31/03/2026
महर्षि वाल्मीकिले रचना गर्नुभएको संसारकै आदिकाव्य श्रीमद्वाल्मीकीय रामायण मूल संस्कृतका साथ नेपाली भाषामा अनुवाद दुई भागमा चाँडो आउँदै छ
प्रतीक्षा गर्नुहोस् ।
वाल्मीकीय रामायण नेपालको राष्ट्रिय ग्रन्थ हो । संसारको पहिलो काव्य हो ।
14/03/2026
भोली विश्व उपभोक्ता अधिकार दिवस
Safe Product, Confident Consumers
03/03/2026
नया बन्ने सरकार बाट न्यूनतम अपेक्षा
[गन्तब्य: सफा, सभ्य, सुरक्षित र भव्य नेपाल]
पहिलो वर्षमै धेरै ठूला अपेक्षा राख्ने त होइन, तर राज्यको दैनिकी बाहेक तलका साधारण परिवर्तन भए मात्र पनि आम नागरिकले ठूलो राहत र परिवर्तन महसुस गर्नेछन्:
• बिजुलीका तारहरू जमिनमुनि लैजाने काममा तदारुकता देखियोस्। त्यसो गर्दा खतरनाक भोल्टेज भएका बक्सहरूले पैदल मार्ग ढाकेर नराखी, जमिनमुनि वा अन्य सुरक्षित समाधान निकालियोस्।
• प्रविधियुक्त फोहोर व्यवस्थापन र पुनर्चक्रण (recycling) को अवधारणामा ठोस काम अगाडि बढोस्।
पैदल यात्री, साईकल चालक र शारीरीक दुर्बल भएकाहरूलाई सडक प्रयोग मा प्राथमिकता दिईयोस्।
• माछा-मासु घाममा देखाएर पानी छर्केर दिनभरि राखेर बेच्ने प्रथा पूर्ण रूपमा बन्द गरियोस्। यसको सट्टा चिस्यानयुक्त (cold storage/refrigerated) दराजमा राखेर मात्र बिक्री गर्ने नियम कडाइका साथ लागू होस् र सुरक्षित बधशाला
(slaughterhouse) को अवधारणा अवलम्बन गरियोस्।
• औषधीको तस्करी र नक्कली औषधीको कारोबार नियन्त्रण गर्न प्रभावकारी कदम चालियोस्।
• नक्कली तथा विषाक्त खाद्यान्न, फलफूल र तरकारीको निर्बाध बिक्रीवितरणलाई जरोबाटै अन्त्य गरियोस्।
• मन्दिर, मूर्ति र सांस्कृतिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिइयोस्।
• बालक, महिला र वृद्धवृद्धाहरूको पोषण तथा स्वास्थ्यमा विशेष व्यवस्था मिलाइयोस्।
• भ्रष्टाचार नगर्ने प्रतिबद्धताको पालना गरीयोस् , साथै विगतका ठूला भ्रष्टाचार काण्डका दोषीहरूलाई न्यायोचित दण्ड सजायको भागीदार बनाइयोस्।
यी कुराहरू साना लाग्न सक्छन्, तर यिनैले दैनिक जीवनमा ठूलो फरक पार्छन्। यस्ता आधारभूत सुधारबाट नै नेपाल सफा, सभ्य र सुरक्षित बन्न सक्छ।
करौडौं गर्नु पर्ने सुचि तेर्स्याएर भन्दा , अब सानो सानो पाईला चाली एक शसक्त आत्मनिर्भर राष्ट्र बनाउन पहरेदार को भुमिकामा हामी बिना शर्त र माग तैयार छौं।
Sushil ThapaBhandari BishalVaidik Anusandhan Guthiसंस्कार शिक्षा Ujwal Thapa Foundation Lions Clubs International
12/02/2026
Healing Nepal अब नयाँ अध्यायमा!
