The Council of Gen Z Rupandehi,Nepal

The Council of Gen Z Rupandehi,Nepal ! !! !!!
“—A Voice Against Corruptions ”
[email protected]

04/10/2026
विज्ञप्ति आगामी स्थानीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई द काउन्सिल अफ जेन जी, रुपन्देहीले हातेमालो गर्नेछ।केन्द्री...
03/10/2026

विज्ञप्ति
आगामी स्थानीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई द काउन्सिल अफ जेन जी, रुपन्देहीले हातेमालो गर्नेछ।
केन्द्रीय चुनावमा जेन जी आन्दोलनका अग्रणी नेता, गृहमन्त्री सुदन गुरुङ पनि यही पार्टीबाट निर्वाचित हुनुभएको हो।
अब हाम्रो गन्तव्य स्पष्ट छ: देश परिवर्तन। त्यही परिवर्तनको यात्रामा हामी आज पूर्ण विश्वासका साथ हातेमालो गर्दैछौं।
युवाको शक्ति बिखरिँदैन, अब एकढिक्का भएर परिवर्तन ल्याउँछ।

30/09/2026

“लेट्स प्ले अ फेयर गेम। भदौ २४ कै अनुसन्धान गर्ने हो भने २३ गतेको पनि गरौँ न। गोली हाने पनि तल्लो खुट्टामा हान्ने हो, त्यति त थाहा होला नि हाम्रा प्रहरीहरूलाई।”

27/09/2026

The Council Of Gen Z Rupandehi को नाम प्रयोग गरी आगामी स्थानीय तहको निर्वाचनमा कुनै व्यक्ति वा समूहले राजनीतिक टिकट माग्ने, व्यक्तिगत स्वार्थ पूरा गर्ने वा संस्थाको प्रतिनिधित्व गरेको दाबी गर्ने कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

हामी स्पष्ट पार्न चाहन्छौँ—The Council Of Gen Z Rupandehi कुनै व्यक्तिको निजी राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम होइन। हामी पद र टिकटको लोभमा छैनौँ। हामी नागरिक स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र जनताको अधिकारमा विश्वास गर्छौँ।

यदि कसैले The Council Of Gen Z Rupandehi को नाम प्रयोग गरी राजनीतिक टिकट मागेको वा संस्थाको प्रतिनिधित्व गरेको दाबी गरेको पाइएमा, त्यस्तो कार्यलाई संस्थाको आधिकारिक धारणा नमान्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछौँ।

साथै, त्यस्तो गतिविधि गर्ने व्यक्तिमाथि प्रचलित कानुन तथा सम्बन्धित दलका नियमअनुसार आवश्यक छानबिन गरी कडा कारबाही गर्न सम्बन्धित ruling party तथा सम्बन्धित निकायसमक्ष अनुरोध गर्दछौँ।

हामी एकै ठाउँमा छौँ।
हामी एकजुट छौँ।
हामी पदका लागि होइन, नागरिक स्वतन्त्रताका लागि उभिएका छौँ। 🇳🇵

“द काउन्सिल अफ जेन–जी, रुपन्देही”मिति: आश्विन ३१ गतेसम्पूर्ण सदस्य तथा सर्वसाधारणको जानकारीका लागि यसद्वारा सूचित गरिन्छ...
26/09/2026

“द काउन्सिल अफ जेन–जी, रुपन्देही”

मिति: आश्विन ३१ गते

सम्पूर्ण सदस्य तथा सर्वसाधारणको जानकारीका लागि यसद्वारा सूचित गरिन्छ कि आगामी आश्विन ३१ गते नयाँ समिति गठन हुने भएको छ। सोही अवसरमा संगठनको नयाँ संयोजक समेत छनोट गरिने भएकाले सरोकारवाला सबैलाई उक्त कार्यक्रममा अनिवार्य उपस्थित हुन विनम्र अनुरोध गरिन्छ।

कार्यक्रमको स्थान र समयबारेको विस्तृत जानकारी यथाशीघ्र जानकारी गराइनेछ।

धन्यवाद।

कार्यवाहक संयोजक
मनोज बि.क.

