Nar Narayan Shah-Manu

Website

Nar Narayan Shah-Manu महामन्त्री - नेपाली कांग्रेस प्रदेश कार्य समिति सुदुर पश्चिम

04/10/2026
म पार्टीको पद नभएर बाँच्न नसक्ने मान्छे होइन । पद मेरो परिचय होइन, मेरो कर्म र निष्ठा मेरो परिचय हो ।पद आउँछन्–जान्छन्, ...
04/10/2026

म पार्टीको पद नभएर बाँच्न नसक्ने मान्छे होइन । पद मेरो परिचय होइन, मेरो कर्म र निष्ठा मेरो परिचय हो ।
पद आउँछन्–जान्छन्, तर यात्रा रोकिँदैन...

जय नेपाल !

हामीले चिन्न नसकेका पात्र !हजुरहरुका बीच ढिलो गरि पुगेको परिचय (माता शैलेश्वरी मन्दिर, सिलगढीसँग सम्बन्धित मैले आफुले गु...
01/10/2026

हामीले चिन्न नसकेका पात्र !

हजुरहरुका बीच ढिलो गरि पुगेको परिचय (माता शैलेश्वरी मन्दिर, सिलगढीसँग सम्बन्धित मैले आफुले गुरु भनी सम्बोधन गर्नेगर्छु) : वहाँ मेरा अभिन्न मित्र, परिस्थितिका कारण निजको बारेमा यसपटक त धेरै कसैलाई भन्न सकिएन तर कैलाली निर्वाचन क्षेत्र नं. १ बाट क्रियाशील सदस्यता लिएर बसाइँसराइका क्रममा धनगढी उपमहानगरपालिका, वडा नं ६ मा आउनुभएका, हामीमध्ये धेरैले अझै पर्याप्त रूपमा चिन्न नसकेका एउटा सम्भावनायुक्त व्यक्तित्व हुनुहुन्छ—तेजशंकर भट्ट ।

नेपाल जेसिजमा रहदा हाम्रा राष्ट्रिय अध्यक्ष भैसकेका कुशल प्रशिक्षक एवं विभिन्न सामाजिक तथा संस्थागत जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसक्नुभएका उहाँले आफ्नो क्षेत्रमा इमान्दारी, सक्रियता र जिम्मेवारीका साथ लामो समयदेखि निरन्तर योगदान दिँदै आउनुभएको छ । तर अस्ति भरखरै सम्पन्न नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत यस निर्वाचन क्षेत्रमा भएको क्षेत्रीय अधिवेशनबाट उहाँ खुला महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन नसक्नु दुःखद् र सोचनीय विषय हो । मेरो आजसम्मको व्यक्तिगत अनुभवले एउटा तीतो यथार्थ देखाएको छ—हामी राजनीतिक अवसर र जिम्मेवारी बाँडफाँड गर्दा कहिलेकाहीँ नातागोता, जात, धर्म, भेग, क्षेत्र र व्यक्तिगत समीकरणलाई प्राथमिकता दिन पुग्छौँ। त्यसक्रममा संगठन र समाजका लागि वास्तवमै आवश्यक, योग्य र योगदान दिएका पात्रहरू ओझेलमा पर्न सक्छन् । यो कसैप्रतिको आरोप होइन; हाम्रो सामूहिक राजनीतिक सोच र संस्कारमाथिको आत्मसमीक्षा हो । आज हामीले कुनै सक्षम पात्रलाई चिन्न नसक्दा एउटा व्यक्ति पछाडि पर्न सक्छ। तर यही प्रवृत्ति निरन्तर दोहोरिँदै गयो भने यसको असर व्यक्तिमा मात्र सीमित रहँदैन—सिंगो संगठन र समाजले त्यसको मूल्य चुकाउनुपर्ने हुन्छ ।

त्यसैले अब समयमै सोचौँ—

हामीले रोज्ने पात्र हाम्रो नजिकको हो कि हाम्रो समाज र संगठनका लागि आवश्यक पात्र हो ?

