23/09/2026
आदरणीय नगरवासीहरू,
जल तथा मौसम पूर्वानुमानअनुसार असोज ८ देखि १२ गते सम्म गुल्मी लगायत आसपासका क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। निरन्तर वर्षासँगै बाढी, पहिरोको कारण सडक अवरोध तथा अन्य प्राकृतिक विपद्का घटना हुन सक्ने जोखिम उच्च रहेकाले सम्पूर्ण नगरवासीहरुलाई अत्यन्तै सजग र सतर्क रहन हार्दिक अनुरोध गर्दछौं । विशेष गरी नदी तथा खोलाको तटीय क्षेत्र, पहिरोको जोखिम भएका भिरालो बस्ती र डुबान हुन सक्ने स्थानमा बसोबास गर्ने परिवारहरूले कुनै पनि जोखिमको संकेत देखिनेबित्तिकै ढिलाइ नगरी सुरक्षित स्थानमा जानुहोस्। आपतकालीन अवस्थामा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थासँग तत्काल सम्पर्क र समन्वय गरी विपद् प्रतिकार्यका लागि सहयोग पुर्याउनुहुन अनुरोध छ ।
सतर्कता, सजगता र समयमै गरिएको तयारीले नै सम्भावित विपद् बाट हुने क्षति न्यूनीकरण गर्न सक्छ।
"सजग बनौँ, सुरक्षित रहौँ "।