कोष तथा लेखा नियन्त्रक कार्यालय, गोरखा

कोष तथा लेखा नियन्त्रक कार्यालय, गोरखा

Share

जिल्ला स्थित सरकारी खर्च, राजस्व, धरौट

16/07/2021

आ.व. २०७७/०७८ को सम्पुर्ण आर्थिक कारोवार सम्पन्न भएको छ । यस कार्यमा सहयोग गर्नु हुने महालेखा नियन्त्रक कार्यालय काठमाडौ , प्रदेश लेखा नियन्त्रक कार्यालय पोखरा , जिल्ला स्थित सम्पूर्ण संघ, प्रदेश र स्थानिय तहका कार्यालय प्रमुखहरु तथा आर्थिक प्रशासन शाखा प्रमुखहरु , राष्ट्रिय वाणिज्य वैक गोरखा लगायत सरकारी कारोवार गर्ने सम्पुर्ण वैकका साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा को. ले. नि. का. गोरखाको तर्फवाट हार्दिक आभार व्यक्त गर्दछौ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखा ।

आ.व. २०७७ / ७८ को गोरखा जिल्ला स्थित संघिय कार्यालय र प्रदेश कार्यालयहरुको प्रारम्भिक वित्तिय विवरणको अवस्था निम्नानुसार रहेको छ :

सघिंय सरकार तर्फ :
चालु खर्च - ८,०८४,७५९,४४३।४७
चालु खर्च प्रतिशत - ९०.७५ %
पुजिगत खर्च -३,५८१,४५२,३९८।९१
पुजिगत खर्च प्रतिशत - ३४.३४ %
राजश्व आम्दानी - ८५०,४०३,६२२.२३

गण्डकी प्रदेश सरकार तर्फ
चालु खर्च - ५४०,७५०,८५३।९५
चालु खर्च प्रतिशत - ७२.७६ %
पुजिगत खर्च - २,८३३,७३१,९५५।२७
पुजिगत खर्च प्रतिशत - ८८.४६ %
राजश्व आम्दानी - ८३,४४४,०२७.५६०

11/10/2020

सरकारी सेवा वाट निवृत्त भइ निवृत्तिभरण रकम पाइरहनुभएका निवृत्तभरकहरुको लागी महत्वपुर्ण सुचना ।

26/08/2020

श्री स्थानिय तह सवै
गोरखा ।
आ व २०७७।७८ मा संघिय सरकारवाट प्राप्त समानिकरण अनुदानको प्रथम किस्ता रकमको चेक तयार भएको हुदा जति सक्दो छिटो कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखामा सम्पर्क गरी चेक वुझ्नुहुन अनुराेध छ साथै चेक वुझ्नको लागी लेखा प्रमुख , लेखाका अन्य कर्मचारी वा आधिकारीक कर्मचारी मात्र आउनुहुन अनुरोध छ। धन्यवाद ।
कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखा ।
-19

15/07/2020

कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाको तर्फ वाट हार्दिक आभार ।
आ व २०७६/७७ को आर्थिक कारोवारको निकासा र भुक्तानीको कार्य सम्पन्न भइसकेको छ । यस महत्वपुर्ण कार्यमा सहयोग गर्नुहुने महालेखा नियन्त्रक कार्यालय परिवार, गोरखा जिल्ला स्थित सम्पुर्ण सघिंय कार्यालय , प्रदेश कार्यालय , स्थानिय तहहरु साथै सम्पुर्ण कार्यालयका कार्यालय प्रमुख, लेखा समुहका कर्मचारी साथिहरु , राष्ट्रिय वाणिज्य वैक गोरखा शाखाका सम्पुर्ण कर्मचारीहरु ,गोरखा जिल्ला स्थित स्थानिय तहमा सरकारी कारोवार गर्ने सम्पुर्ण वैकका कर्मचारी साथिहरु र यस कार्यालयका सम्पुर्ण कर्मचारी साथिहरुप्रति विशेष आभार प्रकट गर्दछौ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखा ।

