22/09/2026
सूचना
सम्बन्धित स्थानीय बासिन्दाहरूमा जानकारीका लागि
ज्वालादल गण भरतपुर ब्यारेकबाट सञ्चालन भइरहेको सि.सं. ३१ विलदार ग्रेड–III तालिम अन्तर्गतका शिक्षार्थीहरूको बाहिरी अभ्यास कार्यक्रम सञ्चालन हुने भएकोले सम्बन्धित सबै स्थानीय बासिन्दाहरूमा यो सूचना जारी गरिएको छ।
उक्त बाहिरी अभ्यास कार्यक्रम मिति २०८३/०६/०६ गतेदेखि २०८३/०६/०९ गतेसम्म (४ दिन) लुम्बिनी प्रदेश, दाङ जिल्ला, घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित गिठेपानी इलाका लगायतका क्षेत्रमा सञ्चालन गरिनेछ।
अभ्यासको क्रममा तालिममा सहभागी शिक्षार्थीहरूबाट विभिन्न प्रकारका प्रशिक्षण तथा अभ्यासजन्य गतिविधिहरू सञ्चालन हुन सक्ने भएकाले स्थानीय बासिन्दाहरूले अनावश्यक रूपमा भ्रमित नहुन तथा अभ्यासमा आवश्यक सहयोग र समन्वय गरिदिनुहुन अनुरोध गरिन्छ।
साथै, अभ्यासका क्रममा कुनै असहज अवस्था उत्पन्न भएमा यस वडा प्रहरी कार्यालय घोराही दाङ वा सुरक्षाकर्मीलाई जानकारी गराई सहयोग गरिदिनुहुन अनुरोध छ।