डाक्टरले रोगी बढाए !
ॲग्रेजी पुस्तक पढी भएका चिकित्सा बिज्ञहरूले रोगको पहिचानमै रोगबारे पीडीतलाई भयभीत गराए ! रोगले भन्दापनि शोकले रोगी बढने भए। रोग के हो , त्यसको मूल कारणको खोजी कम मात्रामा मात्र भएको पाईन्छ । सम्पूर्ण रोगका लक्षणले परिपूर्ण शरीरलाई अनेकौ परीक्षण गरे पछी अपवाद बाहेक केही न केही कमी देखिन्छ नै । त्यसलाई बिभीन्न औषधोपचारको नाममा गीजोलेर / प्रयोग गरेर स्वस्थ ब्यक्तिपनि रोगी हुन पुगेको पाइन्छ
प्राकृतिक रूपमा शरीरमा केही कमी कमजोरी हुन्छ, जसलाई शरीरले आफै सन्तुलनमा ल्याउॅछ । तसर्थ केहिसगय पर्खनु र त्यसको कारण आफै खोजौ । हावा पानी, खान - पान र तनाव जे हो त्यसबाटआफै मुक्त हुनु पर्छ, सकिन्छ । अत: रोग खोज्ने र रोगबाट अत्याउने / आत्तिना नगरौ नगराऊॅ । धन्यबाद ।
Mental Health Counseling
Mental Health Solution Counseling (मानसिक स्वास्थ्य परामर?
शरीरकोलागी बचपन , युबावस्था र बुढ्यौली आउछ - जान्छ तर मन सॅधै जस्ताको - तस्तै रहन्छ ! शरीर सॅधै सक्रिय हुन सक्तैन । बुढो भए पछि ॲागन टाढा हुन्छ । तरूण - तरूनी बिष समान हुन्छ। इन्द्रियहरूमा क्षति नभएपनि सक्षम हुन सक्तैनन् । यी कुरा बोध गरी मर्न मार्न तयार होऊ।तिम्रो र मेरो छुट्टिम हॅुदैन ,किनकि तिम्रोलागी म र मेरोलागी तिमि अभीन्न हॅौ !तिम्राो इन्द्रियले गर्दा बोध हुने सुख दु:ख, तातो चिसो, राम्रो नराम्रो,आईरहन्छ - गईरहन्छ,यस्ता कुरालाई सहनु पर्छ। यसले मलाई ( मन/ कृष्ण) केहिगर्न सक्दैन।
मनले नश्वर वस्तुको अस्तित्व देख्दैन , र सत् वस्तुको अस्तित्वलाई पूर्णत: नकार्न सक्तैन ।
( क्रमस:)
दोस्रो अध्यायमा अर्जुनरूपी शरीर र मनरूपी कृष्णबिच जे जति वार्तालाप भएको छ,त्यसला राम्ररि नियाल्ने हो भने अर्जुनले “ युद्ध गर्दिन बरू भिक्षान्न खान्छु” भन्नुमा रहस्य छ । युद्ध भयले ऐस्वर्य नचाहेको देखिन्छ । भबिष्य शरीरको होईन ,बर्तमानको हो भन्ने ज्ञान पनि पाईन्छ । मन भबिष्यको लागी हो । शरीर दृढ छ, शीप छ भने भबिष्यको सुख प्राप्तिको लागी शरीरलाई सक्रिय बन्न निर्देशन गर्दछ। शरीर वर्तमानमा जीउन चाहन्छ, मन भबिष्यमा । त्यसैले कृष्ण भन्दछन ; शरीर मरेर गएपनि अरूले निन्दा गर्नेछन । यहॅा मन र शरीर बिच द्वन्दात्मक वार्ता भइरहेको छ ।
शरीरको सक्रियता आधारभूत आवश्यकता परिपूर्तिकोलागी गरीने कृयाकलापमा भर पर्ने हॅुदा अर्जुन ( शरीर ) आफ्नो सुरक्षाको निश्चितता खोज्दछन र कृष्ण ( मन ) आफ्नै अभीष्ट सिद्धीको लागी अनेकौं तर्क - बितर्क ( ज्ञान - गुनका कुरा ) गर्दछन । शरीर जड हो, मन चेतन ! अत: शरीर भन्दा मन कायर हुन्छ । मन बाठो हुन्छ ,शरीरको बुद्धि विवेक हॅुदैन । मन भन्छ ; किन डराएको, डराउन सुहाउॅदैन! बलियो छौ, सवै शत्रुलाई पराजीत गर्न सक्छौ, तिमि बिना म एक्लैले केही गर्न सक्दीन ! ऊठ युद्ध गर । शरीर भन्छ; मैले जितेर जितिंदैन तिमि जित ! अहिले सम्म तििले नै जितेका हौ । मैले वचनका पक्का पितामह, सीप र ज्ञानका खानी, गुरूद्रोणाचार्यलाई जित्न सक्छु र ! उनिहरूलाई जितेपनि मैले पाउने भनेको ईन्द्रिय सुख ( जो आधा तिम्रो हो ) न हो । लडाई गरे पनि नगरेपनि त्यो सुख नमरे सम्म भोग्ने नै छु ।मलाई यो पनि थाह छैन कि के गर्नु हुन्छ,/ हॅुदैन? मैले जित्नु र तिमिले अहंकार ( दुर्योधन ) लाई जित्नुमा घेरै अन्तर छ / पर्छ । अहॅकार मेरो ( शरीर ) कार्यक्षेत्र होईन । तिमिले ( मन ) जित्नु पर्छ । यसलाई मैे जितेर तिमि हाम्रो अस्तित्व रक्षा हॅुदैन । “ म” हराऊॅछ,त्यो अहंकाररूपी दु्रयोधन यहिं अगाडी युद्धगर्न तयार छ । मन तिमि ज्ञानी छौ । ज्ञान गुन , चेतना तिम्रो हो । म मा तिमीमा जति ज्ञान छैन,तिमीलाई थाह छ । धर्म अधर्म मलाई थाह छैन, कर्म मेरो स्वभाब हो ।स्वभाब अनुसार चल्दछु! त्यसैले हे मन ( कृष्ण ) ,अब मैले
( शरीर ) के गर्दा ठिक हुन्छ, आदेश गर ! त्रिभूवन नै मेरो हुने भएपनि ,युद्ध चाहन्न,म कॅापेको छु , मेरा कुनै पनि ॲगमा क्षति पुग्यो भने जे जतिनै पाएपनि के काम !सवै तिमी हौ,म केही होईन । हे मन तिमी जे भन्छौ त्यही गर्नेछु
अरूले भनेर / गरेर केहि हुने छैन , मनरूपी कृष्णलाई शरीरको प्रतिनिधि पात्र अर्जुनले ‘ म युद्ध गर्दिन’ भने । संजयरूपी ज्ञानले जन्मान्ध धृतराष्ट्रलाई भन्दछन ; हे अन्धो मन! द्वन्दात्मक स्थितिमा पनि मनले शरीरलाई भीत्र जे भएपनि बाहिर हॅास्दै “ शोक गर्नु नपर्ने कुरामा, किन धेरै कुरा गर्ने,तिम्रो क्षेत्रमा नपर्ने कुरा किन गर्छौ भनेका छन । कृष्ण भन्छन ; म ( मन ) कहिलेपनि कोहि ज्यॅूदो वा मरेको अवस्थामा चिन्ता गर्दिन । जसरि कुनैपनि मन/ ज्ञान शरीरकोलागी मरिमेटदैन, कारण - शरीर र मनको सॅसार भीन्न हुन्छ । वातावरण पनि फरक फरक हुन्छ ।शरीर सुखी हॅुदा वा दुखी हॅुदा मन त्यस्तो हुन सक्दैन त्यसैले हरेक मन दु:ख खोजीरहन्छ। मन र शरीर अभीन्न छ,हिजो थियो , अहिले छ र भोलिपनि रहनेछ । अर्थातशरीर रहेसम्म मन र मन रहेसम्म शरीर रहन्छ । त्यसैले हिजो आजका ज्ञानवानरू * मन * शरीर को संग्रहित ज्ञान हो भन्दछन , अर्थात मन अनुभवात्मक ज्ञानको सॅगालो हो।
( क्रमस )
“ गीता रहस्य “भीत्रको (प्रतिकात्मक गीतोपदेश )बाट क्रमस दैनिक एक दुई परिच्छेद !
