16/09/2026
मतदाता नामावली अद्यावधिक सम्बन्धी जिल्ला निर्वाचन कार्यालय, म्याग्दीको सूचना ।
निर्वाचन आयोगको मिति २०८३/०४/१५ को निर्णय तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम सञ्चालन हुने मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिति 2083/05/15 गतेसम्म सङ्कलन भई सोही मितिसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताहरुको नामावली मिति 2083/06/01 गते निर्वाचन आयोगको वेबसाइट https://www.election.gov.np मा प्रकाशन गरी सबैले हेर्न सक्ने व्यवस्था भएको हुँदा प्रकाशित नामावलीमा मतदाताको नाम र विवरणमा रहेको त्रुटि सच्याउन, कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा भएको भए दोहोरो नाम हटाउन, कसैले झुट्टा विवरणका आधारमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, मृत्यु भएका वा नागरकिता त्याग गरेका मतदाताहरुको नाम नामावलीबाट हटाउन आवश्यक प्रमाणसहित मिति 2083/06/02 देखि 2083/06/12 गतेसम्म अनलाईन https://applyvr.election.gov.np वा जिल्ला निर्वाचन कार्यालय, म्याग्दीमा निवेदन पेश गर्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । अन्य विस्तृत जानकारीको लागि कार्यालयको टेलिफोन नं. 069-520526 मा सपर्क गरी बुझ्न सकिनेछ ।
पुनश्चः यस अवधिमा नियमितरुपमा सञ्चालन हुने मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य समेत भइरहेको व्यहोरा अनुरोध छ ।