Officer Cadet squad Around Nepal 'Nepalese Army'

Officer Cadet squad Around Nepal 'Nepalese Army'

Share

This is completely one of the Forum for Study and for Research about security forces

10/04/2026

The Model 1903 Springfield Guiberson periscope trench rifle was a rare, experimental firearm designed to allow soldiers to aim and fire from the safety of a trench during World War I. While other trench rifles used bulky external frames, the Guiberson featured a unique folding stock that built the periscope system directly into the weapon.

10/04/2026

भाई निराजनसँगै युवराज दीपेन्द्रको गोप्य सोलु भ्रमण

बिसं २०६८ को सुरुवातमा म सोलुको लुक्ला हुँदै नाम्चेसम्म पुगेको थिएँ। होटलको नाम बिर्सें, नाम्चेको एउटा होटलको लवीमा भित्तामा सैनिक पोशाकका दुई युवकहरुको व्यक्तिहरुको तस्वीर देखियो।

तस्वीरमा देखिने महिला त होटल मालिक नै थिइन्, नचिन्ने कुरै भएन। सैन्य पोशाकका दुई युवामध्ये एकजनाको अनुहारपनि परिचितजस्तै लाग्यो।

तस्वीरमा उनी होटलको पाहुना पुस्तिकामा केही लेखिरहेको देखिन्छन्। होटल मालिक महिलालाई सोधेँ, ‘के तस्वीरमा देखिने युवा युवराज दीपेन्द्र हुन्?’

मेरो अनुमान सही ठहरियो। मलाई लागेको थियो, युवराज दीपेन्द्रको अगाडि उभिएका सैनिक पोशाक लगाएका अर्का व्यक्ति उनको सुरक्षामा खटिएका अंगरक्षक होलान्।

तर, सैन्य पोशाकका अर्का व्यक्ति युवराज दीपेन्द्रका अंगरक्षक होइन, भाई अधिराजकुमार निराजन पो रहेछन्। उनी युवराज दीपेन्द्रले होटलको अतिथि पुस्तिकामा हस्ताक्षर गर्दै गरेको क्षण हातमा चिया लिएर हेरिरहेका छन्।

त्यो तस्वीर बिसं २०५७ को रहेछ, दरवार हत्याकाण्ड भन्दा एक वर्ष अगाडिको। युवराज दीपेन्द्र र अधिराजकुमार निराजन गोप्य रुपमा सोलु भ्रमणमा गएका रहेछन् र त्यही होटलमा बास बसेका रहेछन्।

होटलको भित्तामा टाँगिएको यो तस्वीर कपी गर्दा दरवार हत्याकाण्ड भएको पनि १० वर्ष बितिसकेको थियो र रंग उड्दै जाँदा तस्वीर धुमिल बन्दै जान थालेको छ।

दरवार हत्याकाण्ड भएको पनि २४ वर्ष बितिसक्यो। लामो समय भएकाले त्यो तस्वीरको रंग पनि उड्दै गएर धुमिल भइसक्यो होला। तर, उनीहरुप्रतिको हाम्रो स्मृतिको रंग नउडोस्, धुमिल नहोस्।

23/03/2026

विशेष फौजको निरीक्षणका लागि राजा वीरेन्द्रलाई जर्मन सेनाको ज्याकेट

राजा वीरेन्द्रले संघीय गणतन्त्र जर्मनीको भ्रमण २०–२५ अक्टोवर १९८६ मा गरेका थिए। रानी ऐश्वर्यपनि साथमा थिइन्। त्यसक्रममा उनले जर्मन सेनाको विशेष सेनाको निरीक्षणपनि गरे।

विशेष फौजको निरीक्षणमा जानुअघि राजा वीरेन्द्रलाई एक विशेष सैन्य ज्याकेट उपलब्ध गराएको थियो। रोचक पक्ष चाहिँ के हो भने, ज्याकेटको दाहिने भागको गोजीनिर ‘नेपालका राजा वीरेन्द्र’ लेखिएको थियो।

