09/04/2026
इतिहासलाई स्वागत । सदनको लागि उपसभामुख । मेरो पुस्ताको एउटा महिला जसले मेरो आवाज सदनमा पुऱ्याउनेछ । देशको लागि इतिहास । बधाइ भन्न पनि कति आनन्द ! बधाइ नै बधाइ रूविना जी !! ✨❤️
Activist turning passion into political change | Feminist | Columnist | Contact: [email protected] |
09/04/2026
इतिहासलाई स्वागत । सदनको लागि उपसभामुख । मेरो पुस्ताको एउटा महिला जसले मेरो आवाज सदनमा पुऱ्याउनेछ । देशको लागि इतिहास । बधाइ भन्न पनि कति आनन्द ! बधाइ नै बधाइ रूविना जी !! ✨❤️
हाम्रो प्रधानमन्त्रीले कार्की आयोगको प्रतिवेदनलाई लिएर निरन्तर टार्दै, जिम्मेवारीबाट पन्छिँदै जानुभएको जस्तो देखिन्छ। यसरी सत्यलाई लुकाएर राख्ने प्रयासले जनताको विश्वास कमजोर बनाउँछ र न्यायप्रतिको अपेक्षामाथि प्रश्न उठाउँछ।
प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व मात्र होइन, पारदर्शिता र उत्तरदायित्वप्रतिको प्रतिबद्धताको परीक्षा पनि हो। अब ढिलाइ होइन सत्य सार्वजनिक हुनुपर्छ, अनि मात्र आवश्यक कारबाही अघि बढ्नुपर्छ।
हामी आज पनि सडकमै छौँ । न्यायको प्रतीक्षा गर्दै, प्रतिवेदनको अपेक्षामा। अब सत्य लुकाएर राख्ने समय सकिएको छ। कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ। जबसम्म प्रतिवेदन सार्वजनिक हुँदैन, तबसम्म हाम्रो प्रश्न र खबरदारी निरन्तर रहनेछ। पारदर्शिता र उत्तरदायित्वका लागि हाम्रो आवाज रोकिने छैन। यो संघर्षको सुरुवात मात्र हो। ✊
अब ४ दिन मात्र बाँकी छन् । हामीले गम्भीर भएर प्रश्न गर्नुपर्छ, सचेत निर्णय लिनुपर्छ र सोचविचार गरेर मात्र मत हाल्नुपर्छ। झण्डा होइन, व्यक्तिको चरित्र र उत्तरदायित्व हेरेर प्रतिनिधि रोजौं, किनकि लोकतन्त्र केवल अधिकार मात्र होइन, हाम्रो साझा जिम्मेवारी पनि हो। 🗳️