कामकाजी समाज सुरक्षा दस्ता/kaamkaji Samaj Surachya Dasta

कामकाजी समाज सुरक्षा दस्ता/kaamkaji Samaj Surachya Dasta

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कामकाजी समाज सुरक्षा दस्ता/kaamkaji Samaj Surachya Dasta, Social service, Chitwan, .

कामकाजी समाज सुरक्षा दस्ता भनेको समाजमा श्रमिक, व्यवसायी, उद्यमी तथा आम नागरिकहरूको सुरक्षा, सहयोग र सचेतना बढाउन गठित संगठन हो। यसको मुख्य उद्देश्य समुदायलाई सुरक्षित, अनुशासित र सशक्त बनाउनु हो।

02/11/2025

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉
कामकाजी समाज नेपालका
वरिष्ठ उपाध्यक्ष सन्ञ्य रिजाल ज्यूलाई
जन्मदिनको यस पावन अवसरमा हार्दिक शुभकामना !
तपाईंको नेतृत्व, समर्पण र प्रेरणाले
हामी सबैलाई सधैं एकतामा बाँधेको छ।
तपाईंको जीवन सदा खुशी, स्वास्थ्य र सफलताका रंगहरूले चम्किरहोस्।

– कामकाजी समाज नेपाल परिवार 💐

10/10/2025

गस्ति गर्दै विविध विषयमा छलफल गर्दै ।







#जये_कामकजि_समाज

08/10/2025

गस्ति गर्दै र•न•पा-५ हुदै खैरहनि १२-१३ तिर कामकाजि समज सुरक्षा दसदस्ता







#जये_कामकजि_समाज

05/10/2025

कामकाजि समाज सुरक्षा दस्ता नाकामा नाकामा कडाईको साथ गस्ति सोधपुछ तथा चेकजाच गर्दै








#जये_कामकजि_समाज

30/09/2025

सूचना एवं शुभकामना सन्देश

बडा दशैंको पावन अवसरमा कामकाजी समाज सुरक्षा दस्ताको तर्फबाट सम्पूर्ण समाजवासीहरूलाई हार्दिक मङ्गलमय शुभकामना ।

समाजलाई सुरक्षित महसुस गराउँदै, हाम्रो कामकाजी समाज रातभरि निरन्तर गस्ती गर्दै समाजको सुरक्षामा तल्लीन छ ।

आज फूलपातीको दिन, राति १२:३५ बजे,
कामकाजी समाजका अध्यक्ष श्री राजेन्द्र नेपाल ज्यु
ले सम्पूर्णमा सन्देश दिनुभएको छ —
“सुरक्षित बसौँ, सुरक्षित महसुस गरौँ।”

यदि कुनै आपतकालीन अवस्था, शंका वा समस्या उत्पन्न भएमा
तुरुन्तै हाम्रो दस्ता सँग सम्पर्क गर्न आग्रह गर्दछौं । सम्पर्क नम्बरहरु:-९८६७२३३४८२, ९८५५०८२२६३

यस वर्ष हाम्रो देशको पछिल्लो अवस्था केही चुनौतीपूर्ण र डरलाग्दो बन्दै गएको सन्दर्भमा,
चोरी, लुटपाट जस्ता घटना वृद्धि भइरहेका छन् ।
त्यसैले कामकाजी समाज सुरक्षा दस्ता
नितान्त सेवाभाव र निःस्वार्थ भावनासहित समाजसेवामा सक्रिय बनेको छ ।

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई
बडा दशैं २०८२ को हार्दिक मङ्गलमय शुभकामना !

