अर्थ मन्त्रालय, नेपाल

अर्थ मन्त्रालय, नेपाल

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अर्थ मन्त्रालय, नेपाल, Government Organization, Singhdurbar, Kathmandu.

04/07/2026
29/06/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उहाँले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।

27/05/2026

आर्थिक सर्वेक्षण २०८२/८३ को लागि क्यु.आर. कोड स्क्यान गर्न अथवा लिङ्कमा क्लिक गर्नुहुन अनुरोध छ।
https://mof.gov.np/content/1738/economic-survey-2082-83/

14/05/2026

विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता

08/05/2026

आगामी आर्थिक वर्षको बजेटलाई जनमुखी र नतिजामुखी बनाउन अर्थ मन्त्रालयले यहाँहरूको राय-सुझाव वेवसाइट तथा पत्र मार्फत संकलन गरिरहेको छ। साथै, दिइएको QR स्क्यान गरी २०८३ वैशाख मसान्त सम्ममा यहाँले आफ्नो सुझाव पठाउन सक्नुहुनेछ।

Photos from अर्थ मन्त्रालय, नेपाल's post 24/04/2026

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाको निरीक्षण गर्नुभएको छ ।
आर्थिक वर्ष २०८३/०८४ को बजेटको आन्तरिक गृहकार्यमा रहेको महाशाखाको शुक्रबार डा.वाग्लेले अनुगमन तथा जानकारी लिनुभएको हो ।
सो क्रममा अर्थमन्त्री डा.वाग्लेले बजेटको क्षेत्रगत शाखामा भइरहेका कार्यहरु बारे जानकारी लिनुभएको थियो । उहाँले मन्त्रालय तथा विषयगत कार्यक्रम प्रविष्ट गरिरहेका महाशाखाका कर्मचारीहरूसँग अन्तरक्रिया पनि गर्नुभयो।
सो क्रममा मन्त्रालयका महाशाखा प्रमुख डा.सुमन दाहालले बजेटको प्राविधिक पक्ष र कार्यालयको कार्य विभाजन बारे अर्थमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।
साथै, उहाँले आगामी आर्थिक वर्षका बजेटका कार्यक्रमहरूको प्रारम्भिक रुझानबारे पनि अर्थमन्त्रीलाई अवगत गराउनु भयो ।
अर्थ मन्त्रालयले अहिले आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन सहसचिव उत्तरकुमार खत्रीको नेतृत्वमा गरिरहेको छ।

Photos from अर्थ मन्त्रालय, नेपाल's post 20/04/2026

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धी समष्टिगत छलफल आयोजना गरेको छ।
अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा भएको सो अन्तरक्रियामा सबै मन्त्रालयका माननीय मन्त्री र सचिवहरू सहभागी हुनुभएको थियो। सो अन्तरक्रिया अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेट र यसको खर्च तथा स्रोत प्राप्तिको अवस्था एवम् आगामी आर्थिक वर्षको बजेटको सीमाबारे मन्त्रीहरूलाई जानकारी दिनुभएको थियो। सहभागी मन्त्रीहरुले बजेटको सिलिङ तथा आफ्नो मन्त्रालयको आवश्यकता र समस्याबारे आफ्नो धारणा राख्नु भएको थियो।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

Singhdurbar
Kathmandu
44600