19/04/2026
नेपाल सरकारअन्तर्गत श्री राष्ट्रिय सेवा दलद्वारा वि.सं. २०२२ सालदेखि हालसम्म विभिन्न तालिमहरू सम्पन्न गरी दीक्षान्त भएका सम्पूर्ण क्याडेटहरूको वर्तमान अवस्था, उनीहरूको विभिन्न संघ–संस्था तथा कार्यक्रमहरूमा रहेको सक्रियता, साथै विगतमा सञ्चालन गरिएका गतिविधिहरूको समग्र विवरण संकलन गर्ने उद्देश्यले “NCC Cadet Tracer Study Form - 2083” तयार गरिएको छ।
https://forms.gle/efrrvxooj1oFzNSf9
यो फारम आजको मितिबाट सुरु भई १५ दिनसम्म, अर्थात् मिति २०८३/०१/२९ गतेसम्म खुला रहनेछ। उक्त अवधिभित्र सम्पूर्ण क्याडेटहरूले फारममा मागिएको विवरणहरू यथार्थ र पूर्ण रूपमा भर्नुहुन अनुरोध गर्दछौं।
साथै, आफूले चिनजान भएका अन्य क्याडेटहरूलाई पनि यो फारम भर्न प्रेरित गरिदिनुहुन हार्दिक अनुरोध छ।
तपाईंहरूको सक्रिय सहभागिताको आशा राख्दछौं।
NCC CADET TRACER STUDY-2083
यो “NCC Cadet Tracer Study–2083” सर्वेक्षण NCC तालिम प्राप्त क्याडेटहरूको वर्तमान अवस्था, पेशागत अवस्था, सीप, तथा सामाजिक संलग्नता ....
11/04/2026
मिति २०८२/१२/२८ गते इस्कोन वीरगंजद्वारा आयोजित जगन्नाथ रथ यात्रा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा विभिन्न सुरक्षा निकायका प्रमुख ज्यूहरू ,एनसीसी अल्मुनाई एसोसिएसन नेपाल, मधेश प्रदेशका सहायक निर्देशक रोशन श्राफ तथा पर्सा जिल्ला निर्देशक अशलोक साह को नेतृत्वमा १५ जना क्याडेटहरू को सक्रिय सहभागिता रहेको थियो। उक्त रथ यात्रा गहवामाई को प्राङ्गणबाट भव्य रूपमा निकालिएको थियो।
03/04/2026
मिति २०८२/१२/१९ गते पर्सा जिल्लाको वीरगञ्ज–रक्सौल नाका (मितेरी पुलमा)बृहत् सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रममा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र का अध्यक्ष , नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकज्यूहरू, एनसीसी अल्मुनाई एसोसिएसन नेपाल, मधेश प्रदेशका सहायक निर्देशक , पर्सा जिल्ला निर्देशक तथा १० जना क्याडेटहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
त्यसैगरी, भारतीय एसएसबीका उच्च पदाधिकारीहरूको समेत गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूले सक्रिय रूपमा योगदान दिँदै वातावरण संरक्षण तथा सरसफाइप्रति महत्वपूर्ण सन्देश प्रवाह गरेका छन्।
26/03/2026
मिति २०८२/१२/१२ गते आयोजित वीरगन्ज स्तिथ गहवामाई डोली यात्रामा एनसीसी अल्मुनाई एसोसिएसन नेपाल, मधेश प्रदेशका सहायक निर्देशक रोशन श्राफ तथा पर्सा जिल्ला निर्देशक अशलोक साहको नेतृत्वमा ३५ जना क्याडेटहरू स्वयंसेवकका रूपमा खटिएर अनुशासित र सक्रिय सहभागिता जनाएका छन्।
उक्त कार्यक्रममा पर्सा जिल्लास्थित श्री जंग गणका गणपति लोकेन्द्र कार्की, सस्त्र प्रहरी उपरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी (CDO), नेपाल प्रहरीका उपरीक्षक लगायत एनसीसी अल्मुनाई एसोसिएसन नेपाल बारा तथा पर्सा जिल्लाका प्रतिनिधिहरूको समेत गरिमामय उपस्थिति रहेको थियो।
16/02/2026
On the auspicious occasion of Maha Shivaratri and the 263rd Foundation Day of the Nepali Army, date 2082/11/03 we had the opportunity to serve as volunteers at Pashupatinath Temple, Parsa.
Cadets from the NCC Alumni Association Nepal, Parsa District, assisted in crowd management to ensure the smooth movement of devotees. The program was successfully conducted in coordination with officials from the concerned authorities, as well as directors from Madhesh Province and the respective districts.
The event was completed in a well-organized, dignified, and enthusiastic atmosphere with the participation of around 20 individuals.
25/01/2026
मिति २०८२/१०/१० गते पर्सा जिल्ला, वीरगन्ज महानगरपालिका को विशेष सरसफाइ अभियान अन्तर्गत जथाभावी फोहोर नफालौँ तथा सवारी साधन व्यवस्थित रूपमा प्रयोग गरौँ भन्ने सन्देशका साथ सभ्य नागरिकको पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। लामो समयदेखि अपेक्षित उक्त अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।
एन.सि.सि अल्मुनाई एशोसिएशन नेपाल पर्सा र बारा जिल्लाका कार्यसमितिहरूको समन्वय र नेतृत्वमा सम्पन्न यस कार्यक्रममा वीरगंज महानगरपालिका प्रतिनिधिहरू, जिल्ला प्रशासनका कार्यालय पर्साका पदाधिकारीहरू, नेपाल प्रहरीका अधिकारीहरू साथै छिमेकी जिल्लाबाट सहभागी क्याडेटहरू गरी उल्लेखनीय सहभागिता रहेको थियो।
25/12/2025
मिति २०८२/०९/०९ गते एन.सि.सि. अल्मुनाई एशोसिएसनको वार्षिक उत्सवको अवसरमा पर्सा जिल्लाको सिमाना (नाका) क्षेत्र, वीरगञ्जबाट रक्सौलतर्फ जाने मार्गमा एक सौहार्दपूर्ण वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो।
उक्त कार्यक्रम मधेश प्रदेशका सहायक निर्देशक तथा बारा र पर्सा जिल्लाका निर्देशकज्यूहरूको मार्गदर्शनमा आयोजना गरिएको थियो। कार्यक्रममा वीरगन्ज महानगरपालिका नगर प्रमुखज्यू, पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू, नेपाल प्रहरीका प्रहरी उपनिरीक्षक, विद्यालयका प्रधानाध्यापकज्यूहरू तथा बारा र पर्सा जिल्लाका एन.सि.सि. क्याडेटहरूको उत्साहजनक सहभागिता रहेको थियो।
वृक्षारोपण कार्यक्रममार्फत वार्षिक उत्सवलाई पर्यावरण संरक्षण र सामाजिक उत्तरदायित्वप्रतिको सकारात्मक सन्देशसहित सरल र मर्यादित रूपमा सम्पन्न गरिएको थियो।