20/09/2026
🎉 हार्दिक बधाई तथा शुभकामना! ❤️
आज मिति २०८३ साल असोज ४ गते हाम्रो टफ युथ क्लब (Tuff Youth Club) स्थापना भएको विशेष दिन। यस सुखद अवसरमा हाम्रो क्लबमा आबद्ध सम्पूर्ण सदस्य साथीहरूमा हृदयदेखि नै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। 🎊
क्लब स्थापनादेखि आजसम्म निरन्तर रूपमा समय दिँदै, मेहनत गर्दै र सामाजिक कार्यमा खटिरहनु भएका सम्पूर्ण सदस्य साथीहरूको योगदानप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। तपाईंहरूमा रहेको ऊर्जा, एकता, समर्पण र सेवाभावकै कारण आज हाम्रो टफ युथ क्लब अझ सक्रिय र मजबुत हुँदै अगाडि बढिरहेको छ।
आगामी दिनहरूमा पनि यही एकता, भाइचारा र सेवाभावलाई कायम राख्दै “सेवा नै हाम्रो धर्म हो” भन्ने मूल भावनाका साथ समाजसेवामा निरन्तर अगाडि बढौँ।
टफ युथ क्लबको स्थापना दिवसको अवसरमा सम्पूर्ण सदस्य साथीहरूमा हार्दिक शुभकामना! ❤️🙏
— सरोज आले मगर
अध्यक्ष, टफ युथ क्लब