Hami Yuwa 2.O

Website

Hami Yuwa 2.O Youth For Change

15/09/2026

सुचना! सुचना!! सुचना!!!

12/09/2026
📢 हार्दिक अपिल | रसुवा बाढी–पहिरो राहत तथा सहयोग अभियानरसुवामा आएको बाढी तथा पहिरोका कारण प्रभावित हुनुभएका दाजुभाइ तथा ...
29/08/2026

📢 हार्दिक अपिल | रसुवा बाढी–पहिरो राहत तथा सहयोग अभियान

रसुवामा आएको बाढी तथा पहिरोका कारण प्रभावित हुनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई आर्थिक तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले हामी युवा समूहको पहलमा आवश्यक छलफल तथा सहयोग अभियान अघि बढाउन लागिएको छ।
यस अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन हामी युवाका सम्पूर्ण सदस्यहरू, नागरिक समाज, बुद्धिजीवी, समाजसेवी तथा सहयोगी मन भएका सम्पूर्ण महानुभावहरूलाई तल दिइएको WhatsApp Group मा जोडिन हार्दिक अनुरोध गर्दछौँ।
🤝 सहयोग कसरी गर्ने?
💰 आर्थिक सहयोग
🛍️ आवश्यक राहत सामग्री
💡 सर–सल्लाह तथा सुझाव
🙋‍♂️ स्वयंसेवी सहयोग
आउनुहोस्, विपद्को यो कठिन समयमा रसुवाका प्रभावित नागरिकहरूको साथमा उभिऔँ।
“विपद्मा परेकालाई सहयोग गर्नु नै मानवताको सबैभन्दा ठूलो धर्म हो।” ❤️
📲 WhatsApp Group मा जोडिन तलको QR Code Scan गर्नुहोस्।

#हामीयुवा #रसुवा #बाढीपहिरो #राहतअभियान #मानवीयसेवा #सहयोग #नागरिकसमाज #युवाएकता

हामी युवाको आयोजनामा यही मिति र समयमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण युवा साथीहरू तथा स्थानीयवासीहर...
26/08/2026

हामी युवाको आयोजनामा यही मिति र समयमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण युवा साथीहरू तथा स्थानीयवासीहरूलाई अनिवार्य रूपमा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
स्थान:- रामजानकी कुट्टी स्कुल नजिक

यहि मिति २०८३/०५/०९ गते मङ्गलबार बिहान ७ बजे।वृक्षारोपण कार्यक्रम रहेको छ।सम्पूर्ण गाउवासिलाई सहभागि हुन   हामी युवाको आ...
24/08/2026

यहि मिति २०८३/०५/०९ गते मङ्गलबार बिहान ७ बजे।वृक्षारोपण कार्यक्रम रहेको छ।सम्पूर्ण गाउवासिलाई सहभागि हुन हामी युवाको आग्रह ।

21/08/2026

आफ्नो पेसालाई लजित बनाउने पात्रहरू !

14/08/2026

ये... सुनो!
शहिदनगरको माटोबाट,
युवाको आवाज, जनताको पुकार!
भ्रष्टाचार बन्द गर... अब अति भयो!
​
नेताज्यु! कुर्सीमा बसेर गोजी नभर,
जनताको पसिनाको मूल्य त बुझ!
शहिदनगरको विकास खै कता हरायो?
​छल अनि कपटको खेल अब बन्द गर,
विकासको बजेट सिधै आफ्नै खल्तीमा?
जनता अब चुप बस्दैन, अलि होस गर!
​
चुनाव आउँदा सलाम, जितेपछि बेवास्ता,
गाउँको बाटो खाल्टै-खाल्टा, कुन बाटो हिँड्ने अब?
बजेट आउँछ करोडौँ, काम भने शून्य,
आफ्नालाई मात्र ठेक्का, सर्वसाधारणलाई बनाउने शून्य!
​सिंहदरबारको अधिकार गाउँ-गाउँमा आयो भनेको,
नेताको खल्ती मोटाउने नयाँ दाउ मात्र रैछ!
कमिसनको खेल यहाँ, बजेटको दुरुपयोग,
जनताको करको पैसामा तिम्रो मोज र मोज!
​तर समय बदलिँदै छ, अब युवा जाग्दै छ,
तिम्रो झूटो आश्वासन अब कसैले पत्याउँदैन!
​
नेताज्यु! कुर्सीमा बसेर गोजी नभर,
जनताको पसिनाको मूल्य त बुझ!
शहिदनगरको विकास खै कता हरायो?
​छल अनि कपटको खेल अब बन्द गर,
विकासको बजेट सिधै आफ्नै खल्तीमा?
जनता अब चुप बस्दैन, अलि होस गर!

विद्यालयमा भवन छैन, अस्पतालमा औषधि छैन,
गरिबको चुलो बल्दैन, तर नेताको घर अग्लो बन्दैछ!
टेबुलमुनि घुस, हरेक योजनामा कमिसन,
शहिदनगरको भविष्य बिगार्ने तिम्रो यो कस्तो मिसन?
​सहिदको माटोमाथि राजनीति गरेर,
आफ्नै दुनो सोझ्याउने तिम्रो कस्तो इमान?
अब हिसाब माग्छौँ हामी, हरेक रुपैयाँको,
पावर र पहुँचको फुर्ती नलगाऊ, दिन आउँछ न्यायको!
​
हामीलाई पारदर्शिता चाहियो, सुशासन चाहियो!
शहिदनगरलाई भ्रष्टाचारमुक्त बनाउनै पर्छ!
सत्यको जित हुन्छ, भ्रष्टाचारीको हिसाब हुन्छ!
यो हो युवाको आवाज... शहिदनगरको आवाज!

📢 सम्पूर्ण युवाहरुलाई हार्दिक अपिलहामी युवाको तर्फबाट शहीदनगरका सम्पूर्ण सचेत, जिम्मेवार तथा सामाजिक भावनाले ओतप्रोत युव...
12/08/2026

📢 सम्पूर्ण युवाहरुलाई हार्दिक अपिल

हामी युवाको तर्फबाट शहीदनगरका सम्पूर्ण सचेत, जिम्मेवार तथा सामाजिक भावनाले ओतप्रोत युवाहरुलाई यस महत्वपूर्ण कार्यक्रममा सक्रिय उपस्थितिका लागि हार्दिक अपिल गर्दछौँ।
श्री जनता एकाइ माध्यमिक विद्यालय, यदुकुहामा आयोजना हुन लागेको अभिभावक भेलामा विद्यालय, विद्यार्थी र अभिभावकसँग सम्बन्धित विषयमा छलफल तथा सहकार्य हुने भएकाले युवाहरूको सहभागिता अत्यन्त महत्वपूर्ण छ।
📅 मिति: २०८३/०४/२८ गते, बिहीबार
⏰ समय: बिहान ११:०० बजे
📍 स्थान: श्री जनता एकाइ मा.वि., यदुकुहा
आउनुहोस्, हामी युवा मिलेर शिक्षा, समाज र हाम्रो भविष्यका लागि सकारात्मक भूमिका निर्वाह गरौँ।
“युवाको सहभागिता, समाजको समृद्धि।”
🙏 सम्पूर्ण युवाहरुलाई उपस्थितिका लागि हार्दिक अपिल।
— हामी युवा

Address

Sahidnagar
Janakpur

Alerts

Be the first to know and let us send you an email when Hami Yuwa 2.O posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category