सुरक्षित रहौँ, एक-अर्कालाई सुरक्षित महसुस गराऔँ ।

शुभकामना सहित,
कामकाजी समाज सुरक्षा दस्ता
📍खैरहनी–१३






#जये_कामकजि_समाज

30/09/2025

धन्यवाद ज्ञापन

हामी कामकाजी समाज सुरक्षा दस्ताको तर्फबाट
📍खैरहनी–१३, सिमलटाँडी निवासी, हाल वैदेशिक रोजगारीको सिलसिलामा अमेरिका रहनु भएका समाजसेवी, मिलनसार र मेहनती श्री रञ्जित पाण्डे ज्यु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

उहाँको सोइच्छा र सद्भावबाट प्राप्त भएको *रु. ५,००० (पाँच हजार रुपैयाँ)* सहयोगका लागि हामी अत्यन्त आभारी छौं ।

उहाँको यो सहयोग कामकाजी समाज सुरक्षा दस्ताले
आवश्यक सामग्रीहरू खरिद गर्न तथा समाज सेवामै उपयोग गर्नेछ ।

हाम्रो कामकाजी समाज सुरक्षा दस्ता रात्रीकालीन गस्ती सञ्चालन गरी समाजलाई सुरक्षित राख्न निरन्तर सक्रिय छ, र यस्तो सेवाभावपूर्ण कार्यमा उहाँजस्ता सहयोगी मनहरूको साथले हामीलाई अझ प्रेरणा र हौसला प्रदान गर्दछ ।

उहाँ र उहाँको सम्पूर्ण परिवारजनप्रति हार्दिक आभार व्यक्त गर्दै,
बडादशैं २०८२ को शुभ अवसरमा
हामी कामकाजी समाज सुरक्षा दस्ताको तर्फबाट
हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

धन्यवाद !
कामकाजी समाज सुरक्षा दस्ता
📍खैरहनी–१३




#जये_कामकजि_समाज

29/09/2025

धन्यवाद ज्ञापन

हामी कामकाजी समाज सुरक्षा दस्ताको तर्फबाट
📍खैरहनी–१३, हर्नरी, चौरटोल निवासी हाल वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहनु भएका सहयोगि युवाहरू प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

उहाँहरूबाट प्राप्त भएको रु. ६,१०० (छ हजार एक सय रुपैयाँ) सहयोगका लागि हामी अत्यन्त आभारी छौं ।

उहाँहरूले समाजसेवाको यस कार्यमा हामीमाथि देखाउनुभएको विश्वास, साथ र समर्थनका लागि सम्पूर्ण युवाप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।

उहाँहरूको यो सहयोग कामकाजी समाज सुरक्षा दस्ताले
आवश्यक सामग्रीहरू खरिद गर्न तथा रात्रीकालीन गस्ती कार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउन उपयोग गरिनेछ ।

समाजको सुरक्षार्थ अहोरात्र खटिने हाम्रो दस्तालाई यसरी नै भविष्यमा पनि साथ, माया र सहयोग प्रदान गरी हौसला बढाइरहनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं ।

सहयोगी मनहरूका (नामावली):
Raj Chaudhary Tharu – रु. ५००
Cdy – रु. १,०००
@बाबु चौधरी – रु. १,०००
Mahato – रु. २,०००
chudhary – रु. ५००
Das – रु. १,१००
कुल जम्मा रकम: रु. ६,१००/-

धन्यवाद !
कामकाजी समाज सुरक्षा दस्ता
📍खैरहनी–१३




#जये_कामकजि_समाज

27/09/2025

धन्यवाद ज्ञापन🙏

हामी कामकाजी समाज सुरक्षा दस्ताको तर्फबाट समाजसेवी, मिलनसार, मेहनती तथा एन.आर.एन. पोर्चुगलका सदस्य,
खैरहनी–१३, हर्नरी निवासी श्री नारायण पौडेल ज्यु
(जो हाल वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा रहनु भएको छ)
प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

उहाँबाट प्राप्त भएको रु. २,००० (दुई हजार रुपैयाँ) सहयोगका लागि हामी अत्यन्त आभारी छौं ।

उहाँको सो सहयोगलाई कामकाजी समाज सुरक्षा दस्ताले समाज सेवाको कार्यमा र आवश्यक सामग्री खरिदमा उपयोग गर्ने निर्णय गरेको छ ।

समाजको सुरक्षार्थ दिनरात खटिरहेका हाम्रो कामकाजी समाज सुरक्षा दस्ता प्रति देखाउनुभएको विश्वास, सद्भाव र सहयोगको हामी उच्च कदर गर्दछौं ।