अर्जुन हिजोको निर्णय फिर्ता लिन चाहन्छन् । पलायन हुन चाहन्छन । पहिलो अध्यायमा यहि कुराेलाई प्राथमिकतासाथ प्रस्तुत गरिएको छ।अर्जुनले कुल नाश हुनाले वर्णशंकर जन्मन्छन, कुलधर्म नष्ट भ्रष्ट हुन्छ , दुर्योधनादिलाई मारेर पाप लाग्छ ,स्त्रीहरूको अस्तित्व रक्षा हॅुदैन जस्ता रक्षा- तन्त्रात्मक उपाए अपनाएर उम्कन खोजेका छन् ।
विश्वका सवै धर्मशास्त्रले यौनेच्छ्या दमन गर्न निर्देशन गरेको छ । यौनेच्छ्या दमनगर्न , मार्न , लुकाउन सकिदैन भन्ने कुरा “ स्त्रीहरू अपबित्र हुन्छन “ भनि स्वीकारेको देखिन्छ ।
कौरवको बृहत् सेना र पाण्डवको केहि सानो सेना बिचको युद्धमा महान धनुर्धारि अर्जुन र सर्वेसर्वा कृष्ण बीच भएको सम्वादमा मानविय स्वभाव अनुसार निर्णय पश्चात पछुतो गरेको देखिन्छ । मान्छे शंका गर्दछ, बिवेकले कायर बनाएको छ ,त्यसैले पलायन हुन चाहन्छ ।
मानव शरीर् नै युद्ध स्थल हो। धर्मक्षेत्र/ कुरूक्षेत्र हो। जहॅा सदैव युद्ध चलिरहन्छ । आमाको गर्भमा दश महिना बस्छ ,दश धारा दूध खान्छ , मन बाहेक दश इन्द्रिय सॅगै जन्मन्छ , दश दिशाको परिधिमा सीमित हुनु पर्छ,, यी सवैले आफन्तको प्रतिनिधित्व गर्दछ । जसको माग पुरा गर्न सकिंदैन । जसलाई वासना भन्दा पनि फरक पर्दैन । यसले ब्यक्तिलाई खिन्न बनाऊॅछ। युद्धको सामना गर्ने मान्छे सुखी हुन सक्दैन । युद्धपूर्ब समयमै पटक पटक गृहस्थास्रम त्यागी सन्यासा लिन इच्छुक हुन्छ । अव मलाई केहि चाहिएन भन्दछ । विरक्त हुन्छ- अर्जुन जस्तै। मनर शरीर एक —आपसमा अभीन्न भए पनि संकटको अवस्थामा एक हॅुदैनन् , लगभग टाढिन्छन / एकले अर्कोको सहयोग खोज्छन / लिन्छन । गीताका कृष्ण हामि सवैका सारथीरूपि मन हुन , अर्जुन शरीर । मनको सल्लाह शरीरले तत्काल स्विकार्दैन। युद्धमा लाग्ने चोट दखि शरीर भयभीत हुन्छ ! सामना नहोस भन्छ मन परिणाम मुखि हुन्छ , शरीरलाई धिक्कार्छ- किनकिशरीर बिना मनले केहि गर्न सक्दैन !
