Engineer Kiran Kc

Call

Engineer Kiran Kc देशलाई माया गर्ने एक ईमान्दार युवा ।

बलात्कारका लागि जन्मकैद र बलात्कारपछि हत्या गर्ने अपराधीका लागि मृत्युदण्डसम्मको कडा सजाय हुने व्यवस्था हुनुपर्छ।
22/08/2026

बलात्कारका लागि जन्मकैद र बलात्कारपछि हत्या गर्ने अपराधीका लागि मृत्युदण्डसम्मको कडा सजाय हुने व्यवस्था हुनुपर्छ।

09/08/2026

समस्या त के छ भने,

प्रधानमन्त्रीज्यूले रातिको समयमा र शुक्रबार स्टाटस लेख्नुभयो। चस्मा लगाउनुभयो।
हे भगवान्!

आज एकदम माया गर्ने साथीसँग कुरा गर्दै गर्दा मनमा एउटा विषय सान्दर्भिक उठ्यो अनि स्टाटस हाल्न लागेँ। शुभचिन्तक साथीले राति नहाल्नु, गलत बुझ्छन् रे।

दिनभरि काम र भेटघाटमै बितेको हुन्छ। फुर्सदको समय कहिलेकाहीँ ढिलो हुन्छ। अझ फुर्सद शुक्रबार बेलुका हुन्छ।

मलाई त यति गाह्रो छ भने प्रधानमन्त्रीज्यूलाई कति समय अभाव भएको होला!

बुझाउने पनि कसलाई, बुझ्ने पो कसले।

जे होस्। राति ढिलो भए पनि, “I don’t care” भनेर स्टाटस हालेँ।

ललितपुर महानगरले कल्पनाको स्वर्ग याद दिलायो।
04/08/2026

ललितपुर महानगरले कल्पनाको स्वर्ग याद दिलायो।

13/07/2026

#सार्वजनिक_खरिद_ऐन_दोस्रो_संशोधन_२०८३_का_१७_मुख्यकुरो:

1. Lowest Bid प्रणालीमा परिवर्तन- अब सबैभन्दा कम मूल्य कबोल गर्नेले होइन, औसत बोल अंक (Average Bid) सँग सबैभन्दा नजिक र लागत अनुमानभन्दा बढी नभएको बोलपत्रदाताले ठेक्का पाउने व्यवस्था गरिएको छ।

2. 30% भन्दा बढी Low Bid अस्वीकृत- लागत अनुमानभन्दा 30% भन्दा बढी कम भएको बोलपत्रको मूल्याङ्कन गरिने छैन।

3. लागत अनुमानभन्दा बढी Bid मा वार्ता- लागत अनुमानभन्दा बढी भएको बोलपत्रदातासँग वार्ता गरी कबोल अंक घटाउन सकिने व्यवस्था गरिएको छ।

4. बोलपत्र आह्वान अवधि घटाइयो
* राष्ट्रिय बोलपत्र: ३० → २१ दिन
* पुनः आह्वान: १५ → ७ दिन
* अन्तर्राष्ट्रिय बोलपत्र: ४५ → ३० दिन
* पुनः आह्वान: २१ → १५ दिन

5. Sealed Quotation अवधि- सिलबन्दी दरभाउपत्रको सूचना अवधि १५ दिनबाट ७ दिन कायम गरिएको छ।

6. Norms सार्वजनिक गर्ने व्यवस्था- निर्माण, परामर्श तथा अन्य सेवाका स्वीकृत Norms सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) बाट प्रकाशित गरिने व्यवस्था गरिएको छ।

7. Consultant Performance Security- परामर्शदाताले सम्झौता रकमको ५% कार्यसम्पादन जमानत पेश गर्नुपर्ने व्यवस्था थप गरिएको छ।

8. Government E-Marketplace बाट Direct Purchase- तोकिएको सीमासम्म सरकारी E-Marketplace मार्फत सोझै खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

9. Subcontractor Protection- मुख्य ठेकेदारले भुक्तानी नगरे सार्वजनिक निकायले Performance Security/Retention बाट Subcontractor लाई सिधै भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।

10. Subcontractor Experience Certificate- स्वीकृत Subcontractor लाई अनुभव (Experience) प्रमाणपत्र उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।

