14/12/2025
हार्दिक बधाई एवं शुभकामना💐
'लुम्बिनी लायन्स' नेपाल प्रिमियर लिग (NPL) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उपाधि जित्न सफल भएकोमा मारवाडी सेवा समिति नेपाल तथा सम्पूर्ण मारवाडी समाजको तर्फबाट सम्पूर्ण खेलाडीहरु, प्रशिक्षक, टिम व्यवस्थापकमा हार्दिक बधाई ज्ञापन गर्दै लुम्बिनी लायन्सको उत्तरोत्तर प्रगतिका लागि मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
धर्मेन्द्र अग्रवाल
महासचिव
मारवाडी सेवा समिति नेपाल
07/12/2025
हार्दिक बधाई एवं शुभकामना💐
मारवाडी समाज की सुश्री त्रिशा अग्रवालज्यू (सुपुत्री: श्री नरेश अग्रवाल - श्रीमती सोनिया अग्रवाल, भतिजी: श्री गोविन्दलाल अग्रवाल-अमृतभोग) २३ वर्षको उमेरमा नै मधेशी कोटा तर्फ लोक सेवा आयोगबाट नेपाल परराष्ट्र सेवा, रा.प. तृतीय श्रेणी शाखा अधिकृतमा एक नम्बरमा नाम निकाल्न सफल हुनु भएकोमा मारवाडी सेवा समिति नेपालको तर्फबाट हार्दिक बधाई एवं उत्तरोत्तर प्रगतिका लागि मंगलमय कामना गर्दछौँ।
नेपाल सरकार परराष्ट्र सेवाको अधिकृत स्तरमा यहाँले प्राप्त गर्नु भएको सफलताबाट सम्पूर्ण मारवाडी समाज गौरवान्वित भएको छ।
धर्मेन्द्र अग्रवाल
महासचिव
मारवाडी सेवा समिति नेपाल
18/10/2025
हार्दिक बधाई एवं शुभकामना
नेपालले एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा विजयी भई आईसीसी ट्वान्टी–२० विश्वकपमा प्रवेश गर्न सफल भएको ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा सम्पूर्ण खेलाडीहरू, प्रशिक्षक, तथा टिम व्यवस्थापनलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी विश्वकपका लागि मंगलमय शुभकामना व्यक्त गर्दछौं।
ओमानमा सम्पन्न प्रतियोगितामा अपराजित रही सुपर सिक्स चरणको अन्तिम खेलमा पनी नेपालले सामोआलाई १ सय २४ रनले पराजित गर्दै प्रयोगीताको उपाधि हात पारेको छ। यो जित नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) अन्तर्गत प्राप्त गरेको सबैभन्दा ठूलो उपाधि हो, जसले सम्पूर्ण नेपालीको गर्व बढाएकोले पुनः हार्दिक बधाई।
धर्मेन्द्र अग्रवाल
महासचिव
मारवाडी सेवा समिति नेपाल
15/10/2025
आदरणीय महानुभावहरू,
🙏सादर आग्रह🙏
यही भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा ७६ जना युवा भाइ–बहिनीहरुको अकल्पनीय दुखद निधन भएको र सयौँको संख्यामा घाइते भएकोमा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निधन भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ।
यस दुःखद एवं शोकको बेलामा सम्पूर्ण मारवाडी समाज शोकमा रहेको हुँदा आउँदो तिहार (दिपावली) पर्वलाई हामी सबैले सादगीपूर्ण रुपमा मनाउन काठमाडौंका मारवाडी समाजका निम्न संस्थाहरुको तर्फबाट समाजलाई आग्रह गर्ने निर्णय गरेका छौँ।