17/05/2020

श्री स्थानिय तह सवै गोरखा ।
आ व २०७६।७७ मा गण्डकी प्रदेशवाट प्राप्त समानिकरण अनुदानको अन्तिम तथा चौथो किस्ता रकमको चेक वनिसकेको हुदा जति सक्दो छिटो कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखामा सम्पर्क गरी चेक वुझ्नुहुन अनुराेध छ साथै चेक वुझ्नको लागी सकेसम्म लेखा प्रमुख , लेखाका अन्य कर्मचारी वा आधिकारीक कर्मचारी मात्र आउनुहुन र हालसम्मको खर्चको फाटवारी साथै ल्याउनु हुन अनुरोध छ। धन्यवाद ।
कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखा ।
-19

15/05/2020

श्री सम्पुर्ण कार्यालय गोरखा ।

सघीय सरकार र प्रदेश सरकारको राजश्व स‌कलन गर्नको लागि साविकमा एउटै खाता रहेकाेमा सरकारी काराेवार निर्देशिका २०७६ बमोजिम सघ सरकार र प्रत्येक प्रदेश सरकारकाे लागि छुट्टा छुटै राजश्व खाता खोली सोही खाताहरुमा छुट्टा छुटै राजश्व स‌कलन गर्नुपर्ने व्यवस्था भएकाेले २०७७ जेठ १ गते देखि गण्डकी प्रदेश सरकारको राजश्व स‌कलन गर्नको लागि निम्नानुसार बैक खाताहरुमा राजश्व सकलन गर्ने व्यवस्था गर्नु गराउनु हुन अनुराेध छ ।

निम्न
१ राष्ट्रिय वाणिज्य बैक १००००२०१०१०००४

कोष तथा लेखा नियन्त्रक कार्यालय
गोरखा ।

14/05/2020

सेवा प्रवाह सम्वन्धि कोष तथा लेखा नियन्त्रक कार्यालय गोरकाको महत्वपुर्ण सुचना । यसै अनुसार गर्नु गराउनुहुन अनुराेध छ ।

20/04/2020

सेवा निवृत्त राष्ट्रसेवकहरुको लागी निवृतिभरण व्यवस्थापन कार्यालय काठमाडौ को महत्वपुर्ण सुचना ।
मासिक रुपमा वैक खाता मार्फत भुक्तानी गरिदै आएको निवृत्तभरण २०७७ साल वैशाख महिनामा २०७७ वैशाख १६ गते पश्चचात मात्र वैक खातामा दाखिला गरिने र ६/६ महिनामा गरिने उपस्थिती २०७७ असार मसान्त सम्म गर्न नपर्ने व्यवस्था मिलाइएको हुदा सोहि अनुसार गर्नु हुन अनुरोध छ । साथै निवृतिभरण व्यवस्थापन कार्यालय काठमाडौको सोहि व्यहोराको पत्र यसै साथ सलंग्न गरिएको छ । आफ्नो नजिकका सेवा निवृत्त राष्ट्रसेवकहरुलाइ यसै अनुसार जानकारी गराइ सहयोग गरिदिनुहुन समेत अनुरोध छ ।

17/04/2020

श्री स्थानिय तह सवै गोरखा ।
गण्डकी प्रदेश सरकारवाट प्राप्त समानिकरण अनुदान तेस्रो चौमासिकको निकसाको चेक वनिसकेको हुदा सम्पुर्ण स्थानिय तहहरुले कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखमा सम्पर्क गरि जतिसक्दो छिटो चेक वुझ्नु हुन अनुरोध छ। साथै संघिय सरकार तर्फको निकासा सम्वन्धित स्थानिय तहको खातामा पहिलेनै सोझै वैक ट्रान्सफर गरिसकिएको व्यहोरा जानकारी गराइन्छ । धन्यवाद ।
#कोरोना वाट आफु पनि वचौ अरुलाइ पनि वचा‌औं