कृष्ण अर्जुनलाई भन्दछन ; “ शोक गर्न नपर्ने ब्यक्तिका लागी के को शोक गर्छौ” युद्धमा ज्ञान सीप मात्र भएर पुग्दैन ,हिम्मत चाहिन्छ ,नपुंसक नवन ।
मान्छेको ब्यबहार सकरात्मक र नकारात्मक हुन्छ । उसले आफ्नो स्वार्थ अनुकुल ब्यबहार गर्न खोज्दछ तव अरूमाथि पर्ने प्रभाव पनि अनुमान गर्न थाल्छ। यस्तो अवस्थामा ‘मन’ बिचमा बसि निर्णय खोज्दछ । दुबै सेना बीच गई अर्जुन रूपी शरीरले अवलोकन गरेर युद्ध गर्ने की नगर्ने, मनको प्रतिक कृष्णलाई निर्णय लिन भन्दछन । किनकी कृष्ण मन हो । हिजो जे कुरा प्राप्तिको निमित्त मन र शरीर लडाई चाहन्थ्यो आज त्यहि मन र शरीर बीच भिन्नता ( भेद)। उत्पन्न भएको छ । अर्थात मन मात्रै तथस्ट बस्दैन शरीर पनि सामना गर्नबाट पन्छिन चाहन्छ ।
अर्जुन ( शरीर )भन्दछन ; म युद्ध गर्दिन,शरीर भयभीत छ, क्षति हुनबाट बच्न चाहन्छ । कृष्ण ( मन ) भन्दछन; युद्घभूमिबाट भाग्नु हुंदैन , मन जीज्ञासु हुन्छ, नतिजा खोज्छ । अर्जुन पिरोलिन्छन, पीर (अन्तर पीडा) परेपछि मान्छेभीत्र जे जति जस्तो प्रकारको अन्तरद्वन्द हुन्छ त्यसैलाई प्रतिकात्मक रूपमा कृष्ण र अर्जुन रूपी पात्र बिच मनो सम्बाद गराइएको छ। दर्शाईएको छ ।
अर्जुनले। आफन्तलाई मारेर के फाईदा, भनि आफूभित्रको करूणा र भय देखाएका छन् । मुख सुक्ने, काम छुट्ने राम्रो लक्षण नदेख्नुको आशय भयग्रस्तयुद्ध अनिच्छ्या हो ! अर्जनलाई थाह थियो, लडाई आफ्नै कुलमा ( बिच ) हुन्छ - हुनेछ ,भनेर । हिजो सामना गरिहाल्नु नपर्दाको लोभ र अहंकार अहिले भयमा परिणत भएको छ । आफू अप्ठ्यारो परिस्थितिबाट बच्न अरूलाई दोषारोपण गर्न करूणाको सहारा लिईरहेका छन ।
गीताको प्रथम अध्याय ‘ अर्जुन विषाद योग’ ले चिनिन्छ। युद्ध गर्न युद्ध भूमिमा पुगेका अर्जुनले आफ्ना सारथी कृष्णलाई मेरो रथ दुबै सेनाको बीचमा लगीदिन भनेका छन् । अर्जुनले जव युद्ध गर्न आएका वीर महाबीरहरूलाई नियाल्दछन, तव सवै आफन्त देखेर आश्चर्यचकित हुन्छन । अर्जुनको मनोशारीरिक द्वन्दात्मक स्थितिबाट पलाया हुने ईच्छ्या देखेपछि उनलाई युद्धोन्मुख गर्न कृष्ण तत्परछन ।
गीता कृष्ण र अर्जुन बिचको ‘मनो’ संबाद हो । जसलाई युद्धभूमिदेखि परै/ टाढैबाट सॅजयले नियालिरहेका छन् र धृतराष्ट्रले उत्सुकता देखाईरहेका छन । गीतालाईल बुझ्न महाभारतलाई कम्तिमा दुई पटक पढ्नुपर्र्छ । कृष्णले “ मन “ र अर्जुनले “ शरीर “ ,सॅजयले “ ज्ञान “ र धृतराष्ट्रले “अज्ञान” को प्रतिनिधित्व गरेका छन भन्ने थाहपाउनु पर्दछ ।
म संग युद्ध गर्न को - को आएका रहेछनभनि हेर्दा सवै स्वजनलाई देख्दा, आफ्ना ॲगहरू सिथिल भएको, मुख सुक्न थालेको , काम् छुट्न थालेको,गाण्डीवधनु सामत्नै नसकेको कुरा अर्जुन कृष्णलाई भन्दछन !
युद्धमा आफन्तलाई मारेर के राम्रो होला ! युद्ध जित्न चाहन्न राज्यभोग पनि चाहन्न,तिनैलोकको राज्य पाउने भएपनि म यिनलाई मार्न चाहन्न,आफन्तको हत्या गरेर कसरि सुखी हुन सकिन्छ र !दुर्योधनादि लोभले अन्धो कुल नाश गर्न उद्धत् भएपनि हामिले त्यसो गर्न सुहाऊॅदैन । दुर्योधनलाई कुल नाशको पाप थाह छैन होला ! युद्धमा पुरूष जातिहरू मारिए पछि स्त्रीहरू दूषित हुन्छन ! जसबाट वर्णशंकरहरू उत्पन्न हुनेछन,यिनले पितृ उद्धार गर्न सक्दैनन् स्राद्द तर्पण गर्दैनन ! कुल नर्कमा पर्छ ! जसको कुल धर्म नष्ट हुन्छ,त्यस कुलको बास मर्कमा हुनेछ भन्ने कुरा शास्त्रमा छ भन्ने कुरा आचार्यहरू द्वारा सुन्यौ !ज्ञानका प्रतिक संजयले युद्धभूमिमा अर्जुनले कृष्णलाई भनेको कुरा धृतराष्ट्रलाई सुनाए !