आगामी दिनहरूमा पनि यस्तै निरन्तर साथ र सहयोगको अपेक्षा गर्दै, उहाँको वैदेशिक यात्रामा सफलता, उत्तरोत्तर प्रगति र सुस्वास्थ्यको कामना गर्दछौं ।

धन्यवाद !
कामकाजी समाज सुरक्षा दस्ता
📍खैरहनी–१३





#जये_कामकजि_समाज

27/09/2025

धन्यवाद ज्ञापन
हामी कामकाजी समाज सुरक्षा दस्ताको तर्फबाट समाजसेवी, मिलनसार, मेहनती तथा केरा व्यवसायी सङ्गका सदस्य र.न.पा.-५ निवासि श्री जीवन तामाङ ज्यु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ ।
उहाँबाट प्राप्त भएको रु. ३,००० (तीन हजार रुपैयाँ) सहयोगका लागि हामी अत्यन्त आभारी छौँ । उहाँको यो सहयोगबाट कामकाजी समाज सुरक्षा दस्तालाई आवश्यक पर्ने सामाग्रीहरू खरिद गर्न सहज हुनेछ ।
समाजको सुरक्षार्थ दिनरात खटिरहेका हाम्रो कामकाजी समाज सुरक्षा दस्ता प्रति देखाउनुभएको विश्वास, सद्भाव र सहयोगले हामीलाई अझ उत्साहित र जिम्मेवार बनाएको छ ।
उहाँको यो समाजसेवी भावना तथा सहयोगको उच्च कदर गर्दै, आगामी दिनहरूमा पनि यस्तै निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछौं ।
धन्यवाद !
कामकाजी समाज सुरक्षा दस्ता
📍खैरहनी–१३





#जये_कामकजि_समाज

27/09/2025

📢 सूचना
केही दिन यता रात्रीकालीन गस्ती कडाइका साथ सञ्चालन भइरहेको जानकारी गराउँदछौँ।
त्यसक्रममा, कामकाजी समाज सुरक्षा दस्ताका तर्फबाट सबै नागरिकहरूलाई यो सन्देश मार्फत अनुरोध गर्दछौँ —

👉 रातको १० बजेपछि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनुहोस्।
👉 चाडपर्व नजिकिँदै जाँदा लुटपाट, चोरीजस्ता घटना बढ्दै गइरहेकोले सचेत रहनुहोस्।
👉 कृपया १० बजेपछि आफ्नो घरमै परिवारसँगै बस्नु हुन बिनम्र अनुरोध गर्दछौँ।

१० बजेपछि हिँड्ने व्यक्तिहरूको हाम्रो कामकाजी समाज टिमले नियमित रूपमा चेक-जाँच गर्ने छ।
यदि कसैमा संकास्पद गतिविधि पाइएमा सो सम्बन्धमा तत्काल प्रहरी चौकीमा बुझाउने कार्य अघि बढाइनेछ।

🔹 तपाईंको सानो सहयोगले ठूलो जोखिम टार्न सकिन्छ।
🔹 सुरक्षामा सबैको साथ — सुरक्षित समाज हाम्रो पहिचान। 🙏






#जये_कामकजि_समाज

Photos from कामकाजी समाज सुरक्षा दस्ता/kaamkaji Samaj Surachya Dasta's post 27/09/2025

"नाका नाका र ठाउँ ठाउँमा हाम्रा समाजसेवी 'कामकाजी समाज' का साथिहरूले रातभरि यसरी ड्युटी गर्दै, तपाईँहरूको सेवा र सुरक्षामा कटिबद्ध भएर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्।

हामी विश्वास लिन्छौं — तपाईंहरू सबैले उनीहरूको यो महान कार्यको कदर गर्दै १/१ Like र Share गरी हाम्रो कामलाई साथ र समर्थन प्रदान गर्नुहुनेछ।"






#जये_कामकजि_समाज

Want your business to be the top-listed Government Service?

Telephone

Website