24/05/2026
हाल देशका केही प्रसारण लाइन क्षेत्रमा प्रतिकूल मौसमका कारण रुख ढल्दा केही स्थानमा अस्थायी रूपमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएको छ। प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिई मर्मत तथा पुनः सञ्चालनको कार्य तीव्र गतिमा अघि बढाइरहेका छन्।
हालसम्मको प्रगति विवरण:
१. पिलुवा (पथलैया) – चन्द्रनिगाहपुर खण्ड
टावर नं. १२२–१२३ बीच रुख ढलेर प्रसारण लाइन प्रभावित भएकोमा उक्त रुख हटाउने कार्य सम्पन्न भइसकेको छ। हाल सर्किट चार्ज गर्ने कार्य भइरहेको छ।
२. सोही खण्ड (टावर नं. १३६–१३७)
तीन वटा रुख हटाइएको छ तथा लाइन पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य जारी रहेको छ।
३. अमलेखगञ्ज – कामाने खण्ड
टावर नं. ४६–४७ बीच एक रुखका कारण HTLS कन्डक्टरमा क्षति पुगेको छ। मर्मतका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको छ र स्ट्रिङिङ कार्य सुरु गरिएको छ।
नेपाल विद्युत् प्राधिकरण प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत् आपूर्ति पुनः सुचारु गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ।
विद्युत् सेवामा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। उपभोक्तावर्गको धैर्य, समझदारी तथा सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
21/05/2026
विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिको सूचना
19/05/2026
नेपालका नदीहरू केवल पानीका स्रोत होइनन्, सभ्यता, संस्कृति र समृद्धिका आधार हुन्।
नदी संरक्षणसँगै समग्र जलस्रोत विकासमार्फत स्वच्छ ऊर्जा, दिगो सिंचाइ, जैविक विविधता संरक्षण र समावेशी समृद्धितर्फ सरकार प्रतिबद्ध छ।
#नदीसंरक्षण #जलस्रोतविकास #ऊर्जासमृद्धनेपाल
08/05/2026
नेपालको डिजिटल सार्वभौमिकता सुदृढ बनाउने दिशामा पहल। 🇳🇵
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत नेपाल विद्युत प्राधिकरणको सहायक संस्था Nepal Digital Infrastructure Company Limited मार्फत अब नेपालीहरूको संवेदनशील डाटा नेपालमै सुरक्षित राख्ने उद्देश्यसहित आफ्नै Sovereign AI Data Center निर्माणको अवधारणा अघि बढाइएको छ।
यो केवल प्रविधि पूर्वाधारको विकास होइन, भविष्यको डिजिटल नेपाल निर्माणतर्फको महत्वपूर्ण कदम हो।
06/05/2026
मनसुन नजिकिँदै जाँदा, आज माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठज्यूले जल तथा मौसम विज्ञान विभागको स्थलगत अवलोकन गर्नुभयो। अवलोकनका क्रममा मौसमी सूचना प्रणालीको प्रभावकारिता, पूर्वानुमानको पहुँच तथा विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका पूर्वतयारीबारे विस्तृत जानकारी लिनु भयो।
जलवायुजन्य चुनौतीहरूको सामना गर्न समयमै सूचना प्रवाह र संस्थागत तयारी सुदृढ बनाउनु आजको आवश्यकता हो: सरकार यसतर्फ प्रतिबद्ध छ।
05/05/2026
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम यस मन्त्रालय तथा मन्त्रालयको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्बाट नियुक्त भएका तपशिल बमोजिमका नेपाल विद्युत प्राधिकरण र विद्युत नियमन आयोगका पदाधिकारीहरु मिति २०८३।०१।१९ गतेदेखि लागु हुने गरी स्वत: पदमुक्त भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
29/04/2026
नेपालका लागि जापानका राजदूत Maeda Toru ले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री माननीय Biraj Bhakta Shrestha सँग शिष्टाचार भेट गर्नुभयो।
भेटका क्रममा Japan र Nepal बीचको दीर्घकालीन र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भयो। विशेषगरी ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने, जापानी लगानी प्रवर्द्धन गर्ने तथा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउन विविध सहकार्यका क्षेत्रहरू अन्वेषण गर्ने विषयमा विचार आदानप्रदान गरिएको थियो।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जापान सरकारको निरन्तर सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै दिगो विकास र पारस्परिक समृद्धिका लागि 🇯🇵 🇳🇵 सहकार्यलाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको छ।
The Ambassador of Japan to Nepal, Maeda Toru, paid a courtesy call on the Honourable Minister for Energy, Water Resources and Irrigation, Biraj Bhakta Shrestha.
