25/04/2026
रास्वपा सांसद विश्वराज पोखरेललाई स्कुलको हेडसरले स्वागत गर्न नआएको भन्दै बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ भने धेरैले उनको वि'रोध गरिरहेका छन्। उक्त भिडियोमा उनले भन्छन्, "तपाईंले म आउँदैछु भन्दा निस्किनु पर्छ! तपाईं कर्मचारी हो, म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ। एउटा जिल्लाको एउटा माननीय आउँदा हेड मास्टर भित्र चुप लागेर बस्ने?"
Service is a duty, not a display of ego. 🙏🏻
***n
24/04/2026
टिठ् लाग्दो घटना मानवता हराएको !
आज ३:३० तिर स्कुटर चलाएर ५ वर्षको नानी राखेर बनेपा तर्फ जाँदै थिए ।
जडिबुटीमा रेडलाईट बल्यो ३ मिनेट बस्नुपर्यो ।
मेरो स्कुटरसंगै एउटा प्राईभेट गाडी
लक्झरियस टाईपको गाडी थियो
गाडीमा रहेछ २ वटा कुकुर अगाडी एक पछाडी एक ।
गाडीको झ्यालहरु खुल्ला थियो ।
पछाडीपट्टीको कुकुर एक्कासी भुग्यो
मेरो नानी डराएर आत्तिए अनि मैले थमथमाए तर मेरो थमथमाईमा उसको विश्वास भएन नानी काम्न थाल्यो ।
मैले गाडी वाला दाईलाई
"दाई मेरो नानी डरायो एकछिन झ्याल बन्द गर्नुन "भने
उहाँ बोल्नु भएन नसुने झै गरे ।
तिन चार पटक त्यसै भने सुनेन
त्यतिबेला सम्म रातो बत्ति ८० सेकेन्ट भएको थियो
मैले अलि जोड स्वर निकालेर
"दाई झ्याल बन्द गर्नुन मेरो नानी सारै डरायो लु न"
भनेको दाईको जवाफ आयो मेरो कुकुरलाई गर्मि भएको छ ।
"1 मिनेट जति त हो नि दाइ एकछिन एसी खोल्नु न मेरो नानी अत्ति डरायो के उसमा मानासिक असर पर्न सक्छ "
फेरी उनले दोहोर्यायो "एसिले भ्याएन"
मैले भने " अब जम्मा ५० सेकेन्ड त बाँकि छ दाई प्लिज बन्द गरिदिनुन म अगाडी पछाडी जान पनि ठाऊँ छैन " भने
उनले भने "धेरै नकराउनुस है मेरो कुकुरलाई गर्मि भईरहेको छ" छेउमा बसेर सानो चाँही कुकुर काखमा राखेको महिलाले पनि चुपचाप मेरो बच्चा काँपिरहेको हेरिरहे तर झ्याल बन्द गरेन त्यसपछि हरियो बत्ती बल्यो मानिसमा मानवता ( सेन्स अफ ह्युमानिटी ) भन्ने चिज हराएपछि करोडको होईन अरबकै गाडी भएनी के नै अकुत सम्पति भएनि के नै हुँदो रहेछ र ?
उनकै पछाडी जडिबुटी पेट्रोलपम्पसम्म गए मनमनै मेरो बच्चाको त्यो चिच्याहटमा पनि तँ यसो गर्छस् भन्दै भुतभुताउँदै हिँडे ।
- साभार Bhakta Kumari Lama Sandip Rai
B***n
24/04/2026
रविको छाती,बालेनको चमेली,मनिषको छलफल भकै छैन,बस्ती पस्ने तरखरका डोजर,अर्कोको युवाले रोजगारी दिने कुरा अनेक तरक्की देखियो।क्रुर र क्रोनिक नबनाउ।सिधा कुरा म मेरो सरकारसँग -पहिला सुकुम्वासी र हुकुमबासी तथ्यमा पुष्टि गर ।अनि सुकम्बासीको ब्यबस्था गर, हुकुमबासीलाई बिदा गर।कथा समाप्त! Gokul Baskota! 😝
23/04/2026
प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि प्रहरीले बिहीबार साँझ सुकुमवासी बस्तीमा माइकिङ गर्दै शनिबार बिहान ६ बजेबाट खाली गरिने जानकारी गराएको छ । सरकारले गर्न लागेको यो कदमबाट बस्तीका मानिसहरू त्रसित छन् ।
के भन्छन् सुकुमवासी बस्तीका स्थानीय ?
21/04/2026
यी मान्छेकी श्रीमती जुनूले आफ्नै क्षमतामा जागिर खाएकी रहिछिन्। विदेश गएकाले बिदा बसेकी रहिछिन्। फर्केपछि मन्त्री निशा मेहताले हाजिर गर्न दिइछिन्। तर यिनको जागिर स्पष्टीकरणसमेत नसोधेर खाइयो।
अहिलेको घटना यत्तिको सामान्य हैन। तर सेनाको मान्छेलाई वालेन्द्र शाह र रवि लामिछानेले नसक्ने रहेछन्।
रविमाथि वालेन्द्र, वालेन्द्रमाथि सुधन, सुधनमाथि सेना रहेछ।
सेनामाथि पशुपतिनाथ,
पशुपतिनाथमाथि गजुरमा बसेको छ बाँदर😉 ***nshah
21/04/2026
संविधान revise गरौँ :
कार्यपालिका = काम गर्ने
व्यवस्थापिका = कानुन बनाउने
पत्रकारिता = फैसला सुनाउने
20/04/2026
निलम्बन गरेर सम्पत्ति छानबीन गरियोस ।