Tirth Raj Pant-Official

Tirth Raj Pant-Official Chairman of Nisarga Hospital & Research Center Dedicated to delivering highquality healthcare service

18/09/2026

पञ्चोदय माध्यमिक विद्यालयमा ORS, Heat & First Aid Corner सञ्चालन

धनगढी उपमहानगरपालिका–५ स्थित पञ्चोदय माध्यमिक विद्यालयमा विद्यार्थीको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै निसर्ग अस्पताल र धनगढी उपमहानगरपालिका–५ नम्बर वडा कार्यालयको सहयोगमा ORS, Heat & First Aid Corner सञ्चालनमा आएको छ।

असोज २ गते आयोजित एक कार्यक्रमबीच निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्तले उक्त ORS, Heat & First Aid Corner को औपचारिक उद्घाटन गरेका हुन्।

अत्यधिक गर्मीका कारण हुन सक्ने स्वास्थ्य समस्या, विद्यालयमा हुने सामान्य चोटपटक तथा आकस्मिक अवस्थालाई तत्काल व्यवस्थापन गर्न सहयोग पुर्‍याउने उद्देश्यले उक्त Corner स्थापना गरिएको हो।

उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका–५ का वडा अध्यक्ष गजेन्द्रबहादुर शाही, बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र, डा. राजेन्द्र महर, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

विद्यालयमै प्राथमिक स्वास्थ्य सहायता उपलब्ध भएपछि गर्मीका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य समस्या तथा सामान्य चोटपटकको अवस्थामा विद्यार्थीहरूले तत्काल आवश्यक सहयोग पाउने अपेक्षा गरिएको छ। साथै, यस पहलले विद्यालयमा विद्यार्थीको स्वास्थ्य सुरक्षालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

17/09/2026

२७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८३ सम्पन्न

निसर्ग हस्पिटलको सहयोगमा भदौ २० गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको २७औँ फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

पुरुषतर्फ Elite Youth Club र महिलातर्फ सुर्मादेवी युवा क्लब विजेता बनेका छन्। प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, आयोजक, रेफ्री, स्वयंसेवक तथा उपस्थित सम्पूर्ण दर्शकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

स्थानीय खेलाडीहरूको प्रतिभा प्रस्फुटन र खेल क्षेत्रको विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउँछन्। आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकास र प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने प्रयासमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्दछु।

विजेता तथा उपविजेता सम्पूर्ण टोलीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

16/09/2026

२७औँ निसर्ग महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न!
न्यू युवा सुन्दर शक्ति क्लब, कैलारी गाउँपालिका–४ द्वारा आयोजित फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक कमिटीका अध्यक्ष, आयोजक टोली, कैलारी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षज्यूहरू, सम्पूर्ण खेलाडीहरू, खेलप्रेमी एवं सहयोगीहरूमा हार्दिक धन्यवाद तथा मलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्नुभएकोमा आयोजक क्लबप्रति विशेष आभार व्यक्त गर्दछु।
जय खेलकुद, जय युवा!

10/09/2026

कसैलाई पनि रोग नलागोस्, सबै नागरिक स्वस्थ र निरोगी रहून् भन्ने हाम्रो चाहना हो। स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो धन हो।”
तीर्थराज पन्त
अध्यक्ष
निसर्ग हस्पिटल

08/09/2026

Gen Z केवल एउटा पुस्ता होइन, परिवर्तनको आवाज हो। देश र समाजका लागि आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना छ।
यही दुःखद घडीमा शहीद गौरव जोशीको परिवारप्रति सम्मान र सहानुभूति व्यक्त गर्दै निसर्ग अस्पतालको तर्फबाट रु. ३ लाख ५१ हजार सहयोग प्रदान गरिएको छ।
यो सहयोग कुनै उपकार होइन, एक नेपाली परिवारको पीडामा साथ दिने सानो मानवीय प्रयास मात्र हो। Gen Z को आवाज, साहस र बलिदानलाई सधैं सम्मान गरिरहनेछु।।

तिर्थराज पन्त
अध्यक्ष
निसर्ग हस्पिटल प्रा लि

07/09/2026

सम्झनामा १,३५५ दीप प्रज्वलन

भोटेकोशी बाढी तथा पहिरोको विनाशकारी घटनामा परी अमूल्य जीवन गुमाउनुभएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शत्–शत् नमन।

उहाँहरूको पवित्र स्मृतिमा १,३५५ दीप प्रज्वलन गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ।

यस अपूरणीय क्षतिबाट शोकमा डुब्नुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। यस कठिन घडीमा सम्पूर्ण शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति हाम्रो हार्दिक साथ, सम्मान र ऐक्यबद्धता।

06/09/2026

थारु समुदायको विशेष पर्व अटवारी तथा महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा आयोजित निसर्ग हस्पिटल २७औँ संस्करणको महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८३ को भव्य उद्घाटनमा सहभागी हुन पाउँदा खुसी लागेको छ।
देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था अझै पनि गम्भीर छ। यस्तो कठिन परिस्थितिमा पीडित परिवारहरूको साथमा उभिनु र सकेको सहयोग गर्नु हाम्रो सामाजिक जिम्मेवारी हो। त्यससँगै, समुदायमा स्वास्थ्य, अनुशासन, एकता र सामाजिक सद्भाव कायम राख्न खेलकुदको पनि महत्वपूर्ण भूमिका हुन्छ।
यसै भावनासहित विपद्को पीडामा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै, खेलाडीहरूको उत्साह र खेलकुदको विकासलाई निरन्तरता दिने उद्देश्यले यस प्रतियोगितामा हाम्रो सहभागिता र सहयोग रहेको छ।
सम्पूर्ण खेलाडी, आयोजक, सहयोगी संस्था तथा खेलप्रेमी महानुभावहरूमा हार्दिक शुभकामना एवं प्रतियोगिताको सफलताको कामना।

05/09/2026

थारु समुदायको विशेष पर्व अटवारी तथा महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा निसर्ग हस्पिटल २७औँ संस्करणको महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८३ को भव्य उद्घाटन सम्पन्न भएको छ।

खेलकुदमार्फत स्वास्थ्य, अनुशासन, एकता र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगिताले महिला तथा पुरुष खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सम्पूर्ण खेलाडी, आयोजक, सहयोगी संस्था तथा खेलप्रेमी महानुभावहरूमा हार्दिक शुभकामना।

स्वस्थ समाज, सशक्त खेलाडी र समृद्ध समुदायका लागि खेलकुद।

03/09/2026

धनगढी उपमहानगरपालिका–५ का वडा अध्यक्ष गजेन्द्र शाहीज्यू, सम्पूर्ण वडा सदस्यज्यूहरू तथा यस मानवीय अभियानमा खटिनुभएका सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद तथा सम्मान।

भोटेकोशी बाढी प्रभावित नागरिकका लागि करिब १५ लाख बराबरको राहत सामग्री संकलन गरी सहयोग पुर्‍याउनु अत्यन्तै प्रशंसनीय र मानवीय कार्य हो। यो सेवाभावले धेरै प्रभावित परिवारमा आशा र भरोसा जगाउनेछ। हार्दिक शुभकामना!

Address

Kailali
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Tirth Raj Pant-Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category