GBIA Security Police Office,Bhairahawa

GBIA Security Police Office,Bhairahawa

Share

This is the Official page of GBIA, Security Police Office, Bhairahawa.

Photos from GBIA Security Police Office,Bhairahawa's post 24/03/2026

Aviation Security सम्बन्धी तालिम
********************************************
विमानस्थल सुरक्षालाई थप प्रभावकारी बनाउनका लागि यस गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत ३० जना प्रहरी कर्मचारीहरुलाई, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, भैरहवा रुपन्देही संगको समन्वयमा “Aviation Security” सम्बन्धी तालिम गराइएको ।

Photos from GBIA Security Police Office,Bhairahawa's post 24/03/2026

हतियार ह्याण्डलिङ अभ्यास गरिएको
********************************************
हातहतियार प्रयोगमा निपुणता ल्याउनका लागि यस गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न हातहतियारहरुको बारे प्रशिक्षण दिइयो ।

Photos from GBIA Security Police Office,Bhairahawa's post 09/02/2026

प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित अनुशिक्षण तालिम सम्पन्न
२६ माघ २०८२
*********************************************
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित अनुशिक्षण कार्यक्रम गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, भैरहवा रुपन्देहीमा सम्पन्न भयो । अनुशिक्षण कार्यक्रममा निर्वाचन सुरक्षा परिचय, निर्वाचनमा प्रहरीको भूमिका, सुरक्षा व्यवस्थापन, प्रहरीले सुरक्षा व्यवस्थामा अपनाउनु पर्ने भूमिका वा अवस्था, निर्वाचन कार्यमा सुरक्षा दिनु पर्ने क्षेत्र, निर्वाचनमा आई पर्न सक्ने समस्या, निर्वाचनमा प्रहरीको दायित्व, मतदान केन्द्रको निर्माण गर्दा ध्यान दिनु पर्ने कुराहरू, निर्वाचन आचारसंहिता,२०८२ अन्तर्गत सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षा सम्बद्ध कर्मचारीले पालना गर्नुपर्ने आचरण, निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति २०७७ लगायतका विषयमा यस कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो ।

Photos from GBIA Security Police Office,Bhairahawa's post 02/02/2026

दर्ज्यानी चिन्ह शु-सोभन कार्यक्रम
१९, माघ, २०८२
*********************
तालुक नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको विभिन्न मितिको पत्रादेशानुसार जनपद प्रहरी समुह तर्फ प्रहरी वरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनुभएका प्रहरी कर्मचारीहरुलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राकेश सिंहज्यूले दर्ज्यानी चिन्ह सु-शोभन गर्नुका साथै बधाई तथा आवश्यक निर्देशन दिनुभयो । उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थित रहेको थियो ।

Photos from GBIA Security Police Office,Bhairahawa's post 20/01/2026

२०८२ साल पुस महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित
२०८२ माघ ०४ गते ।
**************************************************
यस गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत प्रहरी सहायक हवल्दार शिवा मगरलाई २०८२ साल पुस महिनाको "उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)” घोषणा गरी यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राकेश सिंह ज्यूबाट प्रशंसा पत्रद्वारा सम्मानित गरिएको ।

Photos from GBIA Security Police Office,Bhairahawa's post 20/01/2026

दर्ज्यानी चिन्ह शु-सोभन कार्यक्रम
०६ माघ, २०८२
*********************
तालुक नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको विभिन्न मितिको पत्रादेशानुसार प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक र प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनुभएका प्रहरी कर्मचारीहरुलाई यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राकेश सिंहज्यूले दर्ज्यानी चिन्ह सु-शोभन गर्नुका साथै बधाई तथा आवश्यक निर्देशन दिनुभयो । उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थित रहेको थियो ।

Photos from GBIA Security Police Office,Bhairahawa's post 12/01/2026

अभिमुखिकरण कार्यक्रम संचालन सम्बन्धमा।
मिति २०८२।०९।२८ गते यस गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत तथा हाजिर हुन आउनु भएका प्रहरी कर्मचारीहरुलाई यस कार्यालयको परिचय,संरचना,कार्यालयको क्षेत्र ,कार्य प्रकृति तथा कर्मचारीले पालना गर्नुपर्ने आचरसंहिता DO and Don'ts को बारेमा यस कार्यालयमा कार्यरत प्रहरी निरिक्षक नेत्र बुढाले प्रशिक्षण गर्नु भएको थियो।

Photos from GBIA Security Police Office,Bhairahawa's post 31/12/2025

२०८२ पुस १६ गते ।
***********************************************************************
नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सवको अवसरमा यस गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा रुपन्देहीबाट बिभिन्न बिधामा सहभागी भएको केही झलकहरु ।

Photos from GBIA Security Police Office,Bhairahawa's post 28/12/2025

२०८२ साल मंसिर महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित
२०८२ पुस १३ गते ।
***********************************************************************
यस गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सन्तोष कुमार चौधरीलाई २०८२ साल मंसिर महिनाको "उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)” घोषणा गरी यस कार्यालयका कार्यालय प्रमख प्रहरी वरिष्ठ उपरीक्षक राकेश सिंह ज्यूबाट प्रशंसा पत्रद्वारा सम्मानित गरिएको ।

Photos from GBIA Security Police Office,Bhairahawa's post 23/11/2025

२०८२ साल असोज र कार्तिक महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित
२०८२ मंसिर ०७ गते ।
*******************

यस गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत प्रहरी जवान भरत कुमार यादवलाई २०८२ साल असोज महिनाको र प्रहरी जवान रविन चौधरीलाई २०८२ साल कार्तिक महिनाको "उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)” घोषणा गरी यस कार्यालयका कार्यालय प्रमख प्रहरी वरिष्ठ उपरीक्षक राकेश सिंह ज्यूबाट प्रशंसा पत्रद्वारा सम्मानित गरिएको ।

Photos from GBIA Security Police Office,Bhairahawa's post 19/11/2025

“Experience Exchange”
०१ मंसिर, २०८२
------------------------------------
प्रहरी कर्मचारी उत्प्रेरणा अभिबृद्धि एवं अनुभव आदानप्रदान (Motivational Tour, Best practices and Experience Sharing)को लागि यस कार्यालयमा कार्यरत पाँच जना प्रहरी कर्मचारीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन भ्रमणको लागि यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राकेश सिंह ज्यूको प्रमुख आतिथ्यतामा एक समारोहको बिच बिदाई गरिएको ।

Photos from GBIA Security Police Office,Bhairahawa's post 09/11/2025

फेरी भेटौला कार्यक्रम सम्पन्न
*******************
२३ कार्तिक, २०८२
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्साल काठमाण्डौंको पत्रादेशानुसार यस कार्यालयबाट मधेस प्रदेश प्रहरी गण, जनकपुरधाम, धनुषा सरुवा हुनु भएका प्रहरी उपरीक्षक माधव प्रसाद बुढाथोकीलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राकेश सिंह ज्यूको प्रमुख आतिथ्यतामा एक समारोहको बिच बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरिएको ।

Want your business to be the top-listed Government Service in Bhairahawa?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Lumbini Porvince, Rupandehi
Bhairahawa