राजा वीरेन्द्रको साथमा रहेका भ्रमण दलका अन्य सदस्यहरुलाई भने यस्तो ज्याकेट दिइएको थिएन।

सायद जर्मन विशेष फौजका अधिकृत र सैनिकले राजा वीरेन्दलाई सहजै चिनुन् र उनीहरुको तर्फबाट दिइनुपर्ने उचित सम्मानमा गल्ती नहोसु भनेर हो कि?
Source : sitaram baral

22/02/2026

नेपाली सेनाको पहिलो United Nations Force Commander अवकाशप्राप्त रथी श्री कृष्ण नारायाण सिङ् थापा हुनुहुन्छ , उहाले सन् 1993 मा लामो समयदेखि चलिरहेको इराक र कुबेत युद्द लाई बार्ता मार्फत स्थाइ रुपमा समाधान गरे पश्चात् प्रशंशीय काम गर्नु भएकोले ,संयुक्त राष्ट्र संघका तत्कालिन महासचिव Boutros - Ghali (Egypt) बाट सम्मानित हुनुभएको थियो |

04/12/2025
Photos from Officer Cadet squad Around Nepal 'Nepalese Army''s post 03/12/2025

पहिलो “प्यारा जम्प” हेर्न इजरायलको राष्ट्रपति आएका थिए
१.नेपाली सेनालाई छाताधारी फौजको तालिम “प्यारा जम्प” गराउन मित्र राष्ट्र इजरायलले सहयोग दिएर इजरायलमा नै बोलाई वि.सं. २०२२ भाद्र ५ गते १५ सदस्य नेपाली सेनाको टोली इजरायल प्रस्थान गर्यो । यो टोलीको नेता उप सेनानी (पछि ब्रिगेडियर जनरल) चिनियाबहादुर बस्न्यातले गरेका थिए ।
२.केही हप्तापछि सेनानी यडवनशम्शेरराणा (पछि भैरव नाथको गणपति प्रमुख सेनानी) को नेतृत्वमा १०० जना पनि इजरायल गयो, सोही तालिमको लागि ।
३.उक्त दुवै टोलीले प्यारा जम्प तालिम गरी नेपाल फर्केपछि २०२२ चैत्र ८ गते घोडे जात्राको दिनमा काठमाडौंको टुढिखेलमा श्री ५ महाराज महेन्द्रको उपस्थितिमा एक सेक्सन (१३ जना) ले प्यारा जम्प गरे । सो अवसरको लागि नेपालले इजरायलका राष्ट्रपति जाल्मान साजारलाई निम्त्याएको थियो । इजरायली राष्ट्रपतिले पहिलो पटक नेपाल भ्रमण गरेका थिए ।
४. नेपाली सेनामा “विशेष फौज” – Special Force खडा गर्न मित्र राष्ट्र इजरायलको पहिला देखि अहिलेसम्म पनि सहयोग रहदै आएको छ ।
५.पहिलो तस्विरमा – ईजरायल जाने १५ जनाको पहिलो टोली, । दोस्रो – इजरायलका राष्ट्रपतिसंग उपसेनानी चिनिया ।
Source : retd gen prem

30/09/2025

सम्मानगारत दिने फस्ट राइफल पल्टन

१) मैले थाहा पाय अनुसार जब श्री ३ जंगबहादुर कुवर राणा बेलायत प्रस्थान गर्ने क्रममा र बेलायत पुगे पछि उनको सम्मान मा आयोजित " सैनिक सम्मान गारत परेड " बाट प्रभावित भयर श्री ३ जंगले नै नेपालमा पनि " सम्मान गारत " को औपचारिक थालनी गरेको थिय। उनि बेलायत बाट फर्कनासाथ् १६ वटा पल्टनहरु बाट ६ फिट र सो भन्दा अग्ला अमल्दार र हवल्दार हरु छानेर ३०० जनाको संख्या मा " पार्स्ववर्ति पल्टन " अर्थात ADC Troops स्थापना गरे। यो पल्टन ले हजुरिया गारत को काम गर्दै आयो।

२) बि स २००८ साल पछि बिजुली गारत लाइ " राइफल पल्टन " अर्थात जनजिब्रोमा " रिफेल पल्टन " भनियो। पछि अर्को पनि राइफल पल्टन खडा भय पछि यी दुबैको नाम फस्ट राइफल पल्टन र सेकेण्ड राइफल पल्टन भयो। पुरानो राइफल पल्टन को क्रमिकता हालको फस्ट राइफल गण हो। बि स १९०६ चैत १० गते स्थापित यो गण को इतिहास गौरबमय छ।

३) तस्बिरमा : यो पल्टन अर्थात पार्स्ववर्ति पल्टनले सन् १९२२ मा बेलायतका Prince of Wales Edward Albert नेपालको तराई भूभाग (हालको चितवन) मा शिकार खेल्न आउँदा उनको स्वागतमा उनलाई तराईमा " सैनिक सम्मान गारत परेड " अर्थात "Guard of Honor प्रदान गर्दै। साथमा तत्कालीन श्री ३ महाराज चन्द्रशमशेर राणा।

४) उस बखतको संरचना अनुसार : कम्पनि = गुल्म, बटालियन = गण , रेजिमेण्ट = पल्टन, ब्रिगेड = बाहिनी र डिभिजन = पृतना हो।

५) यस गणका पूर्व गणपति कर्नेल झंकबहादुर सिलवालका अनुसार बि स २०४४ साल बाट फस्ट राइफल गणमा ६ फिटे र सो भन्दा अग्लो भर्ना गर्ने परम्परा लाइ खारेज गरियको रहेछ। अहिले पनि सोहि परम्पराअनुसारको ६ फिट भन्दा अग्ला फौज रहेका सम्मान गारत दिने गण को क्रमिकता दिनु नेपालि सेनाको संस्कार र देसको इज्जतको पनि सम्मान हुने कुरो पक्का हो।

source : ret gen prem singh Basnyat

Photos from Officer Cadet squad Around Nepal 'Nepalese Army''s post 31/03/2023

नेपाली सेना मा पहिलो टेन्डम ( प्यारा ) जम्प

१. नेपाली सेनाको प्यारा तालिम स्कुल ले निबेदन गरे पछी र सैनिक जङी अद्डा को आदेस र लजेस्टिक सपोर्ट पाय पछी काठमाडौं को मनहरा फाट ( ड्रपिङ जोन ) मा मिती २०५७ फागुन ४ गते नेपाली सेनाले मेजर प्रजोल बस्नेत लाई टेन्डम जम्प गर्ने अनुमती र आदेस दियको थियो। त्यस पछी मेजर प्रजोल ले कप्तान उज्जल थापा ( हाल महा सेनानी हुनु हुन्छ ) लाई बोकेर जम्प गरेका थिय।

२ .यो जम्प नेपाली सेनाको RAN 28 पुमा हेली कोप्टर बाट भयको थियो भने पाइलट हरु कर्नेल मदन के सि र मेजर बिरेन्द्र थापा हुनु हुन्थ्यो।

३. पहिलो जम्प सफल भय पछी अर्को जम्प गराइयन। नेपाली सेनाको पहिलो रेकर्ड हुने भयो यो घटना । अब यो पहिलो अभिलेख लाई गुप चुप राखेर उक्त जम्प लाई लुकाउने प्रयास गरे सम्बन्धित छेत्रका माझौला - ठुला फुली मिलेर। किन कि ति ठुला फुली का रेकर्ड हरु पछाडि पर्ने भयकोले होला ?

