28/07/2024
विशेष पाेलियाे खाेप अभियानमा स्वास्थ्यकर्मी सहित सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका काठमाडौ महानगरपालिका।
We share the information related to health of people Nepal, especially KMC.
28/07/2024
विशेष पाेलियाे खाेप अभियानमा स्वास्थ्यकर्मी सहित सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका काठमाडौ महानगरपालिका।
29/06/2024
कक्षा ११मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी सूचना
हामी निरन्तरतामा विश्वास गर्छौ। यस वर्ष पनि अघिल्ला शैक्षिक सत्रमा जस्तै कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि २०८० साल चैत्रमा SEE परीक्षा दिएका विध्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम निःशुल्क भर्ने व्यवस्था मिलाएको छाैँ।
काठमाडौं महानगरपालिका भित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८१/०८२ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न सञ्चालन हुने परीक्षाका लागि मिति २०८० साल चैत्रमा सञ्चालित SEE परीक्षामा सफल भएका विद्यार्थीहरूले मिति २०८१ आषाढ १५ गते बिहान १०:०० बजेदेखि मिति २०८१ आषाढ २९ गते राति ११:५९ बजेसम्म महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस (Online Application Form Submission) गर्न सूचना आह्वान गरिएको छ।
Science/Management/ Humanities/ Education/ Law विषय संग सम्बन्धी परीक्षा मिति २०८१ श्रावण ४ गते बिहानको ०८ :०० बजेदेखि १०:०० बजे गर्ने तयारी गरेका छौ। उल्लिखित सबै कार्यक्रमको पूर्णाङ्क १०० र परीक्षा समयावधि दुई घण्टाको हुनेछ। उम्मेदवारले एकभन्दा बढी शैक्षिक विषयमा आवेदन फाराम पेस गर्न पाउने छैन।
अनलाइन फाराम पेस (submit) गर्नुअघि सच्याउने (edit) तथा पुनरावलोकन (Preview) गर्ने प्रावधान राखिएको छ। फाराम पेस (submit) गरी confirmation प्राप्त गरिसकेपछि महानगरपालिकाबाट सच्याउन वा थप गर्न इमेल ([email protected]) मार्फत अनुरोध गरेमा मात्र फाराम सच्याउन वा विवरण थप गर्न सकिने छ।
आवश्यक न्यूनतम योग्यता
आवेदन दिन SEE मा न्यूनतम 1.6 GPA ल्याई पूरा गरेको हुनु पर्ने छ। सामुदायिक विद्यालयबाट अध्ययन गरी SEE पूरा गरेको हुनुपर्ने छ। तर काठमाडौं महानगरपालिकाको स्थाइ बासिन्दा, ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थाइ वासिन्दा र ५ प्रतिशत सिटको हकमा सस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरु पनि छात्रावृत्तीमा समाबेस हुन पाउने छन्।
यस्तै आवेदन दिन काठमाडौं महानगरपालिकाको स्थायी बासिन्दाको हकमा जन्म दर्ता वा नागरिकता वा बसाइसराइको पत्र पेस गर्नु पर्ने छ।
ल्याण्डफिल्ड साइडबाट प्रत्यक्ष प्रभावित क्षेत्र
नुवाकोट जिल्ला ककनी गाउँपालिकाको वडा नं १,२,३ र धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नम्बर १,३,४ का स्थायी बासिन्दा (नागरिकता वा जन्मदर्ता) र सम्बन्धित वडाको सिफारिसपत्र पेस गर्नु पर्नेे छ। यस्तै संस्थागत विद्यालयमा कक्षा १० सम्म छात्रवृत्तिमा अध्ययन गरेको हुनुपर्ने छ।
प्रवेश परीक्षाको पाठ्यक्रम र उत्तीर्णाङ्क सम्बन्धी व्यवस्था
(१) सबै प्रश्नहरु बहुवैकल्पिक हुनेछन्।
(२) कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०/३० प्रश्र र सामान्य ज्ञानबाट १० प्रश्र सोधिनेछ।
(३) छात्रवृत्ति परीक्षा उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्नेछ।
(४) गलत उत्तरका लागि नेगेटिभ मार्किड (negative marking) गरिने छैन।
अनलाइन आवेदन फाराम पेसगर्ने विधि तथा निर्देशनहरू
अनलाइन फाराम यस महानगरको वेबसाइट www.kathmandu.gov.np वा entrance.kathmandu.gov.np मा उपलब्ध हुनेछ। सो आवेदन फाराम तोकिएको समयावधिभित्र अनलाइन माध्यमबाट मात्र पेस गर्न सकिनेछ। अनलाइन फाराम भर्दाका बखत नै आफुले अध्ययन गर्न चाहेको विषयअनुसार विद्यालयको प्राथमिकताक्रम निर्धारण गर्नुपर्नेछ। सोहीबमोजिम योग्यताक्रम प्रकाशित हुनेछ।