The meeting highlighted the longstanding and friendly relations between Japan and Nepal. Discussions focused on enhancing bilateral cooperation in the energy and water resources sectors, including promoting Japanese investment and exploring a wide range of collaborative opportunities to further strengthen the partnership between the two countries.
The Ministry of Energy, Water Resources and Irrigation expresses its appreciation for Japan’s continued support and reaffirms its commitment to deepening 🇯🇵 🇳🇵 cooperation for sustainable development and mutual prosperity.
29/04/2026
Delegation of the European Union to Nepal का राजदूत Veronique Lorenzo ले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री माननीय Biraj Bhakta Shrestha सँग शिष्टाचार भेट गर्नुभयो।
भेटवार्ताका क्रममा नेपालका ऊर्जा क्षेत्र अन्तर्गत भइरहेका सहकार्यलाई अझ सुदृढ बनाउने, लगानीमैत्री वातावरण सुधार गर्ने तथा निजी क्षेत्र र व्यवसाय प्रवर्द्धन गर्ने विषयमा सकारात्मक छलफल भयो।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय युरोपेली संघको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्रको दिगो विकासका लागि 🇪🇺 🇳🇵 साझेदारी अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको छ।
----------------------------------------------------
The Delegation of the European Union to Nepal Ambassador, Veronique Lorenzo, paid a courtesy call on the Honourable Minister for Energy, Water Resources and Irrigation, Biraj Bhakta Shrestha.
The meeting featured a constructive exchange on advancing engagements in Nepal’s energy sector, with particular emphasis on enhancing the investment climate, promoting sustainable energy development, and creating an enabling environment for businesses to grow and thrive.
The Ministry of Energy, Water Resources and Irrigation appreciates the continued support and partnership of the European Union, and reaffirms its commitment to further strengthening 🇪🇺 🇳🇵 cooperation in the energy domain.
26/04/2026
सुझावका लागि आह्वान
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विद्युत खपत वृद्धि तथा ऊर्जा निर्यातसम्बन्धी रणनीतिको मस्यौदा तयार गरिएको छ। उक्त मस्यौदालाई अझ परिष्कृत र प्रभावकारी बनाउन सरोकारवाला निकाय, विज्ञ तथा आम सरोकार राख्ने पक्षहरूबाट रचनात्मक सुझावहरूको अपेक्षा गरिएको छ।
प्राप्त सुझावहरूलाई समेटी अन्तिम रूप दिइने भएकाले कृपया आफ्ना मूल्यवान् सुझावहरू यथाशीघ्र पठाइदिनुहुन अनुरोध गरिन्छ।
ईमेल: [email protected]
“ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३” को मस्यौदामा राय सुझाव माग गरिएको सम्बन्धमा | Ministry of En
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
25/04/2026
The Ministry of Energy, Water Resources and Irrigation held a cordial and productive meeting today with His Excellency Zhang Maoming, Ambassador of China to Nepal, who paid a courtesy call on the Hon’ble Minister for Energy, Water Resources and Irrigation, Biraj Bhakta Shrestha.
During the meeting, both sides engaged in constructive and forward-looking discussions on areas of mutual interest, particularly in enhancing cooperation in the energy, water resources, and infrastructure sectors. The dialogue also emphasized the exchange of state-of-the-art renewable energy solutions, advanced technologies, and capacity-building initiatives to support Nepal’s sustainable energy transition.
Both parties reaffirmed their commitment to further strengthening collaboration and advancing initiatives that contribute to sustainable development, regional connectivity, and shared prosperity.
The Ministry looks forward to continuing this positive engagement and deepening bilateral cooperation in the days ahead.
24/04/2026
The Ministry of Energy, Water Resources and Irrigation held a cordial and productive meeting with His Excellency Naveen Srivastava, Ambassador of India to Nepal, who paid a courtesy call on the Hon’ble Minister for Energy, Water Resources and Irrigation, Biraj Bhakta Shrestha.
During the meeting, both sides engaged in fruitful exchanges on areas of mutual interest, particularly in strengthening cooperation in the energy and water resources sectors. Discussions underscored the longstanding partnership between Nepal and India, and the shared vision of advancing sustainable development and regional connectivity.
Both parties reaffirmed their commitment to deepening collaboration and fostering greater synergy to ensure shared prosperity and mutual benefit for the people of both nations.
The Ministry looks forward to further strengthening this partnership through continued dialogue and cooperation.