साथै नजिकै रहेको तिहार (दिपावली) पर्वमा झिलिमिली विद्युतीय सजावट, भड्कीला फुल, बेलुन सजावट, पटका पड्काउने कार्य नगरी हाम्रो धर्म, संस्कृति परम्परा अनुसार दिप प्रज्वलित गरी माता महालक्ष्मीको पूजा पाठ गरी हर्ष उल्लासका साथ मनाउन हुन सबैमा सादर आग्रह गर्दछौँ।
शुभ दिपावली एवं छठ पर्व २०८२ को पावन अवसरमा यहाँहरु सबैमा सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामनाका साथै माता लक्ष्मीको आशिर्वाद सधैँ प्राप्त भइरहोस् भनी मंगल कामना गर्दछौँ ।
मारवाडी सेव समिति नेपाल
अग्रवाल सेवा केन्द्र
नेपाल जैन परिषद
माहेश्वरी समाज काठमाडौं
नेपाल मारवाडी ब्राहमण सेवा संघ
मारवाडी महिला मंच काठमाडौं
मारवाडी युवा मंच काठमाडौं
03/09/2025
हार्दिक बधाई एवं शुभकामना💐
मारवाडी सेवा समिति नेपाल अन्तर्गतको मारवाडी युवा मंच काठमाडौंका अध्यक्ष श्री प्रकाश कुमार केजरीवालज्यू GLOBAL ALLIANCE OF RAJASTHANI COMMUNITIES INC.(GARC)को गरिमामय अन्तर्राष्ट्रिय उपाध्यक्ष (Youth Initiatives) पदमा मनोनित हुनु भएकोमा मारवाडी सेवा समिति नेपालको तर्फबाट हार्दिक बधाई एवं कार्यकालको पूर्ण सफलताका लागि मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
धर्मेन्द्र अग्रवाल
महासचिव
मारवाडी सेवा समिति नेपाल
14/08/2025
हार्दिक बधाई एवं शुभकामना💐
अनलाइनखबरले देशभरीबाट छनोट गरेका ४० वर्षमुनिका ४० युवाहरूमा रुपन्देहीको इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर उद्योगका संचालक मारवाडी समाजका सदस्य श्री अभिरत अग्रवालज्यू र विश्वभर कम्प्युटर कोडिङको शिक्षा दिइरहेको ‘प्रोग्रामिज डटकम’ का संचालक श्री पुनित जाजोदियाज्यू ४० जना भित्र पर्न सफल हुनु भई ४० वर्ष मुनिका युवा उद्यमीको रुपमा अन्तराष्ट्रिय युवा दिवस को अवसरमा काठमाडौंमा आयोजित एक समारोहका बीच सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट ४० वर्षमुनिका युवा अवार्ड ग्रहण गर्नु भई सम्मानित हुनुभएकोमा मारवाडी सेवा समिति नेपालको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै यहाँहरुको उत्तरोत्तर प्रगतिका लागि मंलगमय शुभकामना व्यक्त गर्दछौँ।
धर्मेन्द्र अग्रवाल
महासचिव
मारवाडी सेवा समिति नेपाल
13/08/2025
आदरणीय महानुभावहरु
केही दिनयता सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतमा ‘नेप्से एआई’ नामको एप डाउनलोड गराउन प्रेरित गर्ने भ्रामक सूचना तथा विज्ञापनहरू आइरहेको र फर्जी एपमार्फत सेयर बजारको विश्लेषण गरी ‘अत्यधिक नाफा’ दिने भनी झुक्याएर ठगी गर्ने गिरोह सक्रिय रहेकाले सजग रहन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जारी गरेको उरोक्त अनुसारको प्रेस विज्ञप्ती यहाँहरुको जानकारीका लागि प्रेषित गरेका छौँ।
धर्मेन्द्र अग्रवाल
महासचिव
मारवाडी सेवा समिति नेपाल
03/08/2025
हार्दिक बधाई एवं शुभकामना💐
