24/04/2026
हार्दिक बधाई
गरीब भूमिहीनको अवस्था बुझेर नेपालको कानुन अनुसार समन्वय गर्न र भूमिहीनको अधिकार प्राप्तिको लागि कानुन बमोजिम आवाज उठाउन माननिय ईन्जिनियर Arvind Sah को सचिवालयमा यो सम्बन्धी समन्वय गर्न महागढीमाई फाउण्डेशन नेपाल, MGF-Nepal को संरक्षक श्री Sunil Kushwaha ज्यूलाई जिम्मेवारी दिइएको छ ।
सबैको साथ, सहयोग र समन्वयको लागि हार्दिक अनुरोध ।
23/04/2026
महागढीमाई फाउण्डेशन नेपाल, MGF-Nepal अध्यक्ष डा. Krishna Kumar Gupta ज्यूलाई जिल्लावासीको #स्वास्थ्य सम्बन्धी समस्याको समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यले मा. ई. Arvind Sah ज्युको सचिवालयमा स्वास्थ्य क्षेत्रका विज्ञको रूपमा जिम्मेवारी प्रदान गरिएको छ।
उहाँले सरकारी तथा निजी अस्पतालहरूसँग सहकार्य गर्दै स्वास्थ्य सेवामा सुधार, व्यवस्थापन सुदृढीकरण तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक समाधान र सुझाव प्रस्तुत गर्नुहुने अपेक्षा गरिएको छ।
उहाँको सफल कार्यकालका लागि सम्पूर्णमा सहयोग र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछौँ।
21/04/2026
महागढीमाई फाउन्डेसन नेपालका पदाधिकारीहरूको तर्फबाट एक असहाय परिवारकी छोरीको विवाह सहयोगार्थ रु १५,२००/- आर्थिक सहयोग प्रदान गरिएको छ।
19/04/2026
#रोजगारको_अवसर
#श्री_महारानी_बचत_तथा_ऋण_सहकारी_संस्था_लि.
#पद :
• शाखा प्रबन्धक – १
• बजार प्रतिनिधि – १
#योग्यता : न्यूनतम प्रवीणता प्रमाणपत्र तह
#उमेर : १८–४० वर्ष
#अन्तिम_मिति : २०८३/०१/१९
#स्थान : महागढीमाई–२, बरियारपुर, बारा
#सम्पर्क : 9804288560
9851142581
17/04/2026
महागढीमाई फाउन्डेसन नेपालका वरिष्ठ सल्लाहकार तथा प्रतिनिधिसभा सदस्य इन्जिनियर Arvind Sah ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
उहाँको सुस्वास्थ्य, दीर्घायु तथा सफल राजनीतिक यात्राको कामना गर्दै देश र समाजप्रतिको योगदान अझ सशक्त हुँदै जाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ। 🙏
10/04/2026
🔔 सुचना ! सुचना !! सुचना !!! 🔔
यसद्वारा सम्पूर्ण अभिभावक तथा सर्वसाधारणमा जानकारी गराइन्छ कि,
यही चैत्र महिनाको अन्तिम शनिवार (२०८२/१२/२८ गते) का दिन
बिहान ०८:०० बजेदेखि दिउँसो ०१:०० बजेसम्म
👨⚕️ वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ
डा. उमेश प्रसाद साह
(MBBS, MD Pediatrics & Fellowship in Neonatology)
ज्यूद्वारा
🩺 निःशुल्क बाल स्वास्थ्य जाँच (Free Child Health Check-up)
💬 बाल स्वास्थ्य सम्बन्धी निःशुल्क परामर्श (Free Consultation)
कार्यक्रम सञ्चालन हुने जानकारी गराइन्छ।
📍 स्थान:
मीनाश्री मेमोरियल पोली क्लिनिक
महागढीमाई नगरपालिका–०२, बरियारपुर बजार
📞 सम्पर्क नं.:
9845158433, 9807250370
👉 आफ्ना बालबालिकाको स्वास्थ्य जाँच गराउन यो सुनौलो अवसरको लाभ लिनुहुन हार्दिक अनुरोध छ।
-
03/04/2026
#बिज्ञापन
जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-१२-२०)
#नेपालप्रहरी