संविधान दिवसको हार्दिक शुभकामना! हजारौं नेपालीहरूको बलिदान, त्याग, तपस्या र पसिनाले ल्याएको नेपालको संविधान हाम्रो साझा ...
19/09/2026

संविधान दिवसको हार्दिक शुभकामना!

हजारौं नेपालीहरूको बलिदान, त्याग, तपस्या र पसिनाले ल्याएको नेपालको संविधान हाम्रो साझा गौरव हो। यो केवल कानुनी दस्तावेज होइन, समानता, स्वतन्त्रता र न्यायको प्रतिज्ञा हो।

आउनुहोस्, आजको दिन संविधानको मर्म आत्मसात् गरौँ र सुन्दर, समृद्ध नेपाल निर्माणमा सबै मिलेर अघि बढौँ।

The Council Of Gen Z Rupandehi
Rupandehi,Nepal

19/09/2026

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵

संविधान दिवसको पावन अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

संविधानको मर्म, लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय एकता तथा नागरिक अधिकारको सम्मान गर्दै समतामूलक, न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर नेपाल निर्माणका लागि हामी सबै एकजुट भएर अघि बढौँ।

🇳🇵 संविधानको रक्षा, नागरिक अधिकारको सम्मान र राष्ट्र निर्माणमा हाम्रो साझा प्रतिबद्धता।

जय नेपाल! 🇳🇵

The Council of GenZ Rupandehi
लुम्बिनी, नेपाल

📢 महत्त्वपूर्ण सूचनाभोलिको बैठक केवल बैठक होइन—आगामी यात्राको दिशा तय गर्ने अवसर हो।सबै सदस्य तथा प्रतिनिधिहरूको अनिवार्...
17/09/2026

📢 महत्त्वपूर्ण सूचना

भोलिको बैठक केवल बैठक होइन—आगामी यात्राको दिशा तय गर्ने अवसर हो।
सबै सदस्य तथा प्रतिनिधिहरूको अनिवार्य उपस्थिति अपेक्षित छ। 🙏

🗓️ शुक्रबार | दिउँसो २ बजे
📍 गोठालो मार्ट, खस्यौली बजार, ट्राफिक चोक, बुटवल

सक्रिय युवा • साझा जिम्मेवारी • समृद्ध नेपाल 🇳🇵

— द काउन्सिल अफ जेन्जी, रुपन्देही
सम्पर्क नं 9827435512 , 9823497291

🇳🇵 विपत्तिको समयमा देशले बोलाउँदा, हामी पछि हट्दैनौँ। 🇳🇵सुखमा त सबै साथ हुन्छन्,तर विपत्तिको समयमा भुइँदेखि खटिने हातहरू...
16/09/2026

🇳🇵 विपत्तिको समयमा देशले बोलाउँदा, हामी पछि हट्दैनौँ। 🇳🇵
सुखमा त सबै साथ हुन्छन्,
तर विपत्तिको समयमा भुइँदेखि खटिने हातहरू नै असली सहारा हुन्। ❤️ The Council Of Gen-Z Rupandehi, Lumbini Nepalकुनै पद, प्रचार वा देखावटीका लागि होइन—
देश र जनताको दुःखमा साथ दिनका लागि तयार भएको टोली हो।जहाँ विपद् आउँछ,
जहाँ कसैको आँसु झर्छ,
जहाँ पीडितलाई सहयोगको आवश्यकता पर्छ—
त्यहाँ हाम्रो टोली पुग्ने प्रयास गर्नेछ। ✊🇳🇵हामीलाई ठूलो कुरा गर्नुभन्दा
मैदानमा उत्रिएर काम गर्न मन पर्छ।जनताको पीडा हाम्रो पीडा हो,
जनताको आँसु पुछ्नु हाम्रो जिम्मेवारी हो।
आज मात्र होइन,
भोलि पनि, आवश्यक पर्दा जुनसुकै बेला—
देश र जनताको सेवाका लागि हामी भुइँदेखि खटिन तयार छौँ।❤️ The Council Of Gen-Z Rupandehi, Lumbini Nepal
“देशले जहाँ बोलाउँछ, मानवताले जहाँ पुर्‍याउँछ—त्यहाँ हामी पुग्नेछौँ।” 🇳🇵🙏

Address

Lumbini Province
Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when The Council of Gen Z Rupandehi,Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category