13/04/2020

नयाँ बर्ष वि‍.स २०७७ सालको पावन अवसरमा हाम्रा सम्पुर्ण सेवाग्राहि ,सरोकारवाला सशुभचिन्तक ,अग्रज सरहरू, स्वदेशमा तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिवहिनी तथा सम्पुर्ण कर्मचारी साथिहरुमा हार्दिक मंगलमय शुभ कामना व्याक्त गर्दछौ ।
सिङ्गो विश्व समुदाय अहिले कोरोना (COVID-19) को सक्रमणवाट आक्रान्त भइरहेको छ। यस महामारीवाट नेपाल पनि अछुतो रहन सकेको छैन ।यस विषम परिस्थितमा आफु र आफ्नो परिवार नभनि अहोरात्र जनताको सेवा , सुरक्षा र स्वास्थ्य उपचारमा खटिइरहनुभएका कर्मचारी , जनप्रतिनिधि , सुरक्षाकर्मि , सुरक्षा निकायका पदाधिकारी र स्वास्थकर्मि तथा चिकित्सकहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछौ ।
यस महामारीको सामना गर्न सम्पुर्ण जनता सचेत र जागरुक भइ यथास्थानवाट सक्दो सहयोग गर्नुपर्ने देखिन्छ । महामारी पछिको आर्थिक स‌कटको समना गर्न र अर्थव्यवस्थालाइ सामान्य अवस्थामा फर्कउन कर्मचारी वर्गको भुमिका महत्वपुर्ण हुन्छ । नया वर्ष सगै सम्पुर्ण कर्मचारी साथिहरुलाइ नया जोस र जागरका साथ सेवामा फर्कि सार्वजनिक सेवा प्रवाहलाइ थप चुस्त , दुरुस्त , पारदर्शि र सुशासन युक्त तथा भ्रष्टाचार मुक्त वनाउन शक्ति प्राप्त हुनेछ भन्ने शभकामना व्यक्त गर्दछौ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, गोरखा
तथा
सम्पुर्ण को ले नि का परिवार गोरखा ।

09/04/2020

श्री गण्डकी प्रदेश अन्तरगतका कार्यालय गोरखा ।

काेरना भाईरस संक्रमण राेकथाम नियन्त्रण तथा उपचारकाे सहयाेगार्थ गण्डकी प्रदेशको मिति २०७६/१२/१७ काे निर्देशानुसार कर्मचारिहरुकाे देहाय अनुसारकाे रकम तपशिल बमाेजिमकाे बैकं खातामा चेक जम्मा गर्नु गराउनुहुन अनुराेध छ ।
१.प्रमुख सचिव कर्मचारिहरुका लागि शुरु तलव स्केलकाे सात दिनकाे तलव बराबरकाे रकम ।
२. नवाै दशाै एघाराै तहका कर्मचारिहरुका लागि शुरु तलव स्केलकाे पाँच दिनकाे तलव बराबरकाे रकम ।
३. आठाै तह र सोभन्दा मुनिका कर्मचारिहरुका लागि शुरु तलव स्केलकाे तीन दिनकाे तलव बराबरकाे रकम ।
खाताकाे विवरण
१. बैकंकाे नाम र शाखा :- राष्ट्रिय बाणिज्य बैंक, पृथ्वीचोक शाखा
२. खाताकाे नाम नेपालीमा :- काेरना भाइरस संक्रमण राेकथाम नियन्त्रण तथा उपचार काेष
३. खाताकाे नाम अङ्ग्रेजीमा :- CORONA VIRUS CONTROL AND TREATMENT
४. खाता नं. :- ३०२०००१८८३०१ (302000188301)
५. तलबी भरपाईमा उक्त रकम समावेश गरिपठाई सहयोग गर्नुहुनेछ ।

धन्यवाद ।।।।
काेष तथा लेखा नियन्त्रक कार्यालय, गोरखा

Copy from
काेष तथा लेखा नियन्त्रक कार्यालय, तनहु

Photos from कोष तथा लेखा नियन्त्रक कार्यालय, गोरखा's post 07/04/2020

श्री सम्पुर्ण प्रदेश कार्यालय गोरखा ।
सलंग्न पत्र अनुसारको वजेट रोक्का राखिएको व्यहोरा अनुरोध छ ।

Want your business to be the top-listed Government Service in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Gorkha

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00