19/08/2026
मिति २०८३।०५।०३ गते जिल्ला बाँके बैजनाथ गा.पा.१ स्थित रत्न राजमार्ग अन्तर्गत चिसापानिमा सडक दुर्घटना न्युनिकरण गरी सुरक्षित सडक यात्रा प्रवर्धन गर्ने उद्येश्यले यस जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त आयोजना र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंजको सहकार्यमा उक्त राजमार्गमा संचालन हुने यात्रु वाहक तथा मालवाहक सवारी साधनका २५ जना चालकहरुको लागु पदार्थ सेवन ड्रग टेष्ट किट मार्फत प्राविधिकद्वारा परिक्षण गरिएकोमा जस मध्ये ८ जना सेवन गरेको (positive) देखीएकोमा निज चालकहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको नियन्त्रणमा राखिएको ।