11. Variation Approval सरल-
* ५% सम्म: राजपत्रांकित तृतीय श्रेणी(इन्जिनियर) कार्यालय प्रमुखबाट स्वीकृत।
* १०% सम्म: डिई प्रमुखबाट * १५% सम्म सुईबाट स्वीकृत।
* १५% भन्दा माथि पनि: विभागीय प्रमुख (DG) बाट स्वीकृत (अब देखि सचिव वा मन्त्रिपरिषद्को स्वीकृति आवश्यक नपर्ने)।

12. Price Adjustment- १२ महिनाभन्दा कम अवधिका ठेक्कामा पनि युद्ध, महामारी, नाकाबन्दी, Supply Chain अवरोध लगायतका असाधारण परिस्थितिमा मूल्य समायोजन गर्न सकिने व्यवस्था गरिएको छ।

13. Criminal Liability- पेस्की वा सरकारी रकम बदनियतपूर्वक दुरुपयोग गरे ठगी तथा किर्ते अन्तर्गत फौजदारी कारबाही हुने व्यवस्था गरिएको छ।

14. Project Facilitation जिम्मेवारी- जग्गा उपलब्ध गराउने, वन क्षेत्र प्रयोग, विद्युत्, खानेपानी, ढल, दूरसञ्चार तथा पहुँच मार्गको सहजीकरण गर्ने दायित्व सम्बन्धित सरकारी निकायको हुने व्यवस्था गरिएको छ।

15. ढिलाइ गर्ने अधिकारीलाई कारबाही- समयमै निर्णय, स्वीकृति, सहमति वा सहजीकरण नगर्ने अधिकारीमाथि विभागीय कारबाही तथा आवश्यक परे सरकारी अनुदान रोक्का गर्न सकिने व्यवस्था गरिएको छ।

16. Contract Termination Recovery – ठेक्का रद्द हुँदा Performance Security जफत गरी अद्यावधिक लागत अनुमानका आधारमा बाँकी रकम सरकारी बाँकीसरह असुल गरिने व्यवस्था गरिएको छ।

17. अन्य नयाँ व्यवस्था

* समयमै आयोजना सम्पन्न गराउने कर्मचारीलाई Incentive Bonus
* Blacklisting का नयाँ आधार थप
* EPC, Design & Build, Turnkey सम्बन्धी प्राविधिक मार्गदर्शन जारी गर्ने व्यवस्था
* प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत Government Procurement Service Office स्थापना
.

11/07/2026

सरकारलाई सुझाव छ—

ट्राफिक नियम कडा हुनुपर्छ, कानुन सशक्त हुनुपर्छ र जरिवाना पनि प्रभावकारी हुनुपर्छ। तर आर्थिक अवस्था कमजोर भएर जरिवाना तिर्न नसक्ने व्यक्तिलाई वैकल्पिक सजायको व्यवस्था गर्न सकिन्छ।

उनीहरूलाई ट्राफिक व्यवस्थापनमा सहयोग, सार्वजनिक सम्पत्ति सरसफाइ, सडक अनुशासनसम्बन्धी जनचेतना अभियान वा अन्य सामुदायिक सेवामा खटाउन सकिन्छ।

पैसा हुनेले नगद जरिवाना तिरोस्, पैसा नहुनेले श्रम र सेवामार्फत आफ्नो दायित्व पूरा गरोस्। होटलमा खाएर पैसा नपुगे भाँडा माझ्नुपर्छ भनेजस्तै, नियम उल्लङ्घन गरेपछि कुनै न कुनै रूपमा जिम्मेवारी वहन गर्नैपर्छ।

29/05/2026
28/05/2026
हतार गर्नुहोस्, समय नजिकिँदैछ।अहिले नै आवेदन दिनुहोस्।आफ्नो छोरा र छोरीलाई पनि शेयर गर्नुहोस्।https://forms.gle/FUCM1PZJ...
21/05/2026

हतार गर्नुहोस्, समय नजिकिँदैछ।
अहिले नै आवेदन दिनुहोस्।
आफ्नो छोरा र छोरीलाई पनि शेयर गर्नुहोस्।

https://forms.gle/FUCM1PZJKDpGxBjG6

20/05/2026

Corruption in front of my own eyes . Wow

Address

Balaju Machhapokhari
Kathmandu

Telephone

+9779848848683

Website

Alerts

Be the first to know and let us send you an email when Engineer Kiran Kc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share