03/04/2026
नगर प्रमुख Upendra Yadav Upan ज्युलाई ध्यानाकर्षण होस्
अहिले SEE परीक्षा चलिरहेको संवेदनशील समयमा गाउँमा पूजा तथा ‘मनोरञ्जन’ को नाममा अत्याधिक साउन्ड बजाउने कार्य भइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
यस प्रकारको गतिविधिले प्रत्यक्ष रूपमा विद्यार्थीहरूको अध्ययन तथा परीक्षा तयारीमा नकारात्मक असर पुर्याइरहेको छ।
विद्यार्थीहरूको भविष्यसँग जोडिएको यस्तो महत्वपूर्ण समयमा ध्वनि प्रदूषण नियन्त्रण गर्नु सबैको जिम्मेवारी हो।
अतः सम्बन्धित आयोजक, स्थानीय सरकार तथा स्थानीय प्रहरीलाई तत्काल आवश्यक पहल गरी शान्त वातावरण सुनिश्चित गर्न हार्दिक अनुरोध गर्दछौँ।
विद्यार्थीको भविष्यभन्दा ठूलो कुनै मनोरञ्जन हुँदैन
02/04/2026
निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न
आज ब्रह्मपुरी–१७ मा महागढीमाई फाउण्डेशन नेपाल, MGF-Nepal को आयोजनामा निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
यस शिविरमा जम्मा २४० जनाको आँखा परीक्षण गरिएको छ। परीक्षणका क्रममा ४५ जनामा मोतियाबिन्दु (Cataract) समस्या पहिचान भएको छ।
उहाँहरूको निःशुल्क शल्यक्रिया (Operation) का लागि भोलि बिहान ९ बजे ब्रह्मपुरी शिव मन्दिरबाट हेतौडा जाने व्यवस्था Rotary Club of Hetauda द्वारा मिलाइएको छ।
🙏 यस मानवीय सेवामा सहयोग गर्ने सम्पूर्ण सहयोगी संस्था, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
👉 “स्वास्थ्य सेवा सबैको पहुँचमा” भन्ने उद्देश्यलाई साकार पार्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्दछौँ।
-
26/03/2026
रास्वपा सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न गर्नुभएको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ!
26/03/2026
#हार्दिक_बधाई_तथा_शुभकामना 💐💐
कोशी प्रदेश लोक सेवा आयोगद्वारा मेडिकल अधिकृत पदमा Aakash Jayswal सिफारिस हुनुभएकोमा हार्दिक बधाई व्यक्त गर्दछौँ।
महागढीमाई–४, बाराको गौरवका रूपमा तपाईंले हासिल गर्नुभएको यो सफलता साँच्चिकै प्रेरणादायी छ।
तपाईंको मेहनत, लगनशीलता र निरन्तर प्रयासको यो उत्कृष्ट परिणाम हो।
25/03/2026
#निःशुल्क_आँखा_शिविर
कलैया –१७, निःशुल्क आँखा शिविर सञ्चालन हुने भएकोले सम्पूर्ण स्थानीयवासीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ।
मिति: २०८२ चैत्र १९गते, बिहीबार
स्थान: ठूलो ब्रह्मपुरी छठिघाट धर्मशाला, कलैया–१७
समय: बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म
👨⚕️ सेवाहरू:
✔️ आँखा जाँच
✔️ मोतियाबिन्दु पहिचान
✔️ निःशुल्क अपरेशन
✔️ औषधि तथा परामर्श
विशेष:
मोतियाबिन्दु भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिनेछ साथै बिरामीलाई आउजाउ, बसोबास तथा खानाको व्यवस्था पनि निःशुल्क हुनेछ।
📞 सम्पर्क:
श्रीभगवान महतो – ९८०७५३७६०७
दिलीप कुशवाहा – ९८६८२३३३७१
राजकुमार कुशवाहा – ९८५५०५३७०८
मिथलेश साह _ ९८०८८८६०९८
🤝 आयोजक: महागढीमाई फाउन्डेसन नेपाल, बारा
👁️