02/06/2026
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।
Official page of the Office of the Prime Minister and Council of Ministers - Nepal
02/06/2026
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।
31/05/2026
**सुर्तीजन्य पदार्थ सेवन छोडौँ: स्वस्थ जीवन रोजौँ**
सुर्तीजन्य पदार्थ त्याग्न चाहनेहरुको लागि नेपाल सरकारले नि:शुल्क हेल्पलाइन *1132** को व्यवस्था गरेको छ। आजै सम्पर्क गरी परामर्श लिनुहोस् र स्वस्थ जीवनतर्फ पाइला बढाउनुहोस्।
29/05/2026
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू सिंहदरबारस्थित संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत कार्यक्रममा सहभागी हुनुहुँदै।
29/05/2026
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू १९ औँ गणतन्त्र दिवस-२०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी हुनुहुँदै।
29/05/2026
गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना! 🙏🇳🇵
यस ऐतिहासिक अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।
सुशासन र नागरिकको हितलाई सर्वोपरि राख्दै देशलाई समृद्ध बनाउनु हाम्रो मुख्य दायित्व हो। राष्ट्र निर्माणको यस साझा यात्रामा सबैको साथ र सहकार्यको अपेक्षा गर्दछौँ।
28/05/2026
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल-अजहा(बकर ईद) को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा नेपाल सरकारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौँ। यो पावन पर्वले हाम्रो समाजमा आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावनालाई अझ मजबुत बनाउने विश्वास लिएका छौँ। ईद मुबारक!"
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संयुक्त भेटवार्ता गर्नुभएको छ ।
26/05/2026
प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उहाँले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभएको हो।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री शाहले भन्नुभयो, "नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ।"
उहाँले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको दोहोर् याउनुभयो।
जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।
प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पार्नुभएको छ। "हाम्रा छिमेकी, विकास साझेदार र मित्रराष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ,"उहाँले भन्नुभयो।
उहाँले नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर् याउँदै आएको भन्दै नेपालका सबै विकास साझेदार र मित्रराष्ट्रहरूप्रति आभार प्रकट गर्नुभयो। साथै, उहाँले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रहरूमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको स्पष्ट पार्नुभयो।
भेटका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढी पीडा भोग्नुपरेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिनुभयो।
भेटमा काठमाडौँ र नयाँदिल्लीस्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँस्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गर्नुभएको थियो। साथै, उहाँहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेटसहित नयाँ सरकारको नेतृत्वमा पुग्नुभएकोमा प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको थियो। आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको उहाँहरूले उल्लेख गर्नुभयो।
26/05/2026
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संयुक्त भेटवार्ता गर्नुहुँदै।
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |