28/09/2025
पाप !!
आज म जे छु जस्तो अवस्थामा छु त्यो सबै तपाईकै प्रेरणा र मार्गदर्शनबाट नै सम्भव भएको छ । मैले तपाईबाट हरेक समय सिकाई प्राप्त गरे 🙏 आज तपाई हामीमाझबाट अलग हुदैँ गर्दा पनि केही महत्वपूर्ण कुराहरू सिक्ने अवसर पाए, जुन हिजो मैले सिक्न पाएको थिइन 😿
मैले सकेको त गरे तर अझै सक्नु पर्ने थियो त्यो कतै सकिन कि भन्ने लागिरहेको छ 😪
हजुर मेरो र हामो परिवारको एक धरोहर हुनुहुन्थ्यो, जसको सदा अभाव रहिरहनेछ... आज म एक्लो भएको महसुस गरिरहेको छु 😪
तपाईको आत्माले कहिल्यै दुख नपाओस, जहाँ हुनुहुन्छ सधैँ खुसी रहनुहोला 🙏
हाम्रो दुखलाई नजिकबाट सहयोग र सम्झनुहुने सबै महान व्यक्तित्व तथा आफन्तहरूप्रति सदा ऋणि रहिरहनेछु । 🙏
22/09/2025
एक भेटघाट 🙏
कला दिदीलाई दोस्रो सन्तान प्राप्तिको लागि बधाई अनि सु- स्वास्थ्यको कामना गर्दै सिर्जनशीलको तर्फबाट म, नेत्र दाजु र नव दाजु संयुक्त रूपमा पुगेर भेटघाट गरियो !!
05/05/2025
नेपाल प्रहरी निरीक्षक गोपाल राई, चार्टर्ड एकाउटेन्टस सोनी राई र कुमारी क्यापिटलका डम्बर याम्फू राईसँग एक सम्झनादायी तस्बिर !!
14/04/2025
बिक्रम सम्वत २०८२ को पावन अवसरमा सबै नेपाली दिदीबहिनी तथा दाजुबहिनीहरूमा सुख, शान्ती र समृद्धिको हार्दिक मंगलमय शुभकामना !!
31/03/2025
साबिक काँगेल (क्वाङेलुङ) गाउँ विकास समितिका सचिव आदरणीय व्यक्तित्व रेवति बहादुर बस्नेतज्यूसँग धेरै समयपछि भेटघाट भयो !!
सम्झनाको लागि यो भित्तामा राखे है 🙏
29/03/2025
लो-घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङका अध्यक्षज्यूसँग बाबा अनि छोरीको दुई क्लिक !!
25/03/2025
कति कुरा बोलिन्छन
तर के पो बोलेको थियो समयसंगै भुलिहालिन्छन
केवल तस्बीर मात्र सम्झनामा रहन्छन !!🙏
22/03/2025
सिर्जनशील युवा समाज, काठमाडौं सम्पर्क समितिद्वारा आयोजित बनभोज कार्यक्रम-२०८१ मा १०० जनाभन्दा बढीको उपस्थिति रह्यो । सोलुखुम्बु जिल्लालगायत अन्य जिल्लाबाट समेत सौहार्दपूर्ण सहभागिता जनाउनु भएकोमा अन्तरमनदेखि आभार छ । आगामी दिनमा समेत यहाँहरूको साथ, सहयोग र सुझाबको अपेक्षा गर्छु । अर्को साल फेरी भेटौंला... यो पाली जो छुट्नु भयो अर्को साल अवश्य आउनुपर्छ है ।