मुख्य फोकस:
• भ्रष्टाचारविरुद्ध निगरानी
• उपभोक्ता अधिकार संरक्षण
हामी राजनीतिक रूपमा पूर्ण तटस्थ छौं।
दलमा नलागेका सबैको विचार, ऊर्जा र समर्थन हार्दिक स्वागत छ।
सामान्य नागरिकको हितका लागि संगै काम गरौं!
07/12/2025
खासमा लेखेको चांही यस्तो हैः
नेपालमा वि.सं. २०७५ मा उपभोक्ता संरक्षण ऐन लागू भएयता पनि सर्वसाधारणको दैनिक जीवनमा उपभोक्ता हितविपरीतका घटना झन् बढ्दै गएका छन्। बजार अनुगमन फितलो छ, सरकारी निकाय मौन छन् र नागरिक समाजको आवाज कमजोर बन्दैछ। फलस्वरूप सूचनाको हक, खाद्य सुरक्षा, आधारभूत स्वास्थ्य सेवा, शिक्षा र वैदेशिक रोजगारी जस्ता क्षेत्रमा उपभोक्तामाथि ठगी र शोषण निर्वाध चलिरहेको छ।
को कार्यक्रम अब #भ्रष्टाचार #दण्डहिनता र #उपभोक्तासंरक्षण मा केन्द्रीत रहनु पर्छ।
03/12/2025
पुरानाले लुट्ने
पुराना पुराना लुट्नलाई फेरी मिल्ने
नयांहरूले लुट्ने
नयां नयां लुट्नकोलागी मिल्ने
नयां र पुराना समेत मिलेर लुट्ने
यी सबै खाले सम्भावना प्रबल छ
जहां भ्रष्टाचारको गन्ध पाउनु भयो वा उपभोक्ताहित विपरीत काम को खबरदारी हामी सबै मिलेर गरौं
सवल नेपालको लागी हाम्रो खबरदारी
17/08/2025
परीणाम देखाउ न उदाहरण सहित
तातो न भुत्लो, हिटलर देखी का कुरा मा जर्मनहरू अड्केर बसेका भए वा पैसो ( दान दातब्य) लिएर त्यसमै रूमल्ली राख्या भए आज जर्मनी पनि रोमानिया र बुल्गेरीया जस्तै हुन्थ्यो
तेश्रो विश्व मा अड्काई राख्न चाहने तत्व खाली “कसरी कुरो बिग्रयो मै अड्क्या” छन - “कसरी कुरो सपार्ने” मा चांही उपाए नास्ति
23/06/2025
भर्खर बनेको पुल, करोडौँ खर्चेर बनाएको, तर पहिलो बर्खामै भत्किन्छ।
• शवदहन सेल्टरदेखि हरेक सप्लाईसम्म, हरेकमा कमिसनको खेल, लाजै नमानी खुलेआम लुटिन्छ।
• एकमात्र पूर्व–पश्चिम राजमार्ग, जुन कहिल्यै अविरल र अबाधित बन्दैन, बाटोको नाममा बिछ्याइएको कालोपत्रे बर्खाले बगाउँछ।
• तीस वर्षदेखि उद्घाटनको तामझाम गरिएको खानेपानी आयोजना, दर्जनौँ पटक रिबन काटिए पनि गाग्री बोकेर लाइन बस्नुपर्ने नियति कहिल्यै टर्दैन।
• फोहोरमैला व्यवस्थापनको कुरा त झन् हाँसोउठ्दो—दिगो समाधानको सट्टा सहर डुब्छ फोहोरको पहाडमा।
• अर्बौँको हवाई रनवे, जहाँ उडान होइन, पोखरी जम्छ, र हाम्रो विकासको सपना पानीमै डुब्छ।
• सामाजिक न्याय? त्यो त जमिनमुनि पुरिएको छ, पैसा र पदको अगाडि नतमस्तक भएर।
यही सब हुँदा पनि हामी, लोभको दलदलमा फसेर,भ्रष्टाचारीको पक्ष लिन्छौँ।आजीवन कारावास पाउनुपर्ने अपराधीको “फुलटाईम” जयजयकार गर्छौँ।
अनि, यस्सो देश को “पार्टटाईम” चिन्ता गर्छौं