धृतराष्ट्रले अज्ञानको प्रतिनिधित्व गरेका छन , संजयले ज्ञानको । पंचपाण्डव हरू पॅाच ज्ञानेन्द्रियका प्रतिक हुन ,कृष्ण मन हुन । अर्जुन शरीर हुन ।अर्कातर्फ दुर्योधन अहंकार हुन । उनि निहुरिन जान्दैनन्। युद्ध गर्न सदैव तत्पर छन । उनलाई भिष्म , द्रोणाचार्य , कृपाचार्यहरूको भर लाग्दैन ,/ बिश्वास छैन, जति कर्णको छ । कर्णले नाम अनुसारकै अहंकारको निमित्त सुन्ने/ बिश्वास दिलाउने काम गरेको छ । दुवैतर्फबाट शॅखघोष हुन्छ, जसले भय उत्पन्न गर्दछ । जव शंख ध्वनि सुनिन्छ,दुर्योधनरूपी अहंकारले युद्ध जितिदैन भन्ने थाह हुंदाहुंदैपनि जित्दछु भन्ने भ्रम ( माया ) परेको दे खिन्छ । दुर्योधन अज्ञानी थिएनन् । अहॅकारी ब्यक्ति कर्तब्यमुखि हु्नछ अहंकार र अभिमान ज्ञानिका गहना हुन । जो अज्ञानीमा शून्यप्राय: देख्न पाइन्छ । दुर्योधनको लागी वैधानिक रूपमा शासनसत्ता हत्याउन युद्ध अनिवार्य थियो । त्यसैले यो उनको कर्तब्य हुन गयो । उनलाई थाह थियो,भिष्मलाई- इच्छ्यामरणको बरदान छ , तापनि भिष्म प्रति उनि ढुक्क छैनन् ,जति कर्ण प्रति छन ।
गीता - रहस्य पुस्तक बाट, मेरै लेखनको प्रतिकात्मक गीतोपदेश बाट ।
प्रतीकात्मक गीतोपदेश :
धृतराष्ट्रले संजयलाई युध्दगर्न गएका मेरा र पाण्डवका छोराहरू के गर्दैछन भन्ने जिज्ञासा राखेको देखिन्छ । संजयले आफ्नो दूरदृष्टि र दूर स्रवण क्षमताको प्रयोग गर्दै युद्धभूमिलाई हेर्दा उनीहरू युद्धको रणनीति बनाईरहेको देख्दछन। महाभारतको युद्ध धर्मभूमि/ कुरूक्षेत्रमा भएको मानिन्छ ।कुरूक्षेत्रले एक प्रकारले मानव शरीरको प्रतिनिधित्व गर्दछ ।जहॅा कुनै विषाद छैन , चिन्ता छैन त्यस्तो स्थानलाई धर्मभूमि भनिन्छ । जसले यस युद्धमा शुद्ध मानसपटलको प्रतिनिधित्व गरेको देखिन्छ । शायद त्यसैले गर्दा धर्मक्षेत्रलाई नै कुरूक्षेत्र भनिएको हुन सक्छ ।
धृतराष्ट्रको जिज्ञासा स्वभाविक हो। उनी जन्मान्ध थिए । जन्मान्धले जहिलेपनि ज्ञानको पृष्ठभूमि उत्सुकतालाई प्राथमिकता दिन्छ ।गीतामा कृष्णले विषादग्रस्त चित्त भएका अर्जुनलाई जे जति उपदेश दिए ती सबै सॅजय मार्फत धृतराष्ट्रले पाएको देखियो/ ठानियो । धृतराष्ट्रले जिज्ञासा नराखेको भए गीता जन्मने थिएन । सॅजयले व्यास बाट दूर स्रवण र दूरदृष्टि पनि पाउने थिएनन् । जन्मान्ध ब्यक्ति भनेको केहि नदेखेको र नजानेको अज्ञानको प्रतिक हो । अज्ञानीहरू जान्दै बिर्सदै गर्दछन । त्यसैले धेरै जान्नको लागी चिन्तित देखिन्छन् ,धृतराष्ट्र जस्तै ।
महाभारतको युद्धमा गुरू द्रोणाचार्य , कूल गुरू कृपाचर्य ,भिष्म पितामह जस्ता ब्यक्तिहरूले अधर्मको पक्ष लिएको देखिन्छ । गुरू द्रोणाचार्यले कौरव तथा पाण्डवलाई शास्त्र विद्धा दिएका थिए। । भिष्म पितामह अत्यन्त शक्तिशालि र ईच्छ्यामरणका वरदान पाएका गंगापुत्र थिए ।द्रोणाचार्यले दुवै तर्फको शिष्यबिचको युद्धमामानसिक रूपमा पाण्डव पक्षलाई रशारीरिक रूपले कौरव पक्षलाई सघाएका थिए । त्यस्तै अवस्था भिष्म पितामहको पनि देखिन्छ । यो युद्धमा द्रोणाचार्य र भिष्मले मानसिक रूपमा पाण्डवपक्षलाई नसघाएको भए कहिलेपनि सकिने थिएन। त्यसैले पनि शारीरिक शक्ति भन्दा मानसिक शक्ति प्रवल हुन्छ भन्ने देखाएको छ । द्रोणाचार्य र भिष्मले बाध्यात्मक परिवेशको सामना गरेको देखिन्छ । यसरि हेर्दा एउटा ब्यक्तिको शरीर र मनमा पाईने द्दन्दात्मक स्थितिको यसले प्रतिनिधित्व गरेको देखिन्छ / छ । किनकि यिनीहरूको मन एकातिर र शरीर अर्कोतिर देखिन्छ । यस्तो द्दन्दात्मक स्थितिमा अल्झेका ब्यक्तिसंग अहंकार एवं मानका प्रतिक दुर्योधनले साथ छोडदैन / दिईरहन्छ । पाण्डवहरूलाई यो कुराको जानकारि भएकोले नै कौरवहरू संग कसरि युद्ध गर्ने भन्ने रणनीति बनाएको देखिन्छ । कौरवलाई पनि पाण्डवको रणनीति बुझ्ने , अवलोकन गर्ने ईच्छ्या जाग्दछ । धृतराष्ट्रको ‘ के गरिरहेछन ‘ सवालमा संजयले यिनै कुरालाई वर्णन गरेकाछन । क्रमस: ।
मान्छे प्रकृति (स्त्री ) र पुरूष बिचको संयोगको प्रतिफल हो । सबैजसोले काम (यौनेच्छ्या )त्याग्न उपदेश गर्दछन । आफू स्वयॅचाहिॅ ‘कामि ‘हुन्छन । कामको उपज ( ब्यक्ति ) काम ( यौन)बाट अलग्गिएर चोखै बस्न सक्दैन । त्यसैले यो बिश्व ब्रह्माण्डका यौनज जीवहरू पेट ( भोक ) र यौनकेन्द्र द्वारा परिचालित छन् । भोक र यौनेच्छ्या ( कामवासना ) मान्छेको जीवन केन्द्रित भएको छ । भोक शान्त नगरेसम्म जीव सक्रिय भईरहन्छ / रहनु पर्दछ । यौनेच्छ्या , जीवनको लागि बिशेष उर्जा हो । यौन उर्जालाई नै जीवन उर्जा भनिन्छ । अत: भोक शान्त गर्दा होस वा कामवासना पूर्तिगर्दाहोस ,ब्यक्तिले सजग हुनु पर्दछ । अति कहिं कतै नगर्नु बेश हुनेछ । ब्रह्मको चिन्तन वा प्राप्तिमा पनि यौन उर्जा सॅचित हुनु पर्दछ / अत्यावश्यक छ । जुनसुकै लक्ष्य मा पुग्न यौन उर्जाको सहयोग बिना संभव छैन ।
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Kathmandu
