RSP - Nagarjun 8

RSP - Nagarjun 8 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RSP - Nagarjun 8, Political Party, Nagarjun/08, Kathmandu.

Local ward committee of Rastriya Swatantra Party (RSP) राष्ट्रिय स्वतन्त्र पार्टी in Nagarjun–08, focused on strengthening good governance, public participation, and community-driven political engagement.

🚨 अत्यन्त जरुरी सूचना | उच्च सतर्कता अपनाऔँ!भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचनालाई मध्यनजर गर्दै भ...
26/08/2026

🚨 अत्यन्त जरुरी सूचना | उच्च सतर्कता अपनाऔँ!

भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचनालाई मध्यनजर गर्दै भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्रमा मुग्लिनसम्म जोखिम बढ्न सक्ने भएकाले सबैमा उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु।

विशेषगरी रसुवा, धादिङ, नुवाकोट, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा बसोबास गर्ने दाजुभाइ तथा दिदीबहिनीहरू सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहनुहोस्।

🙏 महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षामा विशेष ध्यान दिऔँ।
🚫 नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजानुहोस्।
🚗 अनावश्यक यात्रा नगर्नुहोस्।
📢 आफू सुरक्षित रहँदै परिवार र छरछिमेकलाई पनि सचेत गराऔँ।
☎️ आपत्कालीन अवस्था आएमा सम्बन्धित निकायसँग तुरुन्त सम्पर्क गर्नुहोस्।

Emergency Helpline numbers:
APF: 1114
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa : 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
Chitwan Police: 9855013999

सतर्क रहौँ, सुरक्षित रहौँ।
आफ्नो सुरक्षा आफैँबाट सुरु गरौँ। 🙏

#सतर्करहौँ #सुरक्षितरहौँ #विपद्सतर्कता #भोटेकोशी #त्रिशूली #बाढीसतर्कता

सम्माननीय सभामुख डीपी अर्यालज्यूको सचिवालय र नेपाल प्रहरी अस्पतालको समन्वयमा नागार्जुन–६, ७ र ८ लाई लक्षित निःशुल्क स्वा...
23/08/2026

सम्माननीय सभामुख डीपी अर्यालज्यूको सचिवालय र नेपाल प्रहरी अस्पतालको समन्वयमा नागार्जुन–६, ७ र ८ लाई लक्षित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा ३४० जना महिलाले स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण तथा स्वास्थ्य परामर्श लिनुभएको छ।

शिविर सञ्चालनका लागि स्थान प्रदान गर्नुहुने रत्नराज्य माध्यमिक विद्यालय तथा निःशुल्क यातायात सुविधा प्रदान गर्नुहुने श्री नवीन ज्योति इङ्लिस बोर्डिङ स्कुलप्रति हार्दिक धन्यवाद। 🙏

महिलाको स्वास्थ्य, हाम्रो साझा सरोकार। ❤️

आदरणीय नागार्जुन–८ निवासी महिला दिदीबहिनी तथा आमाहरू,यही आउँदो भदौ ६ गते शनिबार, रामकोटस्थित श्री रत्नराज्य माध्यमिक विद...
18/08/2026

आदरणीय नागार्जुन–८ निवासी महिला दिदीबहिनी तथा आमाहरू,

यही आउँदो भदौ ६ गते शनिबार, रामकोटस्थित श्री रत्नराज्य माध्यमिक विद्यालयमा सम्माननीय सभामुखज्यूको सचिवालयको आयोजना तथा नेपाल प्रहरी अस्पतालसँगको समन्वयमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुन गइरहेको छ।

नागार्जुन–८ का कुनै पनि महिला दिदीबहिनी तथा आमाहरू यो महत्वपूर्ण अवसरबाट वञ्चित नहुनुहोस् भन्ने उद्देश्यले सम्पूर्ण महिला दिदीबहिनी तथा आमाहरूलाई शिविरमा उपस्थित भई स्वास्थ्य परीक्षण गराउनुहुन हार्दिक आग्रह गर्दछु।

“आफ्नो स्वास्थ्यप्रति एक कदम आजै चालौँ,
क्यान्सरलाई समयमै पहिचान गरी जीवनलाई सुरक्षित बनाऔँ।
स्वस्थ आमा र दिदीबहिनी नै, स्वस्थ परिवार र समृद्ध समाजको आधार हुन्।”

भदौ ६ गते शनिबार — रत्नराज्य स्कूल, रामकोट
निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा सबैको उपस्थितिका लागि हार्दिक अनुरोध।

#नागार्जुन८ #निःशुल्कस्वास्थ्यशिविर #महिलास्वास्थ्य #क्यान्सरजाँच #स्तनक्यान्सर #पाठेघरकोमुखकोक्यान्सर #स्वस्थमहिलास्वस्थसमाज

Address

Nagarjun/08
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when RSP - Nagarjun 8 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share