Team Nepal

Team Nepal सानो सहयोग, ठूलो परिवर्तन ❤️मानवता नै हाम्रो पहिचान 🤝
WhatsApp : 9843707299

तपाईंहरूको प्रतिक्रिया चाहियो। 🙏डोनेसनको नाममा लगाउन नमिल्ने तथा अत्यन्त खराब अवस्थामा रहेका कपडाहरू लगातार आइरहेका छन्।...
08/10/2026

तपाईंहरूको प्रतिक्रिया चाहियो। 🙏

डोनेसनको नाममा लगाउन नमिल्ने तथा अत्यन्त खराब अवस्थामा रहेका कपडाहरू लगातार आइरहेका छन्।

अब प्रश्न यो हो—यस्ता कपडा डोनेसन गर्ने व्यक्तिको फोटो त्यही कपडामा राखेर सार्वजनिक गरियो भने कस्तो होला?

के यसलाई दान भन्ने कि अपमान?

तपाईंहरूले आफ्नो विचार खुलस्त रूपमा कमेन्टमा राखिदिनुहोस्।

नोट: यस्ता कपडाहरू पटक–पटक आउँदा हामी हैरान भइसकेका छौँ। जतिसुकै अनुरोध गर्दा पनि सुधार नभएपछि, अब अन्तिम विकल्पका रूपमा यस्ता डोनेसन सार्वजनिक गर्नुपर्ने अवस्था आउन सक्छ भन्ने जानकारी गराउँछौँ।

कृपया डोनेसन गर्दा आफूले प्रयोग गर्न सक्ने अवस्थामा रहेका, सफा र लगाउन मिल्ने कपडा मात्र दिनुहोस्।

धन्यवाद। नमस्कार। 🙏

हाम्रा वरिपरि रहेका चराचुरुङ्गीहरूलाई पनि भोक र प्यास लाग्छ। गर्मीका कारण उनीहरूलाई झनै पानी र खानाको आवश्यकता पर्छ। त्य...
08/10/2026

हाम्रा वरिपरि रहेका चराचुरुङ्गीहरूलाई पनि भोक र प्यास लाग्छ। गर्मीका कारण उनीहरूलाई झनै पानी र खानाको आवश्यकता पर्छ। त्यसैले हामीले पनि उनीहरूका लागि पानी र खानाको व्यवस्था गरिदिऔँ। 🐦❤️

सबैलाई शुभ प्रभात, गुड मर्निङ! 🌅
हजुरहरूको दिन शुभ रहोस्। 🙏❤️

थोरै–धेरैको मतलब भएन, तर डोनेसन चाहिँ यतिको राम्रो हुनुपर्‍यो। 🙏❤️
07/10/2026

थोरै–धेरैको मतलब भएन, तर डोनेसन चाहिँ यतिको राम्रो हुनुपर्‍यो। 🙏❤️

07/10/2026

उहाँको मनकारी मनलाई हृदयदेखि धेरै–धेरै धन्यवाद। 🙏❤️

नयाँ कपडा भनेर यस्तो चिज दिनुभएको छ। अब पसलमा बिग्रिएर, कसैले लगाउनै नमिल्ने अवस्थामा पुगेपछि मात्रै निकालेर दिने त होइन...
07/10/2026

नयाँ कपडा भनेर यस्तो चिज दिनुभएको छ। अब पसलमा बिग्रिएर, कसैले लगाउनै नमिल्ने अवस्थामा पुगेपछि मात्रै निकालेर दिने त होइन होला नि!

नयाँ हो, ट्याग पनि छ—त्यो देख्दैमा राम्रो र लगाउन मिल्ने हुन्छ भन्ने होइन। एट्लिस्ट लगाउन मिल्ने अवस्थाको त हुनुपर्‍यो नि!

यस्तो कपडा दिनुभन्दा बरु “हामीसँग दिन मिल्ने कपडा छैन” भनेर सिधै भन्नुभएको भए राम्रो हुन्थ्यो। नयाँ दिएँ भनेर मात्र नयाँ हुँदैन, मान्छेले लगाउन मिल्ने हुनुपर्छ।

एकपटक आफैँले हेर्नुहोस् त—यस्तो कपडा तपाईं आफैँ लगाउनुहुन्छ? लगाउन नमिल्ने कुरा अरूलाई दिनु भनेको सहयोग होइन, झन् अपमान हो।

नोट: यो पोस्ट कसैलाई दोष लगाउन वा कसैको मन दुखाउनका लागि गरिएको होइन। आगामी दिनमा कृपया यस्तो नगर्नुहोस् भनेर विनम्र अनुरोध मात्र हो। सहयोग गर्ने नाममा लगाउनै नमिल्ने वा प्रयोग गर्न नसकिने सामान नदिनुहोला। यसो गरेर हामीलाई पनि दुःखी नबनाइदिनुहोला। 🙏

🙏 डोनेसन सम्बन्धी जानकारी 🙏हामीले हरेक सोमबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म पुराना तर नयाँजस्तै देखिने कपडा तथा पसलम...
06/10/2026

🙏 डोनेसन सम्बन्धी जानकारी 🙏

हामीले हरेक सोमबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म पुराना तर नयाँजस्तै देखिने कपडा तथा पसलमा स्टक रहेका सामानहरू डोनेसनका रूपमा संकलन गर्दै आएका छौँ।

👕 डोनेट गरिने कपडा धोएको, सफा, नच्यातिएको, भुवा नआएको, दागरहित र रङ नउडेको तथा सकेसम्म नयाँजस्तै अवस्थामा भएको हुनुपर्छ।

💰 बिरामीहरूको उपचार तथा सामाजिक कार्यमा आर्थिक सहयोग भने जुनसुकै समयमा गर्न सक्नुहुन्छ।

तपाईंको सहयोगको फोटो/भिडियो हाम्रो पेजमार्फत सेयर गरी अरूलाई पनि सहयोगका लागि प्रेरित गर्न सक्नुहुन्छ।

कपडा तथा सामानको डोनेसन भने हरेक सोमबार मात्र।

सहयोगका लागि हृदयदेखि धन्यवाद। ❤️🙏
— टिम नेपाल
📍 डोनेसन गर्ने स्थान: (Easyway shopping Mitrapark)
इजी वे शपिङ, मेट्रो पार्क
पशुपति मल्टिपल क्याम्पससँगै

नोट: हाल हामी घरमै आएर कपडा तथा सामान संकलन गर्दैनौँ। कृपया डोनेसन गर्न चाहनुहुने सम्पूर्ण महानुभावहरूले हाम्रो कलेक्सन सेन्टरमा नै ल्याएर छोडिदिनुहोला। 🙏

यो दान हो कि अपमान?😭😭😭😭😭😭मैले त सकिनँ, कृपया कमेन्टमा हजुरले नै सम्हालिदिनु होला। 🙏अवश्य पनि उहाँले यो कमेन्ट पढ्नुहुनेछ...
06/10/2026

यो दान हो कि अपमान?
😭😭😭😭😭😭

मैले त सकिनँ, कृपया कमेन्टमा हजुरले नै सम्हालिदिनु होला। 🙏
अवश्य पनि उहाँले यो कमेन्ट पढ्नुहुनेछ।

06/10/2026

कपडा डोनेसन सम्बन्धी सम्पूर्ण जानकारी यस भिडियोमा छ।

कृपया भिडियो पूरा हेर्नुहोस्, सहयोग गर्नुहोस् र यो भिडियो धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्।

🕉️ ॐ गं गणपतये नमः 🙏🌺गणेश भगवानको कृपालेहजुरहरूको दिन शुभ रहोस्।
06/10/2026

🕉️ ॐ गं गणपतये नमः 🙏🌺

गणेश भगवानको कृपाले
हजुरहरूको दिन शुभ रहोस्।

05/10/2026

दिनभरिको थकानलाई केहीबेर बिर्सेर,
मनलाई शान्त पार्दै निदाउनुछ… 😌🌙

किनकि जिन्दगी भनेकै दुःख, पीडा, अभाव र संघर्षसँगै अगाडि बढ्ने यात्रा रहेछ।
कसैको घरमा आज चुलो बल्यो होला, कसैको घरमा नबलेको होला;
कसैको रात खुसीले बित्दै होला, कसैको रात चिन्ता र पीडामै बित्दै होला।
तर आशा कहिल्यै मर्न दिनु हुँदैन। ❤️

आज जति दुःख भए पनि,
भोलि फेरि नयाँ बिहान हुनेछ।
आजका आँसुहरू पुछेर,
भोलि नयाँ हिम्मतका साथ जिन्दगी सजाउनुछ।

जिन्दगीमा आउने हजारौँ कठिनाइलाई पार लगाउँदै,
लड्दै, उठ्दै र अघि बढ्दै
एक दिन आफ्नै सफलताको डङ्का बजाउनुछ। 💪❤️

त्यसैले आजका सबै चिन्ता भगवानलाई सुम्पिएर
मनमा एउटा आशा राखेर सुतौँ—
भोलि अझ राम्रो हुनेछ। 🙏

सबैको रात शान्त रहोस्,
सबैको मनमा खुसी रहोस्,
र कसैको घरमा भोक, अभाव र पीडाले बास नबसोस्। ❤️

गुड नाइट 🌙
शुभ रात्रि 🙏
भोलिको बिहान सबैका लागि नयाँ आशा र नयाँ उज्यालो लिएर आओस्। ❤️

Address

Kathmandu
4600

Website

Alerts

Be the first to know and let us send you an email when Team Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category