07/02/2026
डडेल्धुराको अजयमेरु गाउँपालिका भद्रपुर र चिपुर को सिमानामा अवस्थित श्री जगन्नाथ देवताको मन्दिर ।।🙏🕉️🛕⚕️
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ।। श्री जगन्नाथ बाबा ।।, Public Service, Dadeldhura.
07/02/2026
डडेल्धुराको अजयमेरु गाउँपालिका भद्रपुर र चिपुर को सिमानामा अवस्थित श्री जगन्नाथ देवताको मन्दिर ।।🙏🕉️🛕⚕️
29/10/2025
डडेल्धुराको अजयमेरु गा. पा.३ र ४ स्थित प्रसिद्ध श्री जगन्नाथ मेला(खोलेइ जांत) रतेडी २०८२/०७/२१ र दिउसेडी २०८२/०७/२२ गते लाग्ने भएकोले सवैमा हार्दिक आमन्त्रण गरिन्छ ।।🕉️🚩
जय जगन्नाथ बाबा।।?।। जगन्नाथ श्री ।।री।।
07/11/2024
‘खोलेइ जाँत’ का नामले परिचित जगन्नाथ मेला मंसिर ३ गते
✍️ खबर संवाददाता प्रकाशित मिति : कार्तिक १९, २०८१

292Shares




डडेल्धुरा: जगन्नाथ देवताको मन्दिरमा लाग्ने (खोलेइ जाँत) मंसिर ३ गते हुने भएको छ। डडेल्धुराको अजयमेरु गाउँपालिका–३ र ४ मा रहेको प्रसिद्ध धार्मिक स्थल जगन्नाथ देवताको मन्दिरमा खोलेइ जाँत मेला मंसिर ३ गते लाग्ने भएको हो।
जगन्नाथ मन्दिरमा राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। मंसिर २ गते रतेडी र ३ गते दिसेडी हुने जगन्नाथ युवा क्लबका अध्यक्ष तारादत्त भट्टले जानकारी दिए।
गुनपाल, चौडी, चिपुर र मड यी चारवटै गाउँबाट जगन्नाथ मन्दिरमा ‘देउरो’ आएर मेला सुरु हुनेछ। पूजाआजापछि प्रसादका रुपमा ‘तिलाख’ ग्रहण गर्नेको बिहानैदेखि भक्तजनको भिड लाग्छ।
‘खोलेइ जाँत’ को रूपमा मानिने यो मेला हेर्नका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट श्रद्धालुहरु आउने गर्दछन्। साथै संरक्षणका साथ तोकिएका चार किल्लाहरू पूर्वमा राउत कट्टे, पश्चिममा चिपुर न्वाउलो हाटपाट न्वाउलो, उत्तरमा माहर गडो हल्कुडा र दक्षिणमा खिरे चौतारा मणिलेक भित्र कसैले गैरकानुनी काम गरेको वा गराइएको पाइएमा जरिवाना गरिने क्लबका अध्यक्ष भट्टले बताए।
रक्सी बेचेमा १० हजार, रक्सी सेवन गरेको पाइएमा ५ हजार, जुवा तास खेलाएमा १० हजार, गाडीमा रोडमै सामान बेच्नेलाई २ हजार र गाडी मोटरसाइकल पार्किङ स्थलभन्दा अगाडि लिएमा समेत जरिवाना गरिने उनले बताए।