Krishi Samagri Tulsipur

Website

Krishi Samagri Tulsipur Stablished for public services......

16/09/2026

केही सहकारीहरुले बील काटेर पनि मल नउठाएको पाईएको हुँदा समयमै किसानले मल पाउने सुनिश्चितता नहुने देखिएकोले यो सूचनाको मितिले २४ घण्टाभित्र मल उठाई किसानहरुलाई बिक्री वितरण गर्न निर्देशन गरिन्छ, यदि उक्त समयभित्र मल उठाई किसानलाई बिक्री वितरण नगरेको पाईएमा नियमानुसार कारवाही हुने बेहोरा समेत जानकारी गराईन्छ।

16/09/2026

तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिका अन्तर्गतका सहकारीहरुका लागि मिति २०८३/०५/२२ गते देखी युरिया मल बिक्री वितरण हुँदै आएको र मल खरिद गर्ने अन्तिम समय २०८३/०६/०१ गते सम्म रहेकोमा केही सहकारीहरुले हालसम्म पनि उक्त मल खरिद नगरेको हुँदा तोकिएको समयावधिभित्र आ-आफ्नो कोटाको मल खरिद गरि लैजानुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ।

शान्तिनगर गाउँपालिकाबाट तपसिल बमोजिमको युरिया मलको कोटा प्राप्त भएको हुँदा कोटा अनुसारको मल समयमै खरिद गरि लैजानुहुन सम्...
09/09/2026

शान्तिनगर गाउँपालिकाबाट तपसिल बमोजिमको युरिया मलको कोटा प्राप्त भएको हुँदा कोटा अनुसारको मल समयमै खरिद गरि लैजानुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।

बबई गाउँपालिकाबाट तपसिल बमोजिमको मलको कोटा प्राप्त भएको हुँदा समयमै खरिद गरि लैजानुहुन सम्बन्धित सहकारीलाई जानकारी गराईन...
01/09/2026

बबई गाउँपालिकाबाट तपसिल बमोजिमको मलको कोटा प्राप्त भएको हुँदा समयमै खरिद गरि लैजानुहुन सम्बन्धित सहकारीलाई जानकारी गराईन्छ।

01/09/2026

तुलसीपुर, दंगिशरण, शान्तिनगर र बबई गरी चारवटै पालिकाबाट युरिया मलको कोटा प्राप्त भएको र आज कार्यालयमा चाप समेत कम भएको हुँदा सहकारीहरु कार्यालयमा उपस्थित भई मल खरिद गरि लैजान सक्नुहुनेछ।

शान्तिनगर गाउँपालिकाबाट तपसिल बमोजिमको मलको कोटा प्राप्त भएको हुँदा कोटा अनुसारको मल समयमै खरिद गरि लैजानुहुन सम्बन्धित ...
01/09/2026

शान्तिनगर गाउँपालिकाबाट तपसिल बमोजिमको मलको कोटा प्राप्त भएको हुँदा कोटा अनुसारको मल समयमै खरिद गरि लैजानुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।

31/08/2026

धान खेतीमा पोटाश (पोटासियम/Potash) को अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ। यसले बिरुवालाई मजबुत बनाउनुका साथै उत्पादनको गुणस्तर र मात्रा बढाउन मद्दत गर्दछ।

धानमा पोटाशको मुख्य महत्व तथा कार्यहरू यस प्रकार छन्:

* बिरुवा बलियो बनाउने: पोटाशले धानको डाँठलाई मजबुत बनाउँछ, जसले गर्दा हावाहुरी वा पानी पर्दा धानको बोट ढल्न (Lodging) पाउँदैन।
* रोग तथा कीरासँग लड्ने क्षमता बढाउने: यसले धानमा लाग्ने विभिन्न ढुसीजन्य रोगहरू (जस्तै: मरुवा/Blast, शीथ ब्लाइट) र कीराहरूको आक्रमण विरुद्ध प्रतिरोध क्षमता बढाउँछ।
* दाना भर्ने र तौल बढाउने: पोटाशले दानालाई पुष्ट, पोटिलो र चम्किलो बनाउँछ। यसले फोस्रो (फोहोरा) धानको मात्रा घटाएर उत्पादन बढाउँछ।
* सुक्खा र प्रतिकूल मौसम सहन मद्दत गर्ने: पोटाशले बिरुवाभित्र पानीको सन्तुलन मिलाउने (Osmoregulation) काम गर्छ। यसले गर्दा सुक्खा वा खडेरीको समयमा पनि बिरुवाले प्रतिकूल वातावरण सहन सक्छ।
* खाद्य तत्वको ओसारपसार: पातमा बनेको खाना (स्टार्च/सुगर) लाई धानको बाला र दानासम्म पुर्‍याउन पोटाशले मुख्य भूमिका खेल्छ।

प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा:
*धान रोप्ने अन्तिम तयारीको समयमा डि.ए.पी. (DAP) सँगै पोटाशको पहिलो मात्रा (बेसल डोज) दिइन्छ भने बाँकी आधा मात्रा धानको बाला आउने समय (Panicle Initiation stage) भन्दा केही अघि थोप (Top dress) गर्दा बढी फाइदा हुन्छ।

दंगिशरण गाउँपालिकाबाट तपसिल बमोजिमको मलको कोटा प्राप्त भएको हुँदा कोटा अनुसारको मल समयमै खरिद गरि लैजानुहुन सम्बन्धित सब...
31/08/2026

दंगिशरण गाउँपालिकाबाट तपसिल बमोजिमको मलको कोटा प्राप्त भएको हुँदा कोटा अनुसारको मल समयमै खरिद गरि लैजानुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।

तुलसीपुर उपमहानगरपालिकाबाट तपसिल बमोजिमको कोटा प्राप्त भएको हुँदा भोलिदेखिनै बिक्री वितरण हुने बेहोरा सम्बन्धित सबैमा जा...
31/08/2026

तुलसीपुर उपमहानगरपालिकाबाट तपसिल बमोजिमको कोटा प्राप्त भएको हुँदा भोलिदेखिनै बिक्री वितरण हुने बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।

31/08/2026

किसानहरुको लागत सहभागितामा आधारित अनुदानित रासायनिक (युरिया) मल बिक्री बितरणका लागि सम्बन्धित पालिकाहरुमा प्रदेश समितिबाट प्राप्त कोटा पठाईसकेको हुँदा पालिकाहरुबाट सहकारीहरुको लागि बिभाजित कोटा प्राप्त हुनासाथ युरिया मल बिक्री वितरण गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।

Address

Salyan Road, Tulsipur
Dang
N/A

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Krishi Samagri Tulsipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share