Dr. JK, PhD

Dr. JK, PhD

Share

राजनीतिमा युवाको सार्थक सहभागिता।
पुरानो सोच तोड्दै, पारदर्शी नेतृत्व, सुशासन र रोजगारीमुखी नीतिमार्फत
आत्मनिर्भर र सम्मानित नेपाल बनाउने अभियान।

म दुई फरक–फरक विषयमा मास्टर अफ साइन्स (M.Sc.) र जैवप्रविधि (Biotechnology) मा पीएचडी हासिल गरेको अनुसन्धानकर्ता र शिक्षक हुँ। धेरै वर्षसम्म अध्यापनसँगै मैले स्वास्थ्य क्षेत्रमा अनुसन्धान र परियोजना कार्य गर्दै जनस्वास्थ्य सुधार र समाजमा वैज्ञानिक चेतना फैलाउन महत्वपूर्ण योगदान पुर्‍याएको छु।
हाल म अनुसन्धानकर्ता र चिन्तकका रूपमा, विज्ञान, तथ्य र विवेकको आधारमा नेपाललाई सकारात्मक परिवर्तनतर्फ अघि

01/06/2026

नेपालको राजनीति अब यस्तो चरणमा पुगेको छ कि यदि कुनै प्रिय नेताले आफ्नै कार्यकर्तालाई "बाँदर" भनिदिए भने, भोलिपल्ट ती कार्यकर्ताहरू बजारमा नक्कली पुच्छर खोज्दै हिँड्नेछन् र गर्वका साथ कम्मरमा बाँध्नेछन्। हामीकहाँ विचारको समर्थन कम, व्यक्तिको पूजा बढी छ।जबसम्म प्रश्न गर्नेभन्दा ताली बजाउने समर्थकहरू बढी हुन्छन्, तबसम्म समृद्ध नेपालको सपना देख्न गाह्रो छ। देशलाई अन्धभक्त होइन, सोच्ने नागरिक चाहिन्छ।
***nshah

31/05/2026

बालेन सरकारको उल्टो यात्रा जारी B***n government's reverse journey continues ***nshah

31/05/2026

एसियन गेम्स क्वालिफायरमा चीनविरुद्ध नेपालको प्रदर्शन मिश्रित रह्यो। पुरुष टोलीले प्रभावशाली जित निकाल्दै आफ्नो क्षमता प्रमाणित गर्‍यो भने महिला टोलीले हार बेहोर्नुपर्‍यो। एउटै प्रतिद्वन्द्वीविरुद्ध आएका यी फरक नतिजाले नेपालका पुरुष र महिला क्रिकेटको वर्तमान अवस्थाबारे फरक कथा सुनाउँछन्।

25/05/2026

कृषि क्षेत्र संकटमा Agriculture sector in crisis ***nshah

23/05/2026

डाक्टर उत्पादन गर्न नेपालले धेरै खर्च गर्छ, तर अन्तिममा देशले पाउँछ — नेता, motivational speaker, foreign resident, वा cricketer।

अब त तुरुन्तै medical field लाई आकर्षक बनाउनेतर्फ ध्यान दिनुपर्छ, नत्र भविष्यमा अस्पतालभन्दा stadium र संसदमै बढी डाक्टर भेटिनेछन्। 😅

18/05/2026

हामीले छानेको भविष्य यस्तै हो? Is This the Future We Voted For?
***nshah

16/05/2026

नेपाल क्रिकेट टोलीलाई शानदार जितको धेरै धेरै बधाई! 🇳🇵🏏
USA विरुद्धको ICC World Cricket League ODI खेलमा नेपालको उत्कृष्ट प्रदर्शनले फेरि नेपाली क्रिकेटको उचाइ देखायो।

विशेष बधाई कुशल भुर्तेललाई शानदार शतकका लागि! 💯🔥
यस्तै आत्मविश्वास र निरन्तरताले नेपाली क्रिकेट अझ माथि पुगोस।

जय नेपाल! ❤️

16/05/2026

एक जना Rastriya Swatantra Party (RSP) का नेताले पानी फुटाएर Hydrogen निकालेर मल बनाउने कुरा गरेछन्। अब केही दिनपछि फेरि नयाँ आइडिया आउला, “देशमा मल अभाव छ, अब RSP नै फुटाऔं । R बाट केही निस्किएन भने पनि S बाट Sulphur र P बाट Phosphorus त पाइहालिन्छ!” 😄

12/05/2026

रबी लामिछानेको विगत जति विवादित भए पनि उनमा राजनेतामा हुने प्रशस्त गुणहरू छन् । बालेन्द्र शाहको घमण्डले सिङ्गो रास्वपालाई नोक्सान गरिरहेको त छैन ?

09/05/2026

यस वर्ष सगरमाथा आरोहणका लागि ४९२ विदेशी आरोहीलाई अनुमति दिइयो र सरकारले करिब १ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन गर्दै नयाँ इतिहास रच्यो। तर, कीर्तिमानसँगै हिमालमा बढ्दो भीड, फोहोर व्यवस्थापन र वातावरणीय जोखिमप्रति सरकार अझै गम्भीर देखिएको छैन। अब राजस्व मात्र होइन, हिमालको दीर्घकालीन संरक्षण र सुरक्षित आरोहण व्यवस्थापनतर्फ पनि समान ध्यान दिन आवश्यक छ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kathmandu