४ .मेजर प्रजोल ले आफ्नो पहिलो जम्प लाई मान्यता दिलाउन आफ्न कमान्डर देखी प्रधान सेनापती सम्मा धाय। आफ्नो कमान्डर को सिफारिस न भय पछी मेजर साब छक्क परे। त्यहा एउटा गिरोह खदा भय, उनी बिरुद्ध। मैले देखेको र थाहा भयको कुरो।

५. उक्त अभिलेख को लागि मेजर प्रजोल ले सबै तिर निबेदन हाले। उनलाई त्यस पछी ब्यारेक मा थुनेर यती आमानबिय व्यबहार गरेको समेत् मैले देखे। किनकी म पनि त्यही ब्यारेक मा थिय तर हाम्रो कार्यालय फरक थिय कमान्डर फरक थिय। मेजर बस्नेत लाई कसैले कुरा न गर्ने न भेट्न आदेस हुँदा मा छात्ती फुलायर भेट्थे। अनी उनका परिवार लाई पनि भेट गराउथे ( तर कमान्डर्को आदेस मा )। मेरो आँखाले देखेको यत्ती ठुलो अन्याय लाई म कसरी बिर्सनु भनेर मेजर प्रजोल को टेन्डम जम्प बारे मैले नेपाली सेनाको ईतिहास लेख्दा, मेरा पुस्तक मा र लेखहरुमा कहिले छुटाउदिन। उनी माथि को अन्याय उस बखतको ठुला फुलिको नामर्दपन हो। जम्प गर्ने आदेस माग्ने, अद्देस लिने, हावाइ जहाज दिने अनी जम्प गरे पछी को अभिलेख मेटाउने । गज्जब ???

६ .यही कारणले मेजर प्रजोलले धेरै मुद्दा लढेर के के भयो ?? सर्वोच्च अदालथ बाट केही बर्ष पछी मुद्दा जितेर जागिर छाडे। तर उनको अभिलेख अहिले पनि माटो मुनी नै छ। बिस्त्रित कुरा मेजर प्रजोल लाई थाहा छ। एउटा मरियाको ईतिहास लाई जिबन्त बनाउन मेरो प्रयास जारी रहनेछ।

७. स्याबास मेजर प्रजोल ।

13/03/2022

Royalty in Army uniform: Crown Prince Dipendra and Prince Paras with the then Royal Nepalese Army officers. This group photo must be taken somewhere in between Dhankuta and Okhaldhunga.

Retd. Maj Adc Gajendra Bohara and Retd. Col Sudeep Kc, standing first and second respectively from the right in 3rd row are identified to us. Does anyone recognize any other Army officers seen in this photograph?
SOURCE: THE ROYAL FAMILY NEPAL

Photos from Officer Cadet squad Around Nepal 'Nepalese Army''s post 24/12/2021

सान्ती सेनाको ईतिहास
पहिलो तस्बिर : इजिप्टको साइनाइ क्ष्यत्र मा गयको पहिलो सान्ती सैनिक गण। गणपति गडुल सम्सेर राणा लगायत नरबहादुर बुढाथोकी , प्रजोल सम्सेर राणा, केसब प्रशाद गिरी , योगेन्द्र प्रताप ( पछी जरसाबहरु )तथा कन्तिन्जेन्ट कमान्डर अर्जुन नर्सिङ राणा जरसाब ।
दोस्रो तस्बिर : लेबनान को लागि सान्ती सेनाको पहिलो गण। गणपति केसर बहादुर गद्तौला ( पछी जरसाब ) लेबनान उड्नु अगी काठमाडौं एअरपोर्ट मा।
तेस्रो : सान्ती सेनाको तालिम निरीक्ष्यन को सिल सिलामा राजा बिरेन्द्र, युबराज दीपेन्द्र , अधिराज्कुमार धिरेन्द्र लगायत।
source : Rtd General Prem Singh Basnyat

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu