यक्रम गरिएको *****समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०७।१२ गते जिल्ला प्रहरी का...
29/10/2026

***** सचेतनामूलक कार्यक्रम गरिएको *****
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०७।१२
गते जिल्ला प्रहरी कार्यालय बैतडी मातहत प्रहरी एकाई प्र.चौ. देहीमाण्डौ,कुस्मौतघाट,सेरा,नागार्जुन र रोडिदेवलले मानव अधिकार,जुवातास रोकथाम, सवारी दुर्घटना न्युनिकरण र चोरी नियन्त्रण तथा कानुनि व्यवस्था सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको ।

*****हराएको समान सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको*****२०८३ कार्तिक ११ गते ।                  मिति २०८३।०७ ।१० गते १८:४...
28/10/2026

*****हराएको समान सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको*****
२०८३ कार्तिक ११ गते ।
मिति २०८३।०७ ।१० गते १८:४० बजेको समयमा जिल्ला बैतडी पाटन नगरपालिका वडा नं. ८ खोड्पे बजारस्थित केशव भट्टको पुजा पसल अगाडी बेबारिसे अवस्थामा रहेको झोला प्रहरी चौकी खोड्पे बैतडीबाट खटिएको गस्तिटोलीले भेटाई स्थानिय र प्रहरी टोलीले रितपुर्वक खोली हेर्दा आईफोन थान-१, सुन जस्तो देखिने औंठी थान-१, सुन जस्तो देखिने कानको रिङ्ग थान-४, र नेपाली नगद रुपैंया १२,३०० रहेको र उक्त समान जि. रुपन्देही तिलोत्तमा न.पा. ३ स्थाई ठेगाना भएकि वर्ष ५५ कि कमला अर्यालको रहेकोले आज मिति २०८३।०७।११ गतेका दिन प्रहरी चौकी खोड्पे बैतडीले निजको आफन्त सन्तोष अवस्थीलाई बुझाएको ।

विजया दशमीको टीका ग्रहण कार्यक्रम सम्पन्नविजया दशमीको पावन अवसरमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिप...
21/10/2026

विजया दशमीको टीका ग्रहण कार्यक्रम सम्पन्न
विजया दशमीको पावन अवसरमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक कुमार रायज्यू बाट यस कार्यालय तथा मातहत कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई टीका तथा जमरा लगाई दसैँको शुभकामना आदानप्रदान गरिएको छ।
नागरिकको सुरक्षा, सेवा र सुख–शान्तिका लागि अहोरात्र कर्तव्यमा खटिने प्रहरी कर्मचारीहरू चाडपर्वका समयमा समेत घरपरिवारबाट टाढा रही जिम्मेवारी निर्वाह गरिरहेका हुन्छन्। यसैलाई मध्यनजर गर्दै आफू कार्यरत कार्यालयमै सहकर्मीहरूसँग आपसी सद्भाव, भाइचारा र पारिवारिक आत्मीयताका साथ दसैँ मनाउँदै उच्च मनोबलका साथ कर्तव्यपालनमा जुट्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई शुभकामना व्यक्त गरिएको छ।
यस अवसरमा जिल्ला प्रहरी कार्यालय तथा मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरू तथा आम नागरिकमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ।
विजया दशमी, २०८३ को हार्दिक मङ्गलमय शुभकामना!

*****२०८३ साल असोज महिनामा यस कार्यालय तथा मातहत समेतबाट सम्पादित काम कारवाही तथा गतिविधिहरूको विवरण*****
19/10/2026

*****२०८३ साल असोज महिनामा यस कार्यालय तथा मातहत समेतबाट सम्पादित काम कारवाही तथा गतिविधिहरूको विवरण*****

***७१ औँ प्रहरी दिवस २०८३ कार्यक्रम सम्पन्न***आज मिति २०८३।०६।३० गते, "विपदमा सारथी, संकटमा छहारी: प्रविधीयुक्त नेपाल प्...
16/10/2026

***७१ औँ प्रहरी दिवस २०८३ कार्यक्रम सम्पन्न***

आज मिति २०८३।०६।३० गते, "विपदमा सारथी, संकटमा छहारी: प्रविधीयुक्त नेपाल प्रहरी" भन्ने मुल नाराका साथ प्रमुख जिल्ला अधिकारी मीना अर्याल ज्यूको प्रमुख आतिथ्यतामा, यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक कुमार रायज्यू, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख ज्यूहरु, पुर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवारका सदस्यहरु, पत्रकार लगायत यस कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थितिमा अमर प्रहरी प्रति श्रद्धाञ्जलि कार्यक्रम, जेष्ठ पूर्व प्रहरी कर्मचारी, अस्थायी प्रहरी पोष्ट सलेना, बैतडीको लागि नि:शुल्क जग्गा प्रदान गर्ने पुर्ण बहादुर चन्द ज्यूलाई कदर-पत्र सहित सम्मान र उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कारद्बारा पुरस्कृत गरी उक्त कार्यक्रम समापन गरिएको............... ।

***रक्तदान कार्यक्रम सम्पन्न***"७१ औ प्रहरी दिवस २०८३" को अवसरमा आज मिति २०८३।०६।२९ गते यस कार्यालयको आयोजना र नेपाल रेड...
15/10/2026

***रक्तदान कार्यक्रम सम्पन्न***
"७१ औ प्रहरी दिवस २०८३" को अवसरमा आज मिति २०८३।०६।२९ गते यस कार्यालयको आयोजना र नेपाल रेडक्रस सोसाइटी बैतडीको प्राविधिक सहयोगमा यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले रगतको अभाव हुन नदिने उदेश्यका साथ रक्तदान गर्नु भएको..........

***सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न***"७१ औ प्रहरी दिवस २०८३" को अवसरमा जिल्ला बैतडी दशरथचन्द नगरपालिका वडा नं. ०...
15/10/2026

***सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न***
"७१ औ प्रहरी दिवस २०८३" को अवसरमा जिल्ला बैतडी दशरथचन्द नगरपालिका वडा नं. ०४ स्थित जगन्नाथ मन्दिर र ऐ. वडा नं. ०८ स्थित त्रिपुरासुन्दरी मन्दिर परिसर वरपर सरसफाई तथा यस कार्यालय परिसरमा बिभिन्न प्रजातीका बोटबिरुवाहरु बृक्षारोपण गरिएको........

सूचना !            सूचना !!             सूचना !!!
14/10/2026

सूचना ! सूचना !! सूचना !!!

***** ७१ औं प्रहरी दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम गरिएको *****आज मिति २०८३।०६।२७ गतेका दिन ७१ औं प्रहरी दिवसको अवसरमा...
13/10/2026

***** ७१ औं प्रहरी दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम गरिएको *****
आज मिति २०८३।०६।२७ गतेका दिन ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बैतडी सामुदायिक शाखा तथा मातहत प्रहरी कार्यालयहरुले आ-आफ्नो कार्यालय परिसर भित्र फलफूल लगायत विभिन्न प्रजातिका बोटबिरुवाहरु वृक्षरोपण गरेको ।

Address

Dpobaitadi_admin@nepalpolice. Gov. Np
Baitadi

Alerts

Be the first to know and let us send you an email when District Police Office, Baitadi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Baitadi:

Shortcuts

Share