अनलाइन फाराम भर्न चाहिने आवश्यक कागजात
-पासपोर्ट साईजको फोटो
-नागरिकताको प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र
-SEE को चारित्रिक प्रमाण पत्र वा ट्रान्सफर प्रमाणपत्र वा विद्यालयको सिफारिसपत्र
-SEE प्रवेश पत्र (रुजुकाे लागि मात्र)
-सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि अनुसूची १ बमोजिमको सिफारिसपत्र
-संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीका लागि अनुसूची २ बमोजिमको सिफारिसपत्र
-आरक्षणका लागि तोकिएबमाेजिमको सिफारीस पत्र
- काठमाडौं महानगरपालिकाको स्थायी बासिन्दा र ल्यान्डफिल्ड साइडका बासिन्दाको हकमा साेहि स्थानमा बसाेबास भएकाे सिफारिस/कागजात
-सिफारिसको ढाँचा kathmandu.gov.np मा हेर्न सकिन्छ ।
पेस गरेका विवरणहरू झुठो ठहरेमा त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द गरिनुका साथै भर्ना भइसकेको भए पनि भर्ना समेत रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्कासन गरिनेछ।
अनलाइन फाराम भर्नका लागि SEE परीक्षाको विवरण भर्नुपर्नेछ र सो विवरण मिलेमा मात्र मुख्य फाराम खुल्नेछ। सम्बन्धित विवरण रुजु भएपछि अनलाइन फारामको मुख्य पेज खुल्नेछ। यो पेजमा आफूसँग सम्बन्धित विवरणहरू माग गरिएअनुसार भर्नुपर्नेछ। माग गरिएका सबै विवरणहरू भरे पश्चात् स्वघोषणा स्वीकार (Self-declaration statement accept) गर्नुपर्नेछ। सो नगर्दासम्म फाराम सुरक्षित (save) गर्न सकिनेछैन। फाराम सुरक्षित (Save) गर्दा त्रुटि हुन आएमा, केही विवरण भर्न छुटेमा वा मागअनुसारको विवरण नभएका ठाउँहरूमा मात्र भर्न वा संशोधन गर्ने ठाउँ खुल्छ।
आफ्ना सबै विवरणहरू भरि सकेर पुनरावलोकन (Preview) गरे पश्चात् अर्को पेजमा आफूले भरेको एकमुष्ट विवरण देखिनेछ। पुनः माथिबाट सम्पूर्ण विवरण सही भए/नभएको जाँच गरी सही नभएमा संशोधन बटन (edit button) मा क्लिक (click) गरी सच्याउन सकिनेछ। आफूले भरेको विवरण ठिक भएमा पेस गर्ने बटन (submit button) मा क्लिक (click) गर्ने। सो button क्लिक (click) गरे पश्चात् सुनिश्चित गर्ने बक्स (confirmation box) आउँछ र फारम अनलाइन पेस (form submit) भएपश्चात् कुनै पनि विवरण सच्याउन सकिने छैन।
यस्तै फोटो तथा अन्य आवश्यक डकुमेन्ट मोबाइलले फोटो खिचेर समेत अपलोड गर्न सकिने छ। आवेदन फारम अनलाइन पेस (form submit) भएपश्चात् सुनिश्चित गर्ने पृष्ठ (confirmation page) देखिनेछ जसलाई प्रिन्ट तथा डाउनलोड गर्न सकिनेछ।
यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने, Confirmation Page भनेको Admit Card नभई Online Form भरेको प्रमाण मात्र हो यसका आधारमा मात्र छात्रवृत्ति परीक्षामा सहभागी हुन पाइने छैन। शिक्षा विभागबाट फाराम रुजु यकिन भएपश्चात् विवरण मिलेमा मात्र Final confirmation पठाइनेछ।
छात्रवृत्तिमा छनोट सम्बन्धी व्यवस्थाः
छात्रवृत्ति परीक्षा सञ्चालनका लागि देहायको प्रतिशतका आधारमा छात्रवृत्ति सिट वितरण गरिनेछः-
(१) संस्थागत विद्यालयले उपलब्ध गराउने कम्तीमा १० प्रतिशत छात्रवृत्तिलाई शतप्रतिशत मानी देहायबमोजिमका प्रतिशतमा छात्रवृत्ति उपलब्ध गराइने छ।
(क) सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत
(ख) संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५ प्रतिशत
(ग) काठमाडौं महानगरपालिकाभित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि १४ प्रतिशत
(घ) ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रको सामुदायिक/संस्थागत विद्यालयमा अध्ययन गरेका हकमा १ प्रतिशत
(२) उपदफा (१) बमोजिम प्रतिशत निर्धारण गरी बाँकी रहेको ४० प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी देहाय प्रतिशतका आधारमा आरक्षण छात्रवृत्ति सिट वितरण गरिनेछ:
(क) छात्रा ३३ प्रतिशत
(ख) आदिवासी/जनजाति १५ प्रतिशत
(ग) मधेसी १२ प्रतिशत
(घ) खस आर्य १७ प्रतिशत
(ङ) दलित ९ प्रतिशत
(च) मुस्लिम २ प्रतिशत
(छ) थारु ४ प्रतिशत
(ज) अपाङ्गता भएको व्यक्ति २ प्रतिशत
(झ) पिछडिएको क्षेत्रका व्यक्ति ४ प्रतिशत
(ञ) सहिद/बेपत्ता पारिएका नागरिकको परिवार/द्वन्दपिडित नागरिकको परिवार २ प्रतिशत
नोट: यस खण्डको प्रयोजनका लागि पिछडिएको क्षेत्रको व्यक्ति भन्नाले अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेको व्यक्तिलाई जनाउँछ।
आरक्षण क्षेत्रमा तोकिए बमोजिमको संख्या विद्यार्थी उपलब्ध नभएमा काठमाडौं महानगरवासीलाई प्राथमिकता दिइने छ भने सो सङ्ख्यासमेत उपलब्ध नभएमा स्वतः बुँदा नं १(क) मा जानेछ। वैकल्पिक तथा परम्परागत, धार्मिक विद्यालयमा अध्ययन गरेको भए सामुदायिक विद्यालय सरह मानिनेछ।
आरक्षण समूहका लागि पेस गर्नु पर्ने कागजात :
आरक्षित समूहमा उम्मेदवार हुन चाहने व्यक्तिले आफू सो समूहमा पर्ने व्यहोरा प्रमाणित हुने गरी देहायका निकायबाट सिफारिस गराई आवेदन साथ पेश गर्नु पर्नेछ:–
(क) शहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते योद्धाहरूको परिवार र द्वन्द्व पीडित समूहका व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट,
(ख) अपाङ्गता भएका व्यक्तिले स्थानीय तहबाट प्रदान गरिएकाे अपाङ्गता परिचय पत्र
(ग) दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम समुदायका व्यक्तिले स्थायी बसोबास भएको जिल्ला प्रशासन कार्यालय वा सम्वन्धित आयोगबाट
(घ) पिछडिएको क्षेत्रका व्यक्तिले साे क्षेत्रमा हाल सम्म स्थायी बसोबास भएको व्यहोराको सम्वन्धित स्थानीय तहको सिफारिस पत्र
(ङ) सामुदायिक विद्यालयमा अध्ययन गरेको व्यक्तिले अनुसूची १ बमोजिमको ढाँचामा अध्ययन गरेको विद्यालय सामुदायिक भएको सम्बन्धित स्थानीय तह वा शिक्षा विकास तथा समन्वय इकाइको सिफारिस पत्र
(च) पिछडिएको क्षेत्रका व्यक्तिले सम्बन्धित स्थानीय तहको सिफारिस पेश गर्दा दरखास्त दिंदाका बखत निज सोही स्थानमा स्थायी बसोबास गरेको भनी प्रमाणित गरेको हुनु पर्नेछ र त्यस्तो व्यक्तिले सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नेपाली नागरिकता वा जन्म दर्ताको प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ।
(२) क) काठमाडौं महानगरपालिकाभित्र स्थायी बसोबास भएका विद्यार्थीले नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र वा काठमाडौंमा बसाईसराईको प्रमाणपत्र
ख)ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रको विद्यार्थीका लागि सम्बन्धित वडाको सिफारिस पत्र
सम्बन्धीत विद्यार्थीले छात्रवृत्तिको नतिजा प्रकाशन हुनु अगाडि नै भर्ना नहुन र भएमा छात्रवृत्ति सम्बन्धी सहजिकरण गर्न नसकिने व्यहोरा जानकारी गराइन्छ ।
आवेदनका लागि : https://entrance.kathmandu.gov.np/
अनुसूची र थप जानकारी : https://shorturl.at/c3Dyv
छात्रवृत्ति सम्बन्धी गुनासो वा केही सोधपुछ गर्नुपरेमा काठमाडौं महानगरपालिकाको कल सेन्टरको निःशुल्क टेलिफोन नं. १६६००१०५५११ वा ११८० मा सम्पर्क गर्न सकिनेछ। प्राविधिक सहायताको लागि [email protected] मा इमेल गर्न सकिनेछ।
धन्यवाद
28/06/2024
20/05/2024
20/05/2024
काठमाण्डौ महानगरपालिकाको स्वर्णिम योजना आरोग्य जीवन कार्यक्रम अन्तर्गत जेठ १ देखि ७ सम्म पोषण सप्ताह को उपलक्ष्य पारी सामुदायिक विद्यालयमा पोषण शिक्षा कार्यक्रम चलिरहेको छ ।
11/05/2024
आचार संहितामा “आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्ने” भन्ने बाध्यात्मक व्यवस्था भएको भन्दै यसको पालना गर्न महानगरकाे सार्वजनिक अपिल ।
10/04/2024
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |