Public Onlinetv

Public Onlinetv

Share

Solududhkunda municipality

25/11/2025

from solukhumbu

15/09/2025

नवनियुक्त ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले आज पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले विशेष परिस्थितिमा अन्तरिम सरकार बनेको सन्दर्भ उल्लेख गर्दै देशलाई समृद्धि र राजनीतिक स्थायित्वको चुनौतीलाई सामना गर्दै जिम्मेवारी बहन गर्ने बताए ।

ऊर्जासँगै थप दुई मन्त्रालयको जिम्मेवारी पाउनुभएका उनले मुलुकलाई सामान्य अवस्थामा अवतरण गराउने गरी काम गर्ने बताए ।

पुनःनिर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै द्रुत गतिमा आफूले काम गर्ने मन्त्री घिसिङको भनाइ थियो । उनले उज्यालो नेपाल अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने समेत बताए ।

यसैबीच, नवनियुक्त मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको वक्यौता उठाउने पहिलो निर्णय गरेका छन्।

सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री घिसिङले डेडिकेटेड र ट्रंकलाइनको वक्यौता रकम असुल्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका हुन्।

उनले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि वक्यौता असुल्ने प्रयास गरेका थिए। त्यहीबीचमा उनलाई केपी ओली नेतृत्वको तत्कालीन सरकारले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको थियो।

Photos from Public Onlinetv's post 13/09/2025

नेपालको राजनीतिक इतिहासमा अर्को महत्वपूर्ण अध्याय!
मिति २०८२ भाद्र २७ गते शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त
प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्दै आगामी २०८२ फाल्गुण २१ गते, बिहीबार नयाँ प्रतिनिधिसभा निर्वाचन हुने घोषणा

12/09/2025

सुशीला कार्की प्रधानमन्त्री भए पछि हर्क साम्पाङ्ले येस्तो दुखा लाग्दो पोस्ट गर्नु भयो l

11/09/2025

Dashain ko tayari hai guys

Photos from Public Onlinetv's post 09/09/2025
Photos from Public Onlinetv's post 09/09/2025

तिङ्लाका जेनेरेशन–जेड युवाको शान्तिपूर्ण आन्दोलन! 🌟

सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका–११, तिङ्ला स्थित रमिटे बजारमा जेनेरेशन–जेडका युवा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन्।
आफ्नो पुस्ताको अधिकार, पहिचान र अस्तित्व कायम राख्न उनीहरूले सरकारलाई सपष्ट चेतावनी दिएका छन्।

📢 स्थानीय बासिन्दा र युवा शक्ति एकताबद्ध भई आफ्नो आवाज सबैसम्म पुर्‍याउँदैछन्।
यो केवल आन्दोलन होइन, यो हाम्रो पुस्ताको आवाज हो! ✊

Photos from Public Onlinetv's post 09/09/2025

"सोलुखुम्बु सोतुदुधकुण्ड नगरपालिका–११ तिङ्लामा जेन–जेड पुस्ताले जोरदार आन्दोलन गरेका छन् । उनीहरूले ‘जेन–जेड पुस्ताको आवाजलाई कायम गर’ भन्दै राजनीतिक नेतृत्वले राजीनामा दिनुपर्ने माग राखेका छन् ।"

09/09/2025

नयाँ बानेश्वर संसद भवनको ताजा दृश्य!
सडकमा रहेका युवाहरूलाई आग्रह – अब संयमता अपनाऔं 🙏
तपाईंहरूले घुँडा टेकाउन खोजेका नेताहरूले पहिले नै घुँडा टेकिसकेका छन्!
👉 यसैलाई भन्छन् Gen-Z Power ✊🔥

04/09/2025

दशैंमा गाउँघरमा घर लिपपोत गर्ने चलन अझै पनि जीवित छ। घरलाई चोखो र पवित्र बनाउने उद्देश्यले विशेष गरी गोबर–माटो प्रयोग गरेर भित्ताभरि लिप्ने गरिन्छ। यसलाई शुभकामना, सरसफाइ र देवीको आगमनको तयारीको प्रतीक मानिन्छ।

Photos from Public Onlinetv's post 28/08/2025

#सोलुखुम्बु_तिङ्ला_सोलुदुधकुण्ड_नगरपालिका_११_को #पहलमा_८२_मेगावाट_हाइड्रोपावर
प्रभावित क्षेत्र र जग्गा परेकालाई आत्मनिर्भर बनाउन कृषि तथा च्याउ खेती सम्बन्धी तालिम तथा सामग्री वितरण कार्यक्रम सम्पन्न |
नगरपालिका ११ का अध्यक्ष टङ्कबहादुर कार्कीको अग्रसरतामा सो कार्यक्रम सञ्चालन गरिएको हो।
यस कार्यक्रम अन्तर्गत करिब ४० घरधुरीले तालिम प्राप्त गर्नुका साथै आवश्यक सामग्री पनि वितरण गरिएको छ।
तिङ्लाको सम्पूर्ण भूभागलाई समेट्दै प्रभावित क्षेत्रलाई आत्मनिर्भर र दिगो जीवनोपार्जनतर्फ अघि बढाउने उद्देश्यले तालिम आयोजना गरिएको हो। Tanka Bahadur Karki

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kathmandu