किनकि नाताभन्दा योग्यता, समीकरणभन्दा योगदान र पहिचानभन्दा इमान्दारीलाई प्राथमिकता दिने राजनीतिक संस्कार निर्माण गर्न सके मात्र हाम्रो संगठन अझ बलियो, सक्षम र भरोसायोग्य बन्न सक्छ ।

जय नेपाल 🇳🇵

महानुभावहरु, 🇦🇹🌳एउटा अधिवेशन सकियो, अब संगठन निर्माणको समय सुरु भयो 🤝भर्खरै सम्पन्न अधिवेशनमा विभिन्न कारणले जिम्मेवारीम...
01/10/2026

महानुभावहरु, 🇦🇹🌳
एउटा अधिवेशन सकियो, अब संगठन निर्माणको समय सुरु भयो 🤝

भर्खरै सम्पन्न अधिवेशनमा विभिन्न कारणले जिम्मेवारीमा आउन छुट्नुभएका, तर पार्टी र संगठनमा काम गर्ने इच्छा, क्षमता र ऊर्जा भएका सबै साथीहरूलाई मेरो आग्रह छ— निराश नहुनुहोस्, निरन्तर काममा लागिरहनुहोस् । कर्ममा विश्वास राख्नेहरुका लागि अझपनि थुप्रै ठाउँ छन् । तपाईंको योगदान र क्षमताअनुसार उपयुक्त जिम्मेवारी र स्थान दिने कुरामा मेरो तर्फबाट कुनै कमी रहने छैन । तर एउटा कुरा अब स्पष्ट हुनुपर्छ— चार वर्षसम्म संगठनमा नदेखिने, अनि महाधिवेशनको बेला मात्र उम्मेदवारी लिएर नेतृत्व खोज्ने प्रवृत्तिले अब निरन्तरता पाउनु हुँदैन । पार्टीमा पद पाउने आधार केवल एउटा अधिवेशनमा देखिएको सक्रियता होइन; चार वर्षको निरन्तरता, संगठनप्रतिको योगदान, कार्यकर्तासँगको सम्बन्ध र जनताबीचको भूमिका पनि हो । आज कसले के गर्‍यो भन्ने कुरा समयले बिर्सिँदैन । नेता र कार्यकर्ताले त्यसको मूल्यांकन फेरि पनि गर्नेछन् । अझ महत्वपूर्ण कुरा—अबको करिब चार महिनाभित्र प्रारम्भ हुने स्थानीय तथा प्रदेश निर्वाचनमा हाल संगठनका प्रमुख पदमा आसिन व्यक्तित्वहरूलाई मेरो तर्फबाट उम्मेदवारीका लागि सिफारिस हुने छैन । यो व्यक्तिगत आग्रह वा पूर्वाग्रह होइन; संगठनमा जिम्मेवारी र निर्वाचनको अवसरबीचको सम्बन्धलाई गम्भीरतापूर्वक हेर्नुपर्ने मेरो स्पष्ट राजनीतिक धारणा हो । त्यसैले आजैदेखि संगठनमा काम गर्नुस् । पदका लागि होइन, पार्टीका लागि। महाधिवेशनका लागि होइन, निरन्तर यात्राका लागि ।
किनकि आगामी निर्वाचनमा उम्मेदवारको संख्या व्यवस्थापन गर्नुभन्दा ठूलो चुनौती योगदान र जिम्मेवारीबीच न्यायपूर्ण सन्तुलन कायम गर्नु हुनेछ । समयले सबैको परीक्षा लिन्छ, संगठनले सबैको योगदान सम्झन्छ, र कार्यकर्ताले अन्ततः त्यसको मूल्यांकन गर्छन् ।

जय नेपाल !

बुढापाका / जिम्मेवार व्यक्तिहरूले भनेका छन्भुलबस / भुलेर पनि नदिनुहोस् : * विश्वासघातीलाई : गुप्त कुरा / रहस्य * कायरलाई...
15/09/2026

बुढापाका / जिम्मेवार व्यक्तिहरूले भनेका छन्
भुलबस / भुलेर पनि नदिनुहोस् :

* विश्वासघातीलाई : गुप्त कुरा / रहस्य
* कायरलाई : नेतृत्व
* दुर्व्यसनीलाई : ऋण / सापटी
* अधर्मीलाई : शरण
* निर्दयीलाई : दयाको भीख
* लोभीलाई : ढुकुटी/सिन्दुकको साँचो
* स्वार्थीलाई : माया / प्रेम
* गरिबलाई : झूटो आशा
* नातागोतालाई : उधारो
* मूर्खलाई : उपदेश
* घमन्डीलाई : सल्लाह
* अल्छीलाई : जिम्मेवारी
* शत्रुलाई : कमजोरी
* धोकेबाजलाई : दोस्रो मौका
* प्रिय व्यक्तिलाई : घृणा / नफरत

Address

Dhangadhi
10900

Alerts

Be the first to know and let us send you an email when Nar Narayan Shah-Manu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share