Kathmandu metropolitan city ward 29

Kathmandu metropolitan city ward 29

Share

२९ वड़ामा गर्नु पर्ने काम बारे हामीलाई जानकारी गर्न को लागि अनुरोध गर्दछौं

Photos from Kathmandu metropolitan city ward 29's post 01/06/2026

शनिवार र आइतबार बालाजु बाइसधारामा रहेको पौडी पोखरीमा सञ्चालन भएको प्रतियोगितामा १६१ अङ्क सहित आयोजक का म पा २९ वडाको टीम विजेता बनेको छ । आयोजक टीम मिक्स ५०×४ रिलेको पनि विजेता बन्यो । प्रतियोगितामा १२१ अङ्कसहित वडा नं. ७ को टीमले दोस्रो र ११० अङ्कसहित वडा नं. २२ को टीमले तेस्रो स्थान हासिल गरे ।
खेलमा पुरुषतर्फ वडा नं. ५ का सक्षम श्रेष्ठ र महिलातर्फ वडा नं. १८ की लुमना महर्जन उत्कृष्ट खेलाडी बन्नुभयो । उहाँहरुलाई नगद २५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरियो ।

Photos from Kathmandu metropolitan city ward 29's post 30/05/2026

बालाजु पौडी पोखरीमा १३७ जना खेलाडी बिच अन्तर वडा पौडी प्रतियोगिता सुरु महानगरवासीलाई स्वस्थ्य र सक्रिय बनाउने, अन्तर वडा सहकार्यको संस्कार बढाउने उद्देश्य सहित बालाजु उद्यानस्थित पौडी पोखरीमा आजदेखि महानगर स्तरीय पौडी प्रतियोगिता सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नंं २९ ले नेपाल पौडी संघसँगको सहकार्यमा ‘स्वस्थ्य सरीर, स्वस्थ्य वडा, स्वस्थ्य महानगर’ नारासहित आयोजना गरेको प्रतियोगितामा विभिन्न वडाहरुबाट १३७ जना खेलाडी प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा ७६ जना पुरुष र ६१ जना महिला खेलाडी हुनुहुन्छ ।

28/05/2026
27/05/2026

२९ वडाबासि इच्छुक ब्याडमिन्टन खेलाडि हरु लाइ सुचना!!!

Photos from Kathmandu metropolitan city ward 29's post 26/05/2026

“वडा को इच्छा, गतिशील शिक्षा” अन्तर्गत आयोजित सचेतनामूलक कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ ।काठमाडौँ महानगरपालिका वडा नं. २९ महिला सञ्जालकी संयोजक रेनु श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख सरोज गुरागाईं, अतिथिद्वय वडा नं. २९ का अध्यक्ष कुश ढकाल लगायत जनप्रतिनिधिहरू, विशिष्ट व्यक्तित्व तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका निर्देशक वसन्त आचार्य ज्यूले कानुनी परामर्श, कानुनी रूपरेखा तथा कानुनी सेवासम्बन्धी विषयमा रोचक ढंगले प्रस्तुति दिनुभएको थियो भने कार्यक्रम सञ्चालन वडा नं. २९ का वडा सचिव शम्भु बरालज्यूले गर्नुहुँदै वडाका गतिविधिबारे जानकारी समेत गराउनुभएको थियो ।
कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न गरिदिनु भएको मा उपस्थित सम्पूर्ण महानुभावहरू प्रति वडा महिला सञ्जाल परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौ 🙏

25/05/2026

सुचना सुचना सुचना

25/05/2026

“वडा को इच्छा, गतिशील शिक्षा” अन्तर्गत आयोजित सचेतनामूलक कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।
काठमाडौँ महानगरपालिका वडा नं. २९ महिला सञ्जालको आयोजनामा यही जेठ १२ गते दिउँसो २:३० बजे अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा सम्पन्न हुन गइरहेको उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
— २९ वडा महिला सञ्जाल परिवार

Photos from Kathmandu metropolitan city ward 29's post 15/05/2026

प्रथम वडा अध्यक्ष काठमाडौं महानगरव्यापी पौडी प्रतियोगिता २०८३ मा सह्भागि भइदिने बारे

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Dillibazar
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 15:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00