23/01/2026
२०८२ फागुन २१ गते हुने निर्वाचनको लागि काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेदवारी दिएका सम्पूर्ण २८ जना उम्मेदवारहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
म पनि स्वतन्त्र उम्मेदवारको रूपमा राष्ट्रिय परिवर्तन पार्टीको चुनाव चिन्ह ‘बाँसुरी’ लिएर यस लोकतान्त्रिक चुनावी प्रक्रियामा सहभागी भएको छु।
यो प्रतिस्पर्धामा को जित्छ भन्ने कुरा भन्दा पनि निष्पक्ष, स्वच्छ र सभ्य निर्वाचन हुनु सबैभन्दा महत्वपूर्ण छ।
अन्तिम निर्णय जनताको हातमा हुन्छ — जनताकै फैसला नै सर्वोपरि हुन्छ।
लोकतन्त्रको यो पर्वलाई सभ्य, शान्त र सकारात्मक बनाउँदै विकास, सुशासन र परिवर्तनको दिशामा सँगै अघि बढौं।
सबैलाई पुनः हार्दिक शुभकामना!
16/06/2024
राजनितिले देशभरिका, स-सानाटोलहरू, वडाहरू, ७५३ स्थानिय तहहरु, ७ प्रदेश, र पुरै देशमा कसरि प्रभाव र जरा गाडेको छ, बुज्ने प्रयास गर्दैछु॥ किन अहिलेको भ्रष्ट नेत्रित्व र पार्टिको गुनगान, चाकडि र झोला बोकि रहेका छन्, सोझा नागरिकहरु, त्योपनि सुझ्म अध्यन गरिरहेको छु॥ अहिलेको चारैवटा ठुला दलहरू, कांग्रेस, एमाले, माओवादि र रास्वपा, चारै दलहरु मिलेर मजाले भ्रष्टाचार र भ्रष्टहरुको सम्रक्षण गरिरहेका छन्। पुरानै तरिकाले देशमा कामहरु भैरहेको छ, परिवर्तन यि पुराना दलहरुले लेराउन सकेनन्, र नया दलले पनि सरकारमा बसेर केहि गरेन र केहि गर्दैन, त्यो झन भ्रष्ट र ब्याकमेल गरिरहेको छ॥ अब केहि भएन, केहि गरेन, परिव्रतन भएन, भनेर गफ गरेर मात्र त भएन, अब केहि गर्ने पालो युवाको हो, म त सक्रिय राजनिति गरिरहेको छु, बिनाकुनै पार्टि। आउनुहोस मिलेर काम गरौं। युवाहरु एकजुट हौं॥
12/06/2024
अहिलेको चार मुख्य दलहरु, कांग्रेस, एमाले, माओवादि, र रास्वपाले जनताको भोट लिएर पुरानै भ्रष्ट राजनितिक चरित्र देखाएका छन्॥ युवा बिद्रोह आवस्यक छ अब॥