तपाईं श्री निखिल बंकाज्यू (सुपुत्रः श्री राजकुमार बंका) सौर्य ऊर्जा उत्पादक संघ नेपाल (SOPPAN) को गरिमामय उपाध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएकोमा मारवाडी सेवा समिति नेपालको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै यहाँको सफल कार्यकालका लागि मंगलमय शुभकामना व्यक्त गर्दछौं।
धर्मेन्द्र अग्रवाल
महासचिव
मारवाडी सेवा समिति नेपाल
30/07/2025
मारवाडी महिला मंच काठमाडौंको आयोजनमा यहि मिति २०८२ श्रावण ११ गते (२७ जूलाई २०२५) आइतबारका दिन सिटी सेन्टर कमलपोखरीमा आयोजित वृहत रक्तदान कार्यक्रम भव्यताका साथ सुसम्पन्न भएको छ । मारवाडी महिला मंच काठमाडौंकी अध्यक्ष श्रीमती रेखा खेतानज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्री दल बहादुर कार्की रहनु भएको थियो । मारवाडी सेवा समिति नेपालका अध्यक्षज्यू, पदाधिकारीज्यूहरु, मारवाडी युवा मंचका अध्यक्षज्यू, पदाधिकारीज्यूहरु, मारवाडी महिला मंचका सम्पूर्ण सल्लाहकारज्यूहरु, सम्पूर्ण कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ११५ जना महिला एवं पुरुष महानुभावहरुले आफ्नो अमूल्य रक्तदान गर्नु भएको थियो।
कार्यक्रममा रक्तदानको क्षेत्रमा उल्लेखनीय रुपमा रक्तदान गर्नु हुने महानुभावहरु मध्ये १८३ पटक रक्तदान गर्नु भएका श्री प्रेम सागर कर्माचार्यज्यू, १६८ पटक रक्तदान गर्नु भएकी श्रीमती नीता घिराईयाज्यू, ८९ पटक रक्तदान गर्नु भएका श्री रामकुमार जैनज्यू, ७२ पटक रक्तदान गर्नु भएका श्री संजय बथवालज्यू, ६७ पटक रक्तदान गर्नु भएका श्री विवेक तातेडज्यू, ६४ पटक रक्तदान गर्नु भएकी श्रमिती उषा देवी दुगडज्यू, ६१ पटक रक्तदान गर्नु भएका ज्ञानु राजा महर्जनज्यू, ४२ पटक रक्तदान गर्नु भएका श्री संजय लोहियाज्यूलाई वहाँहरुको योगदानको कदर गर्दै सम्मान पत्र र उपहार प्रदान गरि सम्मान गरिएको थियो।
संगीता सिंघानीया
सचिव
मारवाडी महिला मंच काठमाडौं ।
27/07/2025
मारवाडी सेवा समिति नेपाल अन्तर्गत र नेपाल राष्ट्रिय मारवाड़ी युवा संगठनसंग आबद्ध मारवाडी युवा मंच काठमाडौले २०२५ जूलाई २६ तारिख शनिबारका दिन मारवाडी सेवा समिति न्यूरोडको भवनमा आयोजना गरेको Tiptop 4th MYM Chess Tournament powered by Savitri-Kanchenjunga Agarbatti कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त प्रतियोगितामा १२ वर्ष भन्दा कम उमेर समूहको प्रतिस्पर्धामा श्री रेयांश अग्रवाल प्रथम, श्री लक्ष्य मोर फस्ट रनर अप र श्री धनेश राठी सेकेण्ड रनर-अप हुनुभएका छन् भने १२ वर्ष भन्दा माथि उमेर समूहको प्रतिस्पर्धामा श्री आर्यन अग्रवाल प्रथम, श्री सुमित शर्मा फस्ट रनर अप र श्री हर्षवर्धन राठी सेकेण्ड रनर-अप हुनुभएका छन्।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि वरिष्ठ बुद्धिचाल खेलाडी श्री सीताराम अग्रवालज्यू तथा विशिष्ट अतिथि मारवाडी सेवा समितिका अध्यक्ष श्री प्रमोद कुमार अग्रवाल (चौधरी)ज्यू ले संयुक्त रुपमा गर्नु भएको थियो। मारवाडी युवा मंचका अध्यक्ष श्री प्रकाश कुमार केजरीवालज्यूको सभापतित्वमा भएको उक्त कार्यक्रममा अतिथिहरु मारवाडी सेवा समितिका निर्वर्तमान अध्यक्ष श्री कैलाश चन्द्र गोयलज्यू, उपाध्यक्ष श्री संजय अग्रवालज्यू, महासचिव श्री धर्मेन्द्र अग्रवालज्यू, श्री पशुपति गौशाला धर्मशालाका अध्यक्ष श्री रमेश तापड़ियाज्यू, मारवाडी महिला मंचकी अध्यक्ष श्रीमती रेखा खेतानज्यू, महासचिव श्रीमती संगीता सिंघानियाज्यू एवं कार्यसमिति सदस्यज्यूहरु, मारवाड़ी युवा मंचका पदाधिकारीज्यूहरु र कार्यसमिति सदस्यज्यूहरुका साथै समाजका सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
मारवाडी युवा मंचका महासचिव श्री रितेश जाजोदियाज्यूले कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रममा पाल्नुभएका अतिथिज्यूहरु, खेलाडीज्यूहरु, प्रायोजकहरु एवं समाजका सदस्यहरुलाई यस कार्यक्रमका संयोजक श्री निकेश अग्रवालज्यूद्वारा धन्यवाद ज्ञापन गर्नुभएकाे थियो। कार्यक्रमका सहभागी सबै खेलाडीहरुलाई प्रमाणपत्र, मायाको चिनो र विजेताहरुलाई प्रमाणपत्र, मायाको चिनो र ट्रफि प्रदान गरिएको थियो। उक्त प्रतियोगितामा १२४ जना खेलाडीहरुले सहभागिता जनाउनुभएकाे थियाे।
रितेश जाजोदिया
महासचिव
मारवाड़ी युवा मंच
27/07/2025
कृत्रिम खुट्टा वितरण कार्यक्रम सम्पन्न
मिति २०८२ साल श्रावण १० गते (तदनुसार २६ जुलाई, २०२५) शनिबारका दिन श्री पशुपति गौशाला धर्मशालाका अध्यक्ष श्री रमेश तापडियाज्यूको सभापतित्वमा श्री राणीसति सेवा संघका अध्यक्ष श्री अनिलकुमार जालानज्यूको प्रमुख आतिथ्यता तथा मारवाडी सेवा समिति नेपालका सल्लाहकार ई. श्री सुरेशकुमार अग्रवालज्यूको विशेष आतिथ्यतामा मारवाडी सेवा समिति नेपालका अध्यक्ष श्री प्रमोदकुमार अग्रवाल(चौधरी)ज्यू, निवर्तमान अध्यक्ष श्री कैलाशचन्द्र गोयलज्यू, समितिका उपाध्यक्ष एवं राणीसती सेवा संघका पुर्व अध्यक्ष श्री श्रवणकुमार संघईज्यू, सेवा समितिका महासचिव श्री धर्मेन्द्र अग्रवालज्यू, सल्लाहकार श्री राजेन्द्र प्रसाद मेहेणसरीयाज्यू, श्री पशुपति गौशाला धर्मशालाका उपाध्यक्ष श्री देवानन्द सरावगीज्यू, कार्यसमिति सदस्य एवं कृत्रिम खुट्टा कार्यशालाका संयोजक श्री अशोककुमार अग्रवाल(गर्ग)ज्यू, सह–संयोजक श्री विनोद गोयलज्यू, कार्यसमिति सदस्यहरु श्री कैलाश मुन्धडाज्यू, श्री श्याम रामपुरियाज्यू, कृत्रिम खुट्टा कार्यशालाका सदस्यहरु डा. सुमित अग्रवालज्यू, सवामणी तथा आहार संकलन समितिका सदस्य श्री सुनिल शाहज्यू, मन्दिर तथा धार्मिक कार्य व्यवस्थापन समितिका सदस्य श्री दामोदरप्रसाद अग्रवालज्यू, भवन रेखदेख तथा व्यवस्थापन समितिका सदस्य श्री नविन राजगढीयाज्यू, श्री वनेश पारिखज्यू, श्री