02/06/2026
भावपूर्ण श्रद्धासुमन 🥹🙏
त्यो कालो रात, जसले सम्पूर्ण नेपाली जनताको मनलाई गहिरो पीडा र शोकमा डुबायो।
हामी नेपालीहरूका प्रिय विकासप्रेमी राजा वीरेन्द्र र उहाँको परिवारको वंश नै समाप्त भएको त्यो दुःखद दिन आज पनि स्मृतिमा ताजै छ।
समयले २५ वर्षको यात्रा तय गरिसकेको भए पनि त्यो घटनाको घाउ धेरैको मनमा अझै बाँकी छ।
राजा वीरेन्द्रको सरलता, राष्ट्रप्रेम र जनताप्रतिको आत्मीयता आज पनि सम्मानका साथ सम्झिन्छौँ।
उहाँले देशको विकास, शान्ति र समृद्धिका लागि पुर्याउनुभएको योगदान अविस्मरणीय छ।
त्यो दुःखद घटनामा जीवन गुमाउनुहुने सम्पूर्ण दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
उहाँहरूको स्मृति नेपाली इतिहासको एक भावुक अध्याय बनेर सधैं जीवित रहनेछ।
आज पनि नेपाली जनताको मनमा उहाँहरूप्रति उत्तिकै माया, सम्मान र श्रद्धा कायम छ।
दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धासुमन। 🕯️🙏🥹
B***nRabi Lamichhane -(𝐑𝐒𝐏)
28/05/2026
भोलि दिउँसो ४ बजे आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ।
28/05/2026
भारतीय सिमानामा 'सतर्कता', थप रोहिन्ज्या 'नेपाल पसेका छैनन्'
प्रविधि
भारतीय सिमानामा 'सतर्कता', थप रोहिन्ज्या 'नेपाल पसेका छैनन्'
थोरै डेटा खपत गर्ने गरी पढ्न मिल्ने संस्करण हेर्नुहोस्।
सुरक्षा जाँचतस्बिर स्रोत, BBC/SHARADKC
तस्बिरको क्याप्शन, सिमानामा हुने सुरक्षा जाँच र निगरानी बढाइएको अधिकारीहरूले जनाएका छन्
Published
४ घण्टा पहिले
पढ्ने समय: ३ मिनेट
अधिकारीहरूले भारतमा शरण लिइरहेका रोहिन्ज्या नेपाल भित्रिने आशङ्कामा सिमानामा सतर्कता अपनाइएको बताएका छन्।
भारतीय सिमाना काटेर अन्य देशका नागरिकलाई गैर कानुनी रूपमा नेपाल पस्न नदिन "निगरानी र सक्रियता" बढाएको अधिकारीहरूले जनाएका छन्।
अहिलेसम्म अवैध ढङ्गले नेपाल पसेको कुनै घटना "रिपोर्टिङ" नभएको उनीहरूको भनाइ छ।
खास गरेर कोशी प्रदेशका सीमावर्ती जिल्लाहरूमा देखाइएको सतर्कता भारतको पश्चिम बङ्गालमा आएको राजनीतिक परिवर्तनसँग जोडिएको बताइन्छ।
बाङ्ग्लादेशी र म्यानमारका रोहिन्ज्या 'शरणार्थी' प्रति कडा नीति लिएको भारतीय जनता पार्टी (भाजपा) ले त्यहाँ सरकार बनाएपछि उनीहरू नेपाल भित्रिन सक्नेतर्फ विशेष निगरानी गर्न निर्देशन दिइएको अधिकारीहरूले जनाएका छन्।