11/03/2026
एकजना नाबालिका, त्यसमाथि दलित समुदायकी बालिकामाथि बलात्कारपछि हत्या जस्तो जघन्य घटना हुनु केवल एउटा अपराध मात्र होइन, यो हाम्रो समाजको गहिरो मनोविज्ञान र सामाजिक संरचनाको समस्या पनि हो।
यस्ता अपराध अचानक हुँदैनन्। सुरुमा यस्तो सोच मानिसको मस्तिष्कमा जन्मिन्छ—कमजोरलाई दबाउन मिल्छ, महिलालाई वस्तु जस्तो हेर्न मिल्छ, वा जातका आधारमा कसैलाई सानो मान्न मिल्छ भन्ने विकृत धारणा। पछि त्यही सोच व्यवहारमा देखिन्छ।
यस घटनामा पीडित दलित समुदायकी बालिका हुनु पनि हाम्रो समाजमा अझै बाँकी रहेको जातीय असमानता र शक्ति असन्तुलनको संकेत हो। त्यसैले समाधान केवल सजायमा मात्र सीमित हुँदैन।
समाजमा यस्तो मानसिकता नै नजन्मिने गरी शिक्षा, संस्कार, लैङ्गिक समानता र जातीय सम्मानको चेतना सानैदेखि दिनुपर्छ। किनकि अपराध सडकमा होइन, पहिले मानिसको मस्तिष्कमा जन्मिन्छ। त्यसैले यसको समाधान पनि मनोवैज्ञानिक र सामाजिक तहबाट खोज्नु आवश्यक छ।

07/02/2026
07/02/2026
05/02/2026