17/04/2026
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सेवा इकाई, गन्यापधुरा, डडेल्धुरा
सामाजिक सुरक्षा र व्यक्तिगत घटना
17/04/2026
09/04/2026
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सूचना
वि.सं.2083 साल बैशाख 1 गते देखि 7 गते सम्म देशै भरी व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने कार्य भईरहेको छ। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईंसराई जस्ता व्यक्तिगत घटनाहरु घटना घटेको पैंतीस दिन भित्र आफ्नो स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा गई अनिवार्य रुपमा दर्ता गरौं, गराऔं।
व्यक्तिगत घटना दर्ता किन गर्ने?
• बालबालिकालाई विद्यालय भर्ना गर्न
• सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न
• नागरिकता, राष्ट्रिय परिचयपत्र, राहादानी र नाबालक परिचयपत्रको बनाउन
• बैंकमा खाता खोल्न र
• राज्यबाट प्राप्त हुने अन्य सेवा लिन तथा आफ्नो हक अधिकार सुनिश्चित गर्नको लागि
व्यक्तिगत घटना दर्ता गर्नु गराउनु सबै नागरिकको कर्तव्य हो। व्यक्तिगत घटना घटेको पैंतीस दिन भित्र व्यक्तिगत घटना दर्ता गरि जिम्मेबार नागरिकको परिचय दिऔं।
थप जानकारीका लागि सम्बन्धित वडा कार्यालय तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा सम्पर्क गर्नुहोस्।
आ व २०८२/८३ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम निकासा भई लाभग्रहिकाे खातामा जम्मा भई सकेकोले सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।
गन्यापधुरा गाउँपालिका अन्तर्गत आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम लाभग्राहीको खातामा जम्मा भइसकेको जानकारी गराइन्छ।
25/08/2025
गन्यापधुरा गाउँपालिका अन्तर्गत ५ बटै वडाका सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न बाँकी रहेका लाभग्राहीहरुको विवरण, नवीकरण गर्न बाँकी रहेका सबैलाई नजीकको वडा कार्यालयमा गई राष्ट्रिय परिचयपत्र नम्बर सहित बायोमेट्रिक भेरीफिकेशन गरि नवीकरण गर्न गराउन हुन अनुरोध छ। साथै यस लिस्टमा रहेका तपाँईका सम्पर्कमा रहेका व्यक्तिहरुलाई पनि जानकारी गराईदिन हुन अनुरोध छ ।
बालबालिका, ९० वर्ष भन्दा माथीका जेष्ठ नागारिक र क वर्गका अपाङ्गता भएका व्यक्तीहरुलाई राष्ट्रिय परिचय पत्र नम्बर र वायोमेट्रिक भेरिफिकेशन आवश्यक नरहेको ।
17/07/2025
५ वटै वडाहरूमा मिती २०८२।०४।०१ देखि मिती २०८२।०५।३१ गते सम्म आ व २०८२/०८३ का लागि बायाेमेट्रिक रुजु सहितकाे नविकरण सुरु भएकाे जानकारी गराउदछाै ।
16/07/2025
राष्ट्रिय परिचयपत्रकाे लागि आवेदन संकलन सम्बन्धि सूचना ।
13/07/2025
सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धि अत्यन्त जरुरी सूचना ।
आ व २०८१/८२ को अन्तिम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम निकासा भई लाभग्रहिकाे खातामा जम्मा भई सकेकोले सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ । लाभग्राहिले सम्बन्धित बैंक सँग सम्पर्क गरेर मात्र भत्ता रकम बुझ्न जानुहाेला।
आ व २०८१/८२ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता २०८१/१०/०८ गते निकासा भई सकेकोले सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:00 |