सत्यनारायण बंगज्यू, श्री राणीसति सेवा संघका उपाध्यक्ष श्री राकेश जालानज्यू, कोषाध्यक्ष श्री संजय तुल्स्यानज्यू, सदस्यहरु श्री मुकेश जालानज्यू, श्री कमल अग्रवालज्यू, श्री महेश बथवालज्यू, समाजका सदस्यहरु श्री सुरेश अग्रवालज्यू, श्री कुनाल मोहन्काज्यू, श्री अशोककुमार अग्रवालज्यू, श्री अजीत अग्रवालज्यू र अन्य सदस्यज्यूहरुको उपस्थितिमा श्री केशु गुरुङ्गको बाँया खुट्टाको घुँडा माथि, श्री अमर डोमको बाँया खुट्टाको घुँडा मुनि, श्री गोम्बु शेर्पाको बाँया खुट्टाको घुँडा मुनि, सुनिता भोम्जनको बाँया खुट्टाको घुँडा मुनि पैताला बदली मर्मत गरी कृत्रिम खुट्टा लगाइदिने कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका सभापति श्री रमेश तापडियाज्यूले उपस्थित सबैको स्वागत गर्नुभयो र मारवाडी सेवा समिति नेपाल र श्री पशुपति गौशाला धर्मशालाका तर्फबाट संचालित सेवा कार्यको जानकारी गराउनुभयो । कार्यक्रमका विषेश अतिथि ई. श्री सुरेशकुमार अग्रवालज्यूले गौशालाद्वारा गरिएका सबै सेवा कार्यहरु प्रशंसनीय रहेको र आफू पनि गौ सेवा एवं गौशालाका सेवाकार्यहरुमा सदैव लागिरहने बताउनुभयो। मारवाडी सेवा नेपालका उपाध्यक्ष तथा श्री राणीसति सेवा संघका पूर्व अध्यक्ष श्री श्रवणकुमार संघईज्यूले प्राकृतिक विपत्ती (भुकम्प, बाढी पहिरो, आगलागी आदि) का समयमा श्री रानी सती सेवा संघद्वारा गरिएका सेवाकार्यहरुको जानकारी गराउनुभयो । प्रमुख अतिथि श्री राणीसति सेवा संघका अध्यक्ष श्री अनिल कुमार जालानज्यूले गौशाला धर्मशालाद्वारा गरिएका सेवाकार्यमा संस्थाको पुरा सहयोग रहने बताउनु हुँदै गौशाला र सेवा समितिद्वारा गरिएका सेवाकार्यहरु अत्यन्तै सराहनीय रहेको धन्यवाद् दिनुभयो । कृत्रिम खुट्टा कार्यशालाका संयोजक श्री अशोक कुमार अग्रवाल (गर्ग) ज्यूले उपस्थित सबैलाई धन्यवाद् व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रमको संचालन गौशाला धर्मशालाका महासचिव श्री राजेशकुमार अग्रवालज्यूले गर्नुभएको थियो ।
कार्यक्रममा श्री राणीसति सेवा संघले ४ खुट्टा, कार्यक्रमका विषेश अतिथि ई. सुरेशकुमार अग्रवालज्यूले १ खुट्टा, श्री राणीसति सेवा संघका उपाध्यक्ष श्री राकेश जालानज्यूले २ खुट्टा, कोषाध्यक्ष श्री संजय तुल्स्यानज्यूले १ खुट्टा, स्व. ईन्द्रसेन गुप्ताज्यूको नाममा वहाँको नाति श्री गोपेश बाजोरियाज्यूले १ खुट्टाका लागि सहयोग घोषणा गर्नु भएकोमा मुरी मुरी साधुवाद् व्यक्त गर्दछौँ !
यहाँहरुको आफन्त एवं चिनजानमा कोही कसैलाई कृत्रिम खुट्टा लगाउन आवश्यक भएमा कृत्रिम खुट्टा वितरण कार्यक्रमका सहसंयोजक श्री विनाेद गाेयलज्यूलाई मोबाइल नं. 9841722751 मा तथा श्री विनय बुढाथोकीलाई मोबाइल नं. 9801071211 मा सम्पर्क गरी यो सेवा लिन सक्नु हुने छ।
राजेशकुमार अग्रवाल
महासचिव
श्री पशुपति